मोटरसाइकल दुर्घटनामा एक अष्ट्रेलियन नागरिकको मृत्यु
असाेज ११,बाह्रबिसे । तातोपानी सडक खण्डमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार भोटेकोशी गाउँपालिका–४ चारकिलोमा बा.८९ प.९७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब १० मिटर तल खसेपछि ६८ वर्षीया जेनेट ज्याक्सन गम्भीर घाइते भएका थिए ।
उद्धारपश्चात उनलाई धुलिखेलस्थित शाखा अस्पताल हुँदै हेलिकोप्टरमार्फत काठमाडौंको नर्भिक अस्पताल पुर्याइएको थियो। तर उपचारको क्रममा शनिबार दिउँसो करिब ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक ७१ वर्षीय पिटर ज्याक्सन घाइते भई हाल नर्भिक अस्पतालको आईसीयूमा उपचाररत छन्।
सडक साँघुरो र खाल्डाखुल्डी भएकाले उक्त दुर्घटना भएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ ।
स्मरण रहाेस साे ठाउँमा वर्षेनी यस क्षेत्रमा दुर्घटना हुने गरेको स्थानीयकाे भनाई छ ।

