भोटेकोसी पावर कम्पनी स्थानीयलाई १० प्रतिशत निशुल्क शेयर दिन सहमत

दिनेश दुलाल
असाेज २, ताताेपानी । जेन-जीकाे नाममा भाेटेकाेसी पावर कम्पनी विरूद्घ स्थानीयले करिब एकसाता देखि गरेकाे आन्दाेलन १० प्रतिशत शेयर दिने कुरामा सहमति भएसंगै आन्दोलन टुंगिएको छ ।

जेन-जी काे नाममा स्थानीयले गाउँपालिका प्रशासकीय भवन ताेडफाेड पछि भएकाे दुइपक्षीय छलफलमा पावर कम्पनीले भाेटेकाेसीबासीलाई निशुल्क १० प्रतिशत शेयर दिन तयार भएकाे हाे ।

३ नम्बर वडा अध्यक्ष निमासाेना शेर्पाकाे राेहबरमा कम्पनीसंग आन्दाेलनकारीका प्रतिनिधि वार्तामा बसेका थिए ।
सहमतिमा प्रभावितहरूले पब्लिक कम्पनी दर्तागरेपछि भाेटेकाेसी पावर कम्पनीले सहमति गरेअनुसार शेयर दिने छ ।
पावर कम्पनीले १० प्रतिशत निशुल्क शेयर दिन एकबुँदे लिखित सहमति भएकाे ३ नम्बर वडाका वडा अध्यक्ष निमासाेना शेर्पाले बताए ।

आन्दोलनकारी गाउँपालिकामा प्रवेश गर्न खाेज्दा विवाद हुँदा एक्कासी भिडले हिन्दीमा रहेकाे पालिका भवनमा ताेडफाेड गरेका थिए । उत्तेजित भिडले चर्काे नारा दगाउँदै प्रहरीलाई समेत धकेलेर पालिका भवनमा आगाे लगाउने प्रयास गरेपनि साे प्रयास भने सफल हुन सकेन ।

आन्दोलनकारीकाे अाक्रमणबाट पालिका भवन क्षतिग्रस्त भएकाे स्थानीयले बताएका छन् ।