सुनकोशीद्वारा पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
चैत्र १६ -२०८२), खाडीचौर । सुनकोशी गाउँपालिकाद्वारा पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत सुत्केरी वडा घोषणासभा सम्पन्न भएको छ । यस कार्यक्रमले सुरक्षित मातृत्व, नवजात शिशुको स्वास्थ्य संरक्षण तथा समग्र पोषण सुधारमा स्थानीय तहको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।

वडा नं. ७ का वडा अध्यक्ष श्री ईश्वर तिमिल्सिना अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना तथा गाउँपालिका उपाध्यक्ष कान्छी लामा । प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरीको विशेष अतिथि उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले पोषणमैत्री स्वास्थ्य सेवा विस्तार, सुरक्षित तथा संस्थागत सुत्केरीको सुनिश्चितता, मातृ तथा शिशु मृत्युदर न्यूनीकरण, पोषण सुधार तथा जनचेतना अभिवृद्धिका विषयमा महत्वपूर्ण धारणा राखेका थिए । साथै स्थानीय स्तरमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न सबै सरोकारवालाहरूको सक्रिय सहकार्य अपरिहार्य रहेको कुरामा जोड दिएका थिए ।
गाउँपालिका तथा वडाका जनप्रतिनिधिहरू, कर्मचारीहरू, सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू तथा स्थानीय जनसमुदायको उल्लेखनीय तथा उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै पोषणमैत्री अभ्यासलाई दिगो रूपमा अघि बढाउन प्रेरणा प्रदान गरेको छ ।
कार्यक्रममा जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गा बजगाईले पोषणमैत्री स्वास्थ्य संस्था र पूर्ण संस्थागत सुत्केरी वडा घोषणा स्वस्थ आमा, स्वस्थ शिशु र समृद्ध समाज निर्माणतर्फको महत्वपूर्ण उपलब्धि तथा साझा प्रतिबद्धता गरिएको बताइन ।

