मैत्री सहकारीको साधारण सभा सम्पन्न, पूर्व मन्त्री दुलालले गरे नवनिर्मित भवन उद्घाटन
निर्मल बस्नेत
२७ पौष, सानोसिरुवारी । मैत्री बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ र मैत्री साना किसान कृषि सहकारी संस्था लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त अवसरमै वागमती प्रदेश सरकार र चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा निर्मित भवनको समेत उद्घाटन गरिएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ स्थित सहकारीको साधारणसभा पूर्व मन्त्री एवं वागमती प्रदेश सांसद युवराज दुलालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । ०६७ सालमा स्थापित सहकारीको संस्थापक अध्यक्ष समेत रहेका दुलालले सहकारीलाई व्यवस्थापन गर्न एक जना बिज्ञको छनोट गरेर अगाढी बढाउनुपर्ने आवश्यकता औल्याएका छन् । उनले व्यवस्थापकीय, प्रशासकीय, विषयविज्ञ र अनुभवि व्यवस्थापक राखेर नियमित नेतृत्व गर्न सक्ने व्यक्ति छनोट गर्नु चनौती सहकारीको रहेको बताए ।

चौतारा सागाचोकगढी नगरपालिकका सहकारी शाखा प्रमुख दुर्गाप्रसाद ढंगेलले सहकारी अन्तराष्टिय मान्यता र नेपाल सरकारको मातहत रहेर कुनै भाषा धर्म र संस्कृतिको मात्र नभई आम सेयर सदस्यहरुको अधिकार भएको बताए । एक वडा मात्र पालिकामा कार्यक्षोत्र भएको सहकारीलाई सम्वन्धित पालिकाले नियमन गर्ने भएकोले नगरपालिकाले निरन्तर निहालिरहेको समेत बताए ।
त्यस्तै सहकारीका पूर्व अध्यक्ष बालकृष्ण लामिछानेले सहकारीले सहकारीले बैंकसंग प्रतिस्पर्धा गरि बढेको बताउदै उक्त बखत सरकारले नियमन गर्न सहकारी ऐन कडाईका साथ लागु गर्न अघि बढेकोप्रति खुसी व्यक्त गरे । उनले सरकारले लगानी प्रवद्धेन र सेयर सदस्यहरुको पुँजी सुरक्षाको प्रत्याभुति दिलाएकोमा सरकारलाई धन्यवाद व्यक्त गरे ।
त्यस्तै युवा व्यवसायी तथा समाजसेवी कृष्ण धितालले सहकारीको उन्नती प्रगती र सफलताको कामना गरेका थिए ।

सहकारीको अध्यक्ष रुपक धितालले प्रस्तुत गरेको प्रतिबेदनमा न्यूनतम १ हजार र अधिकतमा १० हजारसम्मको सेयर खरिदको लागि बर्षैभरी खुला रहेको, कर्मचारीको क्षमता विकास र बोनस व्यवस्थापन गरिएको सहकारीले जनाएको छ ।
सहकारीले अनिवार्य मासिक बचत नगर्नेहरुको लाभांश सुरु गरेको ३ महिनामा मात्र भुक्तानी हुने प्रावधानको विकास गरेको छ ।
५ करोड ७५ लाख ऋण लगानी गरिएको, नगद सुरक्षाको लागि उपकरणको व्यवस्थापन गरिएको ।
असल बचतकर्ता र असल ऋणिहरुलाई पुर्याउदै आएको सुविधालाई निरन्तरता दिईने, छात्रमबृति रकम र सामाजिक विकासको लागि गरिदै आएको दायित्वलाई समेत निरन्तरता दिइने सहकारीको प्रतिबेदनमा उल्लेख छ ।
चालु अर्थिक बर्षमा नै मैत्री बचत र साना किसान कृषि सहकारी संस्थालाई समायोजन गरि स्थिर पुँजीमा बृद्धि गरि सहकारीलाई थप मझबुद बनाएर लैजाने योजना रहेको सहकारीले जनाएको छ ।

त्यसै गरि मैत्री साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडको अध्यक्ष सुव्वाप्रसाद दुलालले सहकारीको बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । दुलालले प्रस्तुत गरेको प्रतिबेदनमा ७ सय ७० सेयर सदस्यबाट संकलित रकम ८६ लाख ४० हजार सेयर पुजी रहेको उल्लेख छ ।
गतबर्ष ३ करोड १२ लाख ९३ हजार २ सय ३८ र यसवर्ष ३ करोड १२ लाख ७० हजार ७ सय ६४ रुपैयाको ऋण लगानी गरेको उक्त ऋण लगानीबाट यो बर्ष मात्रै ४८ लाख १६ हजार ९ सय ८ रुपैया ब्याज असुली गरेका छ ।
मैत्री साना किसानले शिद्धिगणेश माध्यमिक विद्यालयको दिवाखाजाको समेत काम गर्दे आईरहेको छ । सहकारीले पशुपालन कर्जा, स्वालम्वन, लघु कर्जा र ग्रामिण उद्यम कर्जा प्रवाह गर्दै आईरहेको सहकारीका अध्यक्ष सुव्वा दुलालले जानकारी दिए ।
वागमती प्रदेश सरकारको आ.व.०८१÷०८२ को बजेटबाट ४० लाख र चौतारा साँगाचोकगढी नगरपालिकाबाट विनियोजित ३५ लाख रकमबाट नवर्निमित सहकारीको भवनको समेत पूर्वमन्त्री दुलालले उद्घाटन गरेका हुन् ।

उक्त भवनबाट दुवै सहकारीको कार्यालय सञ्चालन हुँदै आईरहेको मैत्री बचतको सचिव कमलप्रसाद दुलालले जानकारी गराए । उनका अनुसार आगामी दिनमा दुवै सहकारीलाई जोडेर एउटै बनाई अगाढी बढ्ने योजना रहेको छ ।
श्री सिद्धिगणेश माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न साधारणसभामा सहकारीको सेयर सदस्यहरु संगै स्थानीय भद्रभलाद्मी, विव्यस, आमा समूह, वन समूह, खानेपानी, सडक उपभोक्ता समितिका प्रतिनिधी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

