विद्यासंग किन तर्सिए ओली !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व विशिष्टहरुको सेवा सुविधाको विषयलाई लिएर भनेका थिए–‘ पूर्व विशिष्टहरुको अवस्था के छ ? पूर्व राष्ट्रपतिले राम्रो खान, सेवासुविधा सहित राम्रो बन्दोबस्त पाएका छ की छैनन ?’ उनको यो प्रश्न पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित थियो । जतिबेला पूर्व विशिष्टहरुलाई राज्यद्वारा दिइने सेवासुविधको बारेमा सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । त्यतिबेला तत्कालिन कांग्रेस–महोवादी केन्द्र गठबन्धन सरकारले पूर्व विशिष्टहरुलाई वेवास्ता गरेको भन्दै ओलीले सरकारको आलोचना गरेर उनीहरुको मन जित्ने प्रयात्न गरेका थिए । यसको आशय पूर्व राष्ट्रपति भण्डारीलाई भावनाको साहानुभूति देखाएर राज्यले दिने सेवासुविधा प्रयाप्त पाएर उतै अलमलिउन र राजनीतिमा फर्कने कुनै मनशाय नआहोस भन्ने नै थियो । उनले एकबर्ष अघि गरेको आंकलन अहिले सहि ठहरियो ।
त्यतिबेला पनि विद्या पुनः राजनीतिमा फर्कने संकेत उनले पाएरै यसो भनेका थिए । यो हिसाबले प्रम ओली निकै दुरदर्शी मानिन्छन् । नेपाली राजनीतिका चतुर खेलाडी ओलीलाई प्रचण्ड जस्ताले पनि ह्याउन सकेनन् । उनलाई पनि ओलीले थाङनामै सुताए । कांग्रेस सभापति शेरबहादुर त ओलीका लागि केही होइनन । अब उनको लागि राजनीतिमा एकमात्र अवरोधका पात्र विद्या नै थिइन । पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि पार्टी अध्यक्ष ओलीलाई सबैभन्दा बढी टाउको दुखाईको बिषय बन्यो ।
मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन । पार्टी भित्रै एकथरीले ओलीले नै विद्यालाई सो कार्यक्रमको लागि उक्साए भन्ने छन् भने अर्का थरीले विद्याको कार्यक्रममा नजानको लागि ओलिले आदेश दिएका थिए । आखिर जे भनेपनि कार्यक्रम भएरै छाड्यो । विद्याको यो हट ढिपिले ओली निकै समस्यामा भने नपरेका होईनन ।
फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफुले पार्टी राजनीतिमा फर्किएको घोषणा गरेकी विद्याको यो उपस्थिति ओलीलाई स्विकार्न निकै गाह्रो थियो । यद्यपि एमालेको हालै हुने विधान महाधिवेशनमा विद्या सरिक हुन निकै मुश्किल बनेको छ ।
पार्टीका तत्कालीन महासचिव एवं पति मदन भण्डारी सम्झिएर पटकपटक भावुक बनेकी विद्या भण्डारीको उक्त सक्रियतालाई पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल लगाएत कार्यकर्ताहरुको ठूलो पंक्तिले साथ दिएका छन् ।
आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प समेत गरेकी छिन् । सायद मदन–आश्रितको हत्याको बारेमा अहिले सम्म पार्टीको नेतृत्व र सरकारको नेतृत्व गरेका ओलीले कुनै कदम नचाल्नु पनि विद्यालाई ओली प्रतिको विश्वास र भरोसा नहुनु अर्को महत्वपूर्ण कारण हो ।
एकपटक अहिलेका प्रम ओलीले यस्तो उदघोष समेत गरेका थिए–‘मदन भण्डारीलाई चार वटा श्रीमती र सहकारी ठगको आरोप लगाइयो ।’
यद्यपि एमाले पंक्ति र राष्ट्रिय राजनीतिमा संशय थियो । संशयको मुख्य कारण एमालेभित्रको शक्ति–समीकरण थियो । माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरू एमालेमा नरहेकाले केपी ओली निर्विकल्प भन्ने भाष्य स्थापित गराइएको थियो । ओली आफैंले पनि अझै २०–२५ वर्ष नेतृत्व नछोड्ने सार्वजनिक घोषणा गरेका थिए ।
नेताहरूले निर्धक्क एमालेभित्र ओली चुनौतीहीन रहेको दावी गर्थे । विकल्प खोज्न जरूरी नरहेको भनेर पार्टीकै विधान ओलीको अनुकुल व्याख्या गर्ने र संशोधन गरिन थालेको थियो ।
२०७८ मंसिरमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट ओलीलाई अध्यक्ष दोहो¥याउन पार्टी विधानको धारा–६४ (ख) को व्याख्या गरिएको थियो । त्यही वर्ष फागुनमा ओली ७० वर्ष पुरा हुने भएकाले विधानमा ‘७० वर्ष नकटेको’ भन्ने व्याख्या गरिएको थियो ।
अहिले पनि ओलीलाई निरन्तरता दिन लगातार दुई कार्यकाल भन्दा बढी एउटै पदमा बस्न नपाइने विधानको व्यवस्था सुटुक्कै हटाइएको छ । यो पनि ओली इतरकालाई मन परेको थिएन । उनीहरुले विद्यालाई ढाडस दिए । यस्तो पृष्ठभूमिमा पूर्वराष्ट्रपति भण्डारीको घोषणा रोकिन सक्ने कयौं नेताहरूको अनुमान थियो । राष्ट्रिय सभा गृह पुगेका कतिपय नेताहरूमा ओली र विद्या भण्डारी मिलेरै अगाडि बढ्ने विश्वास देखिन्थ्यो । विद्या भण्डारी उकासेर एमालेलाई कमजोर पार्ने खेल भइरहेको उनीहरूको बुझाइ थियो । तर एमालेका संस्थापक समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलकै साथ लिएर विद्या भण्डारीले एमालेको राजनीतिमा फर्किएको घोषणा गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले पनि आफ्नो लामो राजनीतिक यात्रा उल्लेख गरेर अब एमालेकै नेतृत्व गर्ने प्रष्ट सन्देश दिएपछि बाँचुन्जेल अध्यक्ष भइरहने संकल्प लिएका ओलीलाई ठूलो झड्का लागेको छ ।
पार्टीभित्रको लोकतान्त्रिकरणले जबज बलियो बन्ने निष्कर्षमा पुग्दा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था मानेर ओलीले एमाले अध्यक्ष नछाड्ने संकेत देखेपछि पार्टीभित्र भित्रै भुषको आगो झैं एमालेमा संकट आउने संकेत देखिएको छ ।
पार्टीको लोकतान्त्रिकरण गर्नलाई लामो बहस र छलफल मार्फत् बहुपद, कार्यकालको व्यवस्था र उमेर हदको विषय विधानमा जबजको मार्गदर्शन शिद्वान्त मानिएको थियो । यसलाई ओलीले लत्याइदिएका छन् । अब उनलाई एउटै डर विद्यासंग छ । त्यसमाथि प्रचण्डले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन संविधान वाधक नबन्ने भनेपछि ओलीलाई १०४ को ज्वरो आउन सुरु भईसकेको छ । के ओली साँच्चै विद्यासंग डराएकै हुन ? की दोस्रो पुस्ताका नेतालाई ठिक ठाउँमा राख्ने उनको यो राजनैतिक चलाखी हो ? अबको केही दिनमै प्रष्ट देखिन्छ ।

