१ घण्टा अगाडि

सिन्धुपाल्चोक जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्नः जोखिम विश्लेषण र बाढीमा बेपत्ता भएकाहरूको सूचीकरण गर्ने निर्णय

Text Size

असोज २७, चौतारा । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, सिन्धुपाल्चोकको महत्वपूर्ण बैठक आज भव्य रूपमा सम्पन्न भएको छ । जिल्लालाई विपद् सुरक्षित बनाउने र भर्खरैका प्राकृतिक विपत्तिबाट सिर्जित समस्याहरूलाई समाधान गर्ने उद्देश्यका साथ बैठक आयोजना गरिएको हो ।

 

बैठकमा विज्ञहरूको विशेष प्रस्तुतिसहित जिल्लाको समग्र जोखिम विश्लेषण, जोखिम न्यूनीकरणका उपायहरू, र सम्भावित क्षति कम गर्न पूर्व सूचना प्रणाली (भ्बचथि ध्बचलष्लन क्थकतझ) स्थापना गर्नेबारे गहन छलफल एवं निर्णयहरू भएका छन् ।

बेपत्ताहरूको सूचीकरण र प्रभावितलाई राहत

बैठकले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका नागरिकहरूको आधिकारिक सूचीकरण गर्ने निर्णय गरेको छ । यसका साथै, विपद्बाट प्रत्यक्ष प्रभावित भएका परिवारहरू पहिचान गरी उनीहरूलाई तत्काल राहत तथा पुनस्र्थापनाका कार्यक्रमहरूमा समावेश गर्न लाभग्राही सूचीकरण गर्ने निर्णय समेत पारित गरिएको छ ।

जनप्रतिनिधि र सरोकारवालाहरूको व्यापक सहभागिता

जिल्लाको विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोजित उक्त बैठकमा विभिन्न क्षेत्रका प्रमुख जनप्रतिनिधि तथा प्रशासनिक अधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममाः सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद भरतप्रसाद पराजुली, क्षेत्र नम्बर २ का सांसद युवराज दुलाल, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष बालकृष्ण श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, प्रहरी प्रमुख (क्ए)ः काजी कुमार आचार्य लगायत विभिन्न क्षेत्रका सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

बैठकका सहभागीहरूले सिन्धुपाल्चोक भौगोलिक रूपमा विपद्को उच्च जोखिममा रहेको चर्चा गर्दै स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीचको समन्वयमा पूर्व तयारी र पुनर्निर्माणका कार्यहरूलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन् ।

Sindhu Jwala Comments

प्रतिक्रिया

०
पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।