खेलकुद ब्युरो काठमाडौँ,
साउन ५ गते (जुलाई २०, २०२६) न्यूयोर्क (एजेन्सी) । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यूयोर्क न्यू जर्सी स्टेडियममा आइतबार राति सम्पन्न निकै नै प्रतिस्पर्धात्मक फाइनल खेलमा स्पेनले अर्जेन्टिनामाथि १–० गोलको कठिन जित दर्ता ग¥यो ।
स्पेनको ऐतिहासिक जितमा अतिरिक्त समयमा मैदान प्रवेश गरेका फेरान टोरेस हिरो बने । खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको टर्निङ पोइन्ट र निर्णायक गोलनिर्धारित ९० मिनेटको खेल सकिनै लाग्दा (९०+३ मिनेट) अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले दोहोरो पहेंलो (रातो) कार्ड पाउँदै मैदान छाड्नु परेपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । यसैको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयमा लगातार आक्रमण बुन्यो । खेलको १०६औँ मिनेटमा निको विलियम्सको उत्कृष्ट पासलाई सदुपयोग गर्दै फेरान टोरेसले प्रहार गरेको बल अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजलाई छलाउँदै जाली चुमेको थियो । सोही गोल नै स्पेनलाई विश्वकपको उपाधि दिलाउन निर्णायक सावित भयो ।
मेस्सीको सपना भङ्ग, मार्टिनेजको उत्कृष्ट प्रदर्शन
३९ वर्षको उमेरमा आफ्नो सम्भवतः अन्तिम विश्वकप खेलिरहेका अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीका लागि यो रात पीडादायी बन्यो । अर्जेन्टिनालाई लगातार दोस्रो पटक विश्वकप जिताउने उनको सपना पूरा हुन सकेन । यद्यपि, अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले खेलभरि ११ वटा उत्कृष्ट बचाउ (क्बखभक) गर्दै अर्जेन्टिनालाई खेलमा टिकाइराख्ने भरमग्दुर प्रयास गरेका थिए। स्पेनले खेल अवधिभर बलमाथि पूर्ण नियन्त्रण जमाउँदै विपक्षीको पोस्टमा २० भन्दा बढी प्रहार गरेको थियो।मुख्य अवार्ड विजेताहरू (अवार्ड तालिका)प्रतियोगिता समापनसँगै फिफाले विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरेको छ ।
जसको विवरण यसप्रकार छ ः अवार्ड विधाविजेता खेलाडीराष्ट्रगोल्डेन बल (उत्कृष्ट खेलाडी) रोड्री स्पेन गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) किलियन एम्बाप्पे (१० गोल)फ्रान्सगोल्डेन ग्लोभ (उत्कृष्ट गोलकिपर) उनाई सिमोन स्पेन उत्कृष्ट युवा खेलाडी पाउ कुबार्सी स्पेन
स्पेनको ऐतिहासिक कीर्तिमान सन् २०१० पछि पहिलो पटक विश्वकप जितेको स्पेनले यस प्रतियोगिताभरि नयाँ कीर्तिमान समेत बनाएको छ । स्पेनिस टोलीले प्रतियोगिताभरि ७ खेल खेल्दा मात्र १ गोल बेहोरेर इतिहासकै सबैभन्दा बलियो रक्षापङ्क्ति प्रदर्शन ग¥यो । साथै, ६५ वर्षीय स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टे विश्वकप जित्ने इतिहासकै सबैभन्दा पाको उमेरका प्रशिक्षक बनेका छन् ।
प्रतिक्रिया