अबिरल बर्षाका कारण कोदारी स्थित अरनिको राजमार्ग पूर्णरुपमा बन्द
साउन ७ तातोपानी । गएराती अबिरल बर्षाका कारण अरनिको राजमार्ग अन्र्तगत कोदारीमा पहिरो आउँदा सडक पूर्ण रुपमा बन्द भएको छ ।
आज विहान ५ बजेको समयमा भोटेकोशी गाउँपालिका वडा नम्बर २ कोदारी स्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा अबिरल बर्षाका कारण सडक माथिबाट पहिरो आई बाटो पूर्ण रुपमा बन्द हुँदा चीनसंग जोडिएको सिमा नाका तातोपानी नाका संगको सम्बन्ध विच्छेद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पटक–पटक ईकु पहिरोमा सडक भासिने गरेकोमा आज विहान भने माथिबाट ठूलो पहिरो आएको हो । २०७२ सालको विनासकारी भूकम्पका कारण जमिन धाजा फाँटेर कोदारी बस्ती नै बगेको थियो । हाल उक्त बस्ती नै विस्थापित हुन पुगको थियो । हाल पहिरो झर्ने क्रम नरोकिएकोले सडक सुचारु गरेर पैदल तथा सवारी साधन आवातजात गराउन तत्काल असम्भव भएको प्रहरीले जनाएको छ । यद्यपि सडक कसरी खुलाउन सकिन्छ भनेर सडक डिभिजन कार्यालय चरिकोट र स्थानीय सरकारसंग छलफल भईरहेको प्रहरीले जनाएको छ ।

