वार्षिक प्रगती प्रतिबेदन परित गर्दै सुनचाँदीको साधारणसभा सम्पन्न

निर्मल बस्नेत
१० माघ , चौतारा । सिन्धुपाल्चोक सुनचाँदी व्यवसायी संघको १२ औँ साधारणसभा सम्पन्न भएको छ । सुन्दर र शान्त वातावरणमा अवस्थित चौताराको अरनिको रिसोर्टमा सम्पन्न साधारण सभाले आगामी वर्षको निती तथा कार्यक्रम र अघिल्लो वर्षको वार्षिक प्रगती प्रतिबेदन पास गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियश रत्न शाक्यको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा बोल्दै उपाध्यक्ष शाक्यले व्यवसायीहरुलाई महासंघबाट गरिएको परिपत्र र निर्देशनहरु पालना गर्न गराउन संघलाई आग्रह गरे । व्यवसाय सञ्चालन गर्दा सरकारी नीति र नियमको अधिनमा रही गर्नुपर्ने भन्दै महासंघले सरकारसंग गरेको सहमति र सम्झौताहरु व्यसासयीहरुकै हितानुकुल गरिदै आएको बताए । २०५७ सालमा काभ्रे जिल्लाको उपशाखाको रुपमा सिन्धुपाल्चोक रहेकोले उनले नै नेतृत्व प्रदान गरेका थिए ।

त्यस्तै सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका उपाध्यक्ष उजार सिं तामाङले छोटो अवधिमा नै गरेको प्रगती गतिबिधीको प्रशंसा गरे । संघले महासंघसंग समन्वय गरि दैनिक दररेट उपलब्ध गराउने गरेको र व्यवसयीको समस्यामा संघले नेतृत्व लिएर उच्च मनोवल बनाउदै व्यवसायिक हकतिको लागि गरिदै आएको कामहरुको सराहना गरे ।

कार्यक्रममा संघको संस्थापक अध्यक्ष एवं महासंघका केन्द्रिय सदस्य सुव्बा सुनारले झोलामा सञ्चालित संघलाई भाडाको कार्यालय हुदै जग्गा खरिद गरि आफ्नै नाममा दर्ता श्रेष्ता भएको जग्गामा भवन समेत निर्माण गरेको स्मरण गारए । संघमा आवद्ध सदस्यहरुको साथ र समर्थलने दुई दशक लामो नेतृत्व गरेका सुनारले संघलाई अभिभावकत्व प्रदान गर्दै आईरहेका छन् ।

साधारण सभामा काठमाण्डौका अध्यक्ष रोहिनादेवी शाक्य, ललितुरका अध्यक्ष सुविन बज्राचार्य, काभका अध्यक्ष उमेशरत्न शाक्य, भक्तपुरका अध्यक्ष जिजय रत्न शाक्य लगायतले संघको साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

संघका अध्यक्ष सुवेश सुनारको सभाध्यक्षतामा सम्पन्न साधारणसभा उपाध्याक्ष रविन्द्रकुमार खातीको सुवोध उद्घोष रहेको थियो । संघका कोषाध्यक्ष रामकृष्ण सुनारले आर्थिक प्रतिबेदन र महासचिव सोमकुमार सुनारले प्रस्तुत बार्षिक प्रगती प्रतिबेदन हलबाट गडगडाट तालिका साथ पारित गरिएको थियो ।

शनिवार चौतारामा सम्पन्न साधारणसभा कार्यक्रम संघको निमन्त्रणा स्वीकार गरि आएका छिमेकी जिल्लाका प्रतिनीधि, विषयगत सरकारी कार्यलयका प्रतिनिधी र सदस्यहरुको सहभागिता भएको हो ।