२३ सेकेन्ड अगाडि

इन्द्रावती गाँउपालिकाको स्वास्थ्य शाखाको समिक्षा सम्पन्न 

Text Size

 

भदौ २७, नवलपुर । इन्द्रावती गाँउपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आर्थिक बर्ष २०८२/८३ मा गरेका कार्यको समीक्षा सम्पन्न भएको छ ।

शुक्रबार र शनिबार आयोजित कार्यक्रममा पालिका तथा त्यस अन्तर्गत रहेका १२ वटै वडाका स्वास्थ्य संस्था तथा बिभिन्न गैर सरकारी संस्थाहरुले गरेका कार्य , चुनौती, समस्या,नबिनतम कार्य लगायत बिषयमा चर्चा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अनिरुद्र तिमल्सिनाले बताए  । समापन कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले नसर्ने रोग, मानसिक स्वास्थ्य, पोषण लगायालाई अझ प्राथमिकता दिएर काम गर्न आग्रह गरिन  ।

स्थानीय तहले जिल्ला, प्रदेश र संघिय सरकारसंग समन्वयमा काम गर्न सके सहज हुने बताए  । उनले पालिकाको स्वास्थ्य क्षेत्रको कार्य राम्रो हुँदै गएको बताउदै प्राबिधिक लगायत सहयोग गर्न तत्पर रहेको  प्रतिबद्धता जनाइन । उनले निजि स्वास्थ्य संस्थाहरु कानुनि दायरामा रहेर काम गर्नु पर्ने बताउदै अनुगमनलाई तिब्र बनाइएको बताइन  ।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने ३ स्वास्थ्य संस्थालाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत निसान सापकोटा लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।

कार्यक्रमको हिजो गाउँपालिका अध्यक्ष झम्क नेपालले उद्घाटन गर्दै स्वास्थ्य क्षेत्रमा पालिकाले उच्च महत्वका साथ प्राथमिकता दिएर काम गरिरहेको बताए ।

Sindhu Jwala Comments

प्रतिक्रिया

पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।