साँस्कृतिक सद्भावको रुपमा चाडपर्वलाई लिन पूर्व मन्त्री दुलालको आग्रह

निर्मल बस्नेत
२०८१ असोज २१, चौतारा । दशै तिहार लगायतका चाडबाडलाई सबैको साँस्कृतिक र सामाजिक सत्भावको रुपमा लिनका लागि सवैमा आग्रह गरे । चाडबाड धर्म जाती बिशेष नभई आम नेपालीहरुको खुसी साटासाट गर्ने बिशेष क्षण भएको बताए । उनले मौलिक र ऐतिहासिक रुपमा नेपाल सम्वत ११४५ भएकोले चौतारामा नेवारी समुदायको बाहुल्यता रहेकोले पहिचान र संस्कृति झल्कने गरि जिल्लाभर सन्देश प्रवाह गर्न चौतारावासीलाई आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र चौतारा साागाचोकगढी ५ ले आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका पूर्व भौतिक पुवौधार विकास मन्त्री दुलालले सवै पार्टी र संघसंस्थाको बिचमा सामाजिक सद्भाव कायम गरि अस्थिरताको अन्त्य गर्न लागि पर्नु सवैको दायित्व भएको बताए । उनले राम्रो कामको स्वीकार र अनुसरण गर्न नसके राजनीतिक स्थायित्व कायम गर्न नसकिने बताए ।
सभ्य र बिकासित समाज निर्माणमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर खुलेर अभिव्यक्त हुन सकेमा मात्र सकारात्मक गति प्रवाह हुने उनको तर्क छ । यसको लागि सामुहिक प्रयत्नले चौतारालाई समृद्ध र बिकसित बनाउन रचनात्मक रुपले हातेमालो गरौ भन्दै चाडपर्वहरुको सन्दर्भमा शुभकामना व्यक्त गरे ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोबिन्द पराजुलीले चाडपर्वलाई एक अर्कोमा रहेको बैरभाव अन्त्य गरि बिकासको पथमा सम्यमित रुपले अगाडि बढौ भनि आह्वान गरे ।

पराजुलीले जिल्लाबासी प्राकृतिक प्रकोपको घडीमा रहेकोले मृत्यु हुनेमा श्रद्धाञ्जली , परिवारजनमा समबेदना र घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना गरे ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठले
बैदेसिक संस्कृतिको कारण मौलिक परम्परा लोप हुँदै गएकाले यसको जगेर्ना गर्नु सवैको दायित्व रहेको बताए । उनले फुटेर होईन जुटेर भावनात्मक एकताको वातावरण कायम गर्न लागि पर्न सवैलाई आग्रह गरे ।

नेपाल पत्रकार महासंघ सिन्धु शाखाको अध्यक्ष जीवनप्रसाद श्रेष्ठले दशै तिहार टाडा रहेकाहरुको सम्बन्ध गाढा बनाउने पर्व भएकोले सोहीअनुरुप प्रयोग गर्न अवैलाई आग्रह गरे । उनले अरुको देसासेखी नगर्न समेत सुझाएका थिए ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी सिन्धुपाल्चोककि अध्यक्ष तारा देबी रानाले चाडपर्व भड्किलो नवनाई सरल रुपले मनाउने प्रेरणा मिलोस् भन्ने कामना गरेकी थिइन् ।

वडा पार्टी समिति सचिबको सञ्चालन तथा अध्यक्ष कोमल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा माओवादीका नेता कार्यकर्ता , चौतारा ५ का जनप्रतिनिधि , बिद्यालयका प्रअहरु, संघसंस्थाका प्रतिनिधि ,पत्रकारहरु र चौताराका स्थानीयको सहभागीतामा सम्पन्न भएको हो ।