चट्याङमा परेर आमाछोरा घाइते
असोज ८, चौतारा । चट्याङ परेर सिन्धुपाल्चोकमा दुई जना घाइते भएका छन् । जुगल गाउँपालिका–१ सेलाङ बस्ने बर्ष ७७ की कान्छी तामाङ र बर्ष ३० का रामकाजी तामाङ घाइते भएका छन् ।
घाइते कान्छी र रामकाजी आमा छोरा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार दिउसो ४ बजे आफ्नै घर छेउको बाँसले बेरेको जस्ताको छानो भएको गोठमा बसिरहेको अबस्थामा गोठको अगाडी रहेको लप्सीको रुखमा अचानक चट्याङ रुखमा लाग्दा रुख भाँचिएर कान्छीको टाउको, ढाड र छातीमा चोटपटक लागेको र रामकाजीको टाउको, ओठ, च्यापुमा चोटपटक लागेको छ ।
घाइते दुवैजनालाई उपचारको लागि चौतारा अस्पतालमा गगिएकोमा थप उपचारको लागि धुलिखेल पु¥याएर थप उपचार भईरहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उक्त घटनामा २ वटा बाख्रा समेत च्यापिएर मरेको छ ।

