हेलम्बुकाे गाउँपालिका जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ ।

वार्षिक उत्सवको अवसरमा बागमती प्रदेश सरकारका खानेपानी सिंचाई तथा ऊर्जामन्त्री कृष्णकुमार तामाङले विद्यालयलाई प्रगतिको शुभकामना दिँदै विद्यालयको चौतर्फी विकासका लागि हातेमालो गर्दै आएको र अब पनि आफ्नो स्थानबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तामाङले विद्यालयको समग्र विकासका लागि राजनीतिभन्दा माथि उठेर सबैलाई सहकार्य गर्न आह्वान गरे ।

साथै वार्षिक उत्सवको अवसरमा पूर्व प्रधानाध्यापक रामगोपाल श्रेष्ठलाई सम्मान गरिएको छ। सम्मान पश्चात् रामगोपाल श्रेष्ठबाट ५० हजार र सरस्वती मावि ग्याल्थुमका पूर्व प्रधानाध्यापक सिन्धुपाल्चोककै शैक्षिक अगुवा हरिकुमार शर्माले आफ्नो स्वर्गवासी मातापिता यदुकुमारी रूपनारायण स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना गर्दै विद्यालयको लागि निरन्तर सल्लाह सुझाव र सहयोग गर्ने प्रतिबद्धता व्यक्त व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिचन्द्र श्रेष्ठले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष गाइने तामाङको सभापतित्वमा सञ्चालन भएको हो।