भोटेकोशी–१ जलविद्युत आयोजनाद्वारा चौतारा वृद्वाश्रमलाई एकलाख नगद सयोग
दिनेश दुलाल
साउन २०, चौतारा । इलेक्ट्रोपावर कम्पनीद्वारा निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजनाले चौतारामा रहेको वृद्वाश्रम सेवा समितिलाई एकलाख नगद सहित फलफूल वितरण गरेको छ ।

समुदाय प्रहरी साझेदारीमा भोटेकोशी–१ जलविद्युत आयोजनाले आज एक कार्यक्रमको अवसरमा वृद्वाश्रम सेवा समितिलाई नगद एकलाख, भ्याकुम क्लिनर –१ थान र फलफूल वितरण गरिएको भोटेकोशी– १ जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृत निर्मल राउतले जानकारी दिए । भ्याकुम क्लिनर भने सुनकाेशी-६ का अर्जुन भणडारी तथा भिमसेन भण्डारी दुई दाजुभाईले व्यक्तिगत सहयाेग गरेका हुन । जनसम्पर्क अधिकृत राउतका अनुसार नेपाल प्रहरी श्रीमति संघ दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख कार्कीकाे समन्वय तथा अनुरोधमा आयोजनाले वृद्वाश्रम सेवा समितिलाई सहयोग गरिएको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्कीको उपस्थितिमा आयोजनाको तर्फबाट भुगोल इन्फ्रास्ट्रक्चर कम्पनि प्रा.लि का अध्यक्ष भिमसेन भण्डारी र आयोजनाका जनसम्पर्क अधिकृत निर्मल राउतले वृद्वाश्रम चौतारा सेवा समितिका सचिव होमकुमारी पुरी र कोषाध्यक्ष रिना श्रेष्ठलाई हस्तारण गरेका थिए ।
भोटेकोशी–१ जलविद्युत आयोजनाको एकलाख नगद तथा भ्याकुम क्लिनर सहयोगले वृद्वाश्रम सेवा समिति निकै उत्साहित भएको सचिव होमकुमारीले बताइन ।
यसैबीच साेही अवसरमा भण्डारी र राउतले वृद्धाश्रम सेवा समितिकाे आजिवन सदस्य समेत लिएकाे संस्थाकि काेषाध्यक्ष रिना श्रेष्ठले जानकारी दिइन ।
भोटेकोशीमा दु्रत गतिमा निर्माणधिन उक्त आयोजनाले भोटेकोशी लगाएत क्षेत्रका बासिन्दालाई आपत विपतमा सहयोग गर्दै आएको छ । जनताको सारथीको रुपमा रहेको ४० मेगावटको भोटेकोशी–१ जलविद्युत आयोजना जनताको माझमा सहयोगी दाताको रुपमा चर्चा कमाएको छ ।

