भोलीबाट दोस्रो ठूलोसिरुवारी खेलकुद महोत्सव सुरु हुँदै, १ सय ४० खेलाडी सहभागी हुने
दिनेश दुलाल
कार्तिक १२, चौतारा । भोली अर्थात १४ गतेबाट दोस्रो ठूलोसिरुवारी खेलकुद महोत्सव सुरु हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१३ ठूलोसिरुबारीमा दुईदिन सम्म हुने खेलकुद महोत्सव तथा नगर मावि स्तरीय जुनिएन कराते प्रतियोगिता २०८१ को सम्पूर्ण तयारी पुरा भएको कराते एशिएन गेमका प्रशिक्षक गंगालाल श्रेष्ठले सिन्धुज्वालालाई बताए ।


उनका अनुसार उक्त प्रतियोगितामा फुटबल, भलिबल, सटफुट, कराते ज्याब्लिङ थ्रो र दौड खेलाईनेछ भने नगरभरिका १ सय ४० खेलाडि सहभागी हुनेछन् । १३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वडा स्तरीय खेलकुद विकास समिति आयोजक, सेतीदेवी, कुन्डलादेवी मावि सह–आयोजक र शिक्षा युवा तथा खेलकुद शाखा नगर खेलकुद विकास समितिको समन्वयमा हुने उक्त कार्यक्रमको उदघाटन नगर प्रमुख कृष्णप्रसाद सापकोटाले गर्नेछन् । समापन १५ गते अर्थात लक्ष्मी पुजाको दिन गरिने श्रेष्ठले जानकारी दिए । शहिद स्मृति खेलकुद मैदान नर्सिङडाँडा हुने प्रतियोगितको लागि सहभागीहरुको नाम दर्ता भईसकेको समेत श्रेष्ठले बताए ।

स्मरण रहोस १३ नम्बर वडा ठूलोसिरुवारीले पछिल्लो समय खेलकुद क्षेत्रमा उत्साहजनक उपलब्धी हाँसिल गरेको छ । खेलप्रेमी तथा प्रशिक्षक श्रेष्ठकै अग्रसरतामा गत साता मात्रै ठूलोसिरुवारीका ५ जना करातेका खेलाडिहरुले बंगलादेशमा भएको ५ औं अन्तराष्ट्रिय प्रतियोतिमा ४ ले स्वर्ण र एकले रजत पदक हात पारेर राष्ट्रकै ईज्जत बढाएका छन् । यस अघि पनि ठूलोसिरुवारीका खेलाडिहरुले विभिन्न क्षेत्रीय स्तरका प्रतियोगितामाहरुमा विभिन्न पदकहरु पाउन सफल भएका छन् ।


