पाँचपोखरीको मेला, भक्तजनको मनमनमा वाईसियल

निर्मल बस्नेत
२५ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी मेलामा वाईसियल नेपालले मेला अवधिमा स्वयमसेवकको भूमिका निर्वाह गरेको थियो । स्वास्थ्य परिक्षण र सरसफाईको काममा सरिक वाईसियल श्रदालु भत्तलजनहरुको मनमनमा बस्न सफल भएको छ । वाईसियलले देशव्यापीरुपमा जनश्रमदान र जागरण अभियान अन्गरगत विविध जनसेवाको काम गर्दै आईरहेको छ ।

प्रत्येक वर्षको जनैपूर्णिमाको दिन पाँचपोखरीमा मेला लाग्ने गरेको छ । समुन्द्रिक सतहबाट ४ हजार १ सयको उचाईमा रहेको उक्त क्षेत्रमा वाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरु धार्मीक आस्था र प्राकृतिक मनोरन्जनको लागि उक्त स्थान रोजाईमा रहेको छ । नेपालको हिमाली क्षेत्रको विभिन्न धार्मीक तथा प्राकृतिक रुपले प्रसिद्ध ठाउँहरु मध्येको एक हो पाँचपोखरी । यो स्थान हिन्दु तथा बौद्ध धर्मालम्वीहरुको आस्थाको केन्द्र बनेको छ ।

यहाँबाट देखिने मनोरम हिमशृङ्खला र आसपासको सुन्दर छटाहरुले पर्यटकको मन लोभ्याउने गरेको छ । सुन्दर र आनन्दित पाँचपोखरी जनैपूर्णिमको दिन भक्तजनहरु खचाखच हुने गरेको छ । देशका विभिन्न भुगोलबाट काठ्माण्डौबााट सिन्धुपाल्चोकको मेलम्ची, तिपेनी, धाप, कोट, गुन्सा भोताङ हुर्दै जाने मार्ग एक र चौतारा , स्याउले, ओखरेनी, मैदान भोटेनाम्लाङको तिरैतिर हुदै जाने अर्को मार्ग रहेको छ ।
वाईसियल नेपाल र नेकपा (माओवादी केन्द्र ) पाचपोखरी थाङपाल गाउँपालिका समिति मेलाको स्वयम्सेवी भुमिकामा रहेका थिए । उनिहरु उक्त मेलाको अघिल्लो दिन नै भक्तजनको साथमा मेलम्ची , भोताङ हुर्दै टुप्पीडाँडामा बास बसेको थियो । उनिहरुले टुप्पीडाँडामा नाचगान गरि साँझ रमाईलो गरेका थिए ।

नेपाल भ्रमण यात्रा नाम दिएर गोसाईकुण्डबाट यात्रा सुरु गरेका सगरमाथा आरोही नेकपा (माओवदी केन्द्र) का युवा नेता एवं पूर्वमन्त्री युवराज दुलालको अगुवाईमा वाईसियल जुर्मुराएको थियो । २४ गते मेलाको दिन उनिहरु विहान सवेरै श्रदालु भक्तजन तथा पर्यटकहरुसंगसंगै वाईसियल यात्रामा लामबद्ध भयो ।

वाईसियलले आफ्नो साथमा प्राथमिक उपचारका स्वास्थ्य सामग्रीहरु साथमा बोकेको थियो । यात्रामा रहेकाहरुलाई ४ वटा टोलीमा विभाजन गरि करिव ५० हाराहारीका राता पोषकमा सजिएका वाईसियलले यात्रामा गाह्रो साह्रो परे नआत्तिन आग्रह गरेको थियो । केहि परे हामी छौँ भन्दा पैदल यात्रीहरुमा बेग्लै उत्साह थपिएको थियो । यात्रीहरु संगसंगै विचविचमा स्वास्थ्य परिक्षण र औषधी वितरण गदै तिर्थयात्रीहरुको सारथी बन्यो वाईसियल ।


साँझ नपर्दै स्वास्थ्यकर्मीहरुसंगै पाँचपोखरी पुगेको वाईसियलले मेला भर्न गएको भक्तजन तथा पर्यटकहरुको स्वास्थ्य परिक्षण सुरु गर्न थाल्यो ।


परिक्षण संगै स्वास्थ्यउपचारमा आवस्यक सामग्रीहरु वितरण गर्न थाल्यो । तव भक्तजनहरुमा वाईसियल र नेकपा( माओवादी केन्द्र ) प्रतिको विस्वासको वातावरण सिर्जना गराएको थियो । वाईसियलले मेलाक्षेत्रमा रहेको होटलहरुमा बास बसेकाहरुलाई केहि स्वास्थ्य समस्या परे हामी छौँ भनि ढाडस दिएका थिए । वाईसियलको यो अभिव्यक्ति पछि श्रदालु भक्तजनहरुको मनमा खुसी थपिएको थियो । भक्तजनहरु भन्दै थिए “मेलामा कति धेरै वाईसियल खटाएको रहेछ । ”

साँझबाट मेलामा पुगेका भक्तजनहरुले गाएका गीत र नृत्यमा पूर्वमन्त्री दुलालले साथ दिएका थिए । उनी रमाईलोमा करिव एक घण्टा नै व्यस्त भए । झमझम पानीका बिच पनि टिनको छानोमुनी पूर्वमन्त्री दुलाल र माओवादी कै केन्द्रिय सदस्य एवं भुमि आयोगका पूर्व जिल्ला अध्यक्ष झम्क पराजुली हिमाल पनि जोसिएर नाचेका थिए । नेता र वाईसियलहरु नाँचेर सवैको आँखामा बस्न सफल थिए । दुलाल नाँचेसंगै सवैजना गोलो घेरा बनेर बछरछेवाजा र डम्फुमा नाँचेका थिए ।

२४ गते मेलाको विहानै राता पोषकमा सजिएर युवा नेता एवं पूर्वमन्त्री युवराज दुलालको विषेश अगुवाईमा भक्तजनहरुको लाईन व्यवस्थापनमा खटेको थियो । तिर्थालु भक्तजनहरुले लगेको पूजा सामग्री र स्नान गरि फ्यापिएका कपडा र अन्य फोहोर टिपेर व्यवस्थापन गरेको थियो । २४ गते मेलाका सहभागि फर्कनेक्रमको अन्त्य भएपछि पुन ः वाईसियल भक्तजनहरुसंगै फर्किएर गन्तव्यतर्फ लागेका थिए ।
स्मरण रहोस वाईसियलले गतवर्षपनि मेलाको दिन स्वयम्सेवक र सफाईको काम गरेको थियो ।