इको क्षेत्रको सडक अवरुद्व खुल्यो, दुइमहिना भित्रै काम सुरु गर्ने सहमति

मंसिर २७, तातोपानी । एकसाता देखि कोदारीका स्थानीयद्वारा इको क्षेत्रमा गरेको सडक अवरुद्व आजबाट हटेको छ । कोदारी सडक खण्डको इको क्षेत्रमा रहेको पहिरो नियन्त्रणमा सम्बन्धित सरोकारवालाले बेवास्ता गरेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका थिए ।

सहमति पछि स्थानीयले गरेको सडक अवरुद्व स्काभेटर मार्फट हटाइदै

शनिबार आन्दोलित स्थानीय, जनप्रतिनिधि, सुरक्षा निकाय र ट्रान्सपोर्ट कम्पनी प्रतिनिधिसहित बसेको छलफलले दुइमहिना भित्रै काम सुरु गर्ने सहमति सहित अवरुद्व सडक सुचारु गर्ने निर्णय गरेको हो ।

सो पहिरो नियन्त्रणका लागि सडक विभागले ५० करोड रुपैयाँ बराबरको ठेक्का आह्वान गरिसकेकोले ६० दिनभित्र ठेक्का सम्झौता भइ काम सुरु गरिसक्नुपर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए । ‘अब समस्या हुँदैन ठेक्का लागिसकेको छट्टै हुन्छ’, प्रजिअ बास्तोलाले भने । आन्दोलित स्थानीयसंग हिजैबाट छलफल सुरु भएपनि साँझ ५ बजेतिर सहमति गरी टुङगोमा पु¥याएको सीमा इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरिक्षक जगत राइले बताए ।

इको पहिरो तथा बस्ती नियन्त्रको लागि टेन्डर आह्वान भइसकेकाले काम केही केही दिनबाटै सुरु हुने आफुले जानकारी पाएको उनको भनाई छ । यदि काम शुरु नभएमा माघ २६ गतेबाट पुनः सडक अबरुद्ध गर्ने शर्तसहित हाललाई सडक सुचारु गरिएको आन्दोलनमा संलग्न कर्मा शेर्पाले बताए ।

पहिरोको कारण भएको क्षतिको प्राविधिक मुल्यांकन गरि उचित क्षतिपूर्ति दिनुपर्ने माग समेत स्थानीयले राखेको उनको भनाई छ ।
स्मरण रहोस छिमेकी मुलक चीनसंग जोडिएको उत्तरी सीमा नाका पुग्ने सडक अवरोध हुँदा तातोपानी भन्सार समेत प्रभावित भएको थियो भने सो क्षेत्रका बासिन्दालाई समेत आउजाउमा समस्या परेको थियो ।

यस्तो छ सहमति