सिन्धुपाल्चोकमा दुई पदका लागि ३६ जनाले दिए उम्मेदवारी(नामलिष्ट सहित)

माघ ६, चौतारा । निर्वाचन २०८२ का लागि आज माघ ६ गते सिन्धुपाल्चोकमा फागुन २१ मा हुने निर्वाचनको लागि दलहरुले मनोनयन दर्ता गरेका छन् ।

मुख्य निर्वाचन कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारी अनुसार २ क्षेत्र रहेको सिन्धुपाल्चोकमा दुई पदको लागि १६ पार्टी र ६ स्वतन्त्र गरि ३६ जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।

दुवै क्षेत्रमा १८÷१८ जना रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयले दिएको तथ्याङक अनुसार सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ र २ बाट नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी लगाएत १८÷१८ स्वतन्त्र सहित विभिन्न साना ठूला दलहरुबाट उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

गत निर्वाचनको मनोनयन भन्दा यसपटक निकै शान्तीपूर्ण मनोनयन दर्ता सम्पन्न भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयले प्रत्येक दल तथा उम्मेदवारलाई मनोनयन दर्ता गर्दा २५ जना मात्रै जान भनेपनि त्यो लागु हुन सकेन । स्वतन्त्र लगाएत ठूलो पार्टीका उम्मेदवारहरुले बाजागाजा सहित ठूलो संख्यामा मुख्य निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए ।

यस्तो छ दुईवटै निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता गराएका उम्मेदवारहरुको नाम लिष्ट

क्षेत्र नं. १
१.माधव सापकोटा सुवोध– नेपाली कम्युनिष्ट पार्टी
२.जंगबहादुर लामा– नेपाली काँग्रेस
३.सरेश नेपाल– नेकपा( एमाले)
४.भरतप्रसाद पराजुली – राष्ट्रिय स्वतन्त्र पार्टी
५.राममणि न्यौपाने– राष्ट्रिय प्रजातन्त्र पार्टी
६.प्रताप लामा–उज्यालो नेपाल पार्टी
७.दावा लामा – मंगोल नेशनल अर्गानाइजेशन
८.फुर्बा तामाङ – श्रम सँस्कृति पार्टी
९.गीतादेवी कर्मचार्य – नेपाल मजदुर किसान पार्टी
१०.पासाङ तामाङ – आमजनता पार्टी
११.सानू तामाङ –स्वतन्त्र
१२.अशोक बहादुर श्रेष्ठ –नागरिक सर्वाेच्चता पार्टी नेपाल
१३. दावा ग्याम्छो लामा–राष्ट्रिय जनमोर्चा
१४.पदमबहादुर तामाङ – स्वतन्त्र
१५.पासाङ शेर्पा– जनता समाजवादी पार्टी नेपाल
१६.राजन सुन्चुरी– मितेरी पार्टी नेपाल
१७.सन्तकुमार तामाङ–स्वतन्त्र
१८. समीर श्रेष्ठ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी )
क्षेत्र नं. २
१.युवराज दुलाल शरद– नेपाली कम्युनिष्ट पार्टी
२.बंशलाल तामाङ – नेपाली काँग्रेस
३.शेरबहादुर तामाङ – नेकपा( एमाले)
४.झलक कुमार श्रेष्ठ अजय – राष्ट्रिय स्वतन्त्र पार्टी
५.गोपीकृष्ण चौलागाइँ– राष्ट्रिय प्रजातन्त्र पार्टी
६.रामसिङ तामाङ –उज्यालो नेपाल पार्टी
७.कर्णवीर स्याङ्बो लामा– मंगोल नेशनल अर्गानाइजेशन
८.भानु श्रेष्ठ – श्रम सँस्कृति पार्टी
९.म्हेन्दो तामाङ– नेपाल मजदुर किसान पार्टी
१०.गणेश श्रेष्ठ – आमजनता पार्टी
११.दावा छिरिङ शेर्पा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१२.दीपक ढकाल– स्वतन्त्र
१३.महेश कुवँर– मितेरी पार्टी नेपाल
१४.मिङ्मार तामाङ –राष्ट्रिय मुक्ति पार्टी
१५. बिजु श्रेष्ठ – स्वतन्त्र
१६. सुन्दर अधिकारी – स्वतन्त्र
१७. सेरबहादुर तामाङ – नागरिक सर्वाेच्चता पार्टी नेपाल
१८. सोमान लामा– नेपाल कम्युनिस्ट पार्टी ( माओवादी )