
आलुबाली विकास केन्द्र निगालेको ५० औं वार्षिकत्सव सम्पन्न, विभिन्न व्यक्तिहरुलाई सम्मान

दिनेश दुलाल
असार १४ (२०८२), मुडे । जिल्लाको लिसंखुपाखर गाउँपालिका –५ निगालेमा रहेको आलुबाली विकास केन्द्रको ५० औं वार्षिकत्सव सम्पन्न भएको छ ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्र अन्र्तगत आलुबाली विकास केन्द्र निगालेको शनिबार ५० औ बार्षिकत्सव अर्थात स्वर्ण जयन्ती सम्पन्न भएको हो ।
५० औं बार्षिकत्सव कार्यक्रमको कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सहसचिव एवं प्रवक्ता डा. जानुका पण्डितले आलुको केक काटेर तथा प्रमुख जिल्ला अधिकारी किरण थापाले पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गरेका हुन ।
उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सहसचिव पण्डितले आलुबाली विकास केन्द्र निगाले ५० बर्षको अवधिमा एउटा उदाहरणीय रूपमा रहनु अग्रजहरूले अथक मिहिनेत प्रयासका कारण आलुबालिमा अहिले फड्को मार्न सकेको भन्दै विकासकेन्द्रलाई वधाई दिइन ।
मन्त्रालयले स्थानीय जातको सम्पतिलाई जोगाउने प्रयत्नमा लागेको आफुले पाएको उनले बताइन । आगमी २०८२÷०८३ मा मन्त्रालयको सहयोगमा स्थानीय जातको आलुलाई ग्रेडिङ र ब्रान्डिङ गरिने उनले बताईन । नेपालको लागि आवश्यक पर्ने आलुको बीउ उत्पादन गरेर अन्य देशमा निर्यात गर्न सकिने उनको तर्क छ ।
सोही कार्यक्रमका विशेष अतिथि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले पूर्वजहरूले समृद्ध नेपाल सुखि नेपालीको परिकल्पनामा कर्मचारीले अहोरात्र खटेर स्वर्ण महत्सव मनाएको उपलक्षमा शुभकामना दिए । ईमान्दार व्यक्तिहरूलाई टिकाईराख्न मन्त्रालयले योजना बनाउन आवश्यक रहेको उनले औल्याए । किसानहरूहरूले रासायनिक मल नपाउँदा समस्या भएको बताउँदै उनले कृषि पेशामा मात्र नभई अन्य पेशामा नलागेर विदेशीने प्रचलन भएपछि यसको असर कृषिमा समेत परेको खुलासा गरे । नयाँ पुस्तामा नकरात्मक सोच र तत्काल फाईदा लिने प्रवृति बढेकाले युवाहरूलाई स्वेशमै रहने वातावरण बनाउन सम्बन्धित निकायले ध्यान दिन उनले सुझाए ।
कार्यक्रममा लिसंखुपाखर गाउँपालिकाकी उपाध्यक्ष मिठुदेवी लामाले लिंसखुपाखरमा सबै वडामा आलु राम्रो फल्ने हुनाले मुडेको आलुलाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउने पालिकाले योजनामा लागेको बताइन । तर मुडेको आलुको नाममा अरू आलु पनि बेचिने हुँदा काठमाडौमा स्टल राखेर प्रचारप्रसार गर्न आवश्यक रहेको औंल्याईन । मुडे लगाएत गाउँपालिकामा रहेको आलु भण्डारको लागि कोल्ड स्टोर निमार्णको काम अधुरो रहेकोले मन्त्रालयको ध्यानकर्षण गराइन ।
कार्यक्रममा आलुबाली विकासकेन्द्र निगालेका पूर्व केन्द्र प्रमुख हिरामणी अधिकारीले आफु निगालेमा रहेको आलुबाली विकासकेन्द्रको प्रमुख हुँदा निकै मिहिनेत खटाईका कारण मुडेको आलुलाई देशभर चिनाउन सफल भएको बताए । ३४ –३७ सालसम्म केन्द्र प्रमुख भएर काम गरेका अधिकारीले आलुमै शोधपत्र गरेका थिए ।
कार्यक्रममा स्थानीय कसान हिरालाल श्रेष्ठले निगालेमा आलुबाली विकासकेन्द्र स्थापना भएपछि किसानहरुको आर्थिक जीवस्तर बढेको बताए । आफुले बार्षिक दुई लाख देखि १० लाख सम्म कमाउन सक्ने क्षमता रहेको उनले बताए । पछिल्लोपटक आलुमा डडुवा रोग र ऐंजेरू लगाएत समस्या आएको बताए । रोजिटा जातको आलु सबैभन्दा राम्रो भएपनि बेरूवा र कालो थोप्लो आउने समस्याका कारण किसान हैरानीमा परेको उनले बताए । ढुवानीको माध्याम र बजारीकरणको लागि सहजीकरण गरिदिन उनले आग्रह गर्दै किसानले लागत अनुसार प्राप्त हुने फाईदा र अनुदान प्रयाप्त नभएको जिकिर गरे । उनी केही समय वैदेशिक रोजगारमा गएर फर्किएर फेरि माटोमै भिजेका किसान हुन ।
आलुबाली विकास केन्द्र, निगालेका केन्द्र प्रमुख अरुण बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कृषि विभाग उपमहानिर्देशक राजेन्द कोइराला, राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्र प्रमुख पदमप्रसाद अधिकारी लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
सोही कार्यक्रमको अवसरमा आलु विकास केन्द्रले स्वर्ण जयन्तीको अवसरमा २०३४ देखि २०८२ सम्म उक्त फार्ममा केन्द्र अध्यक्ष भई काम गर्ने ६ व्यक्तिहरुलाई सम्मान गरेको हो ।
जसमा पूर्व फार्म केन्द्र प्रमुख हिरामणी अधिकारी, तारालाल लामा, श्यामप्रसाद ढकाल, विजय कुमार गिरी, सुदिप रेग्मी, डोलराज पाण्डे रहेका छन् । त्यस्तै त्याहाँ कार्यरत रहेका कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा सहभागीहरुलाई आलु विभिन्न परिकार बनाएर खुवाइएको थियो भने अतिथिहरुलाई आलुको माला पहिराइएको थियो ।
आलुबाली विकासकेन्द्र निगालेका केन्द्र प्रमुख अरुण खनालले २०३२ सालमा स्थापना भएको उक्त विकास केन्द्रले हालसम्म गरेका प्रगति र जनतालाई दिएका योगदानहरुको बारेमा आफ्नो प्रस्तुती दिएका थिए । उनका अनुसार आलुबाली विकास केन्द्र निगालेले देशभरीको गुणस्तरीय बीउ उत्पादन गरिरहेको छ । उनका अनुसार मुडे आसपासमा मात्रै बार्षिकद ७१ करोडको आलु निर्यात हुन्छ । हाईब्रेड जातका आलु मध्ये त्यसभेगमा चलेको रोजिटा जातको आलु बढी प्रचलनमा रहेको छ । यो आलु प्रति रोपनी दुई ट्रन फल्छ ।
नेपालमा १९८२ कृषि विकास केन्द्र स्थापना भएपछि आलुको बिस्तार भएको थियो । २०३२ सालमा निगालेमा न्युक्लेस बीउ सुरूवात भएको थियो । उक्त विकास केन्द्र १०८ रोपनी क्षेत्रफलमा फैलिएको छ । मुडे समुन्द्र सतहबाट २५ मिटर उचाईमा छ । त्याहाँ १५ जना कर्मचारीको दरबन्दी रहेपनि हाल ७ जना मात्रै कार्यरत रहेको केन्द्र प्रमुख खनाल बताछन् । सिन्धुपाल्चोक र दोलखा समेत सेवा क्षेत्र रहेको उक्त केन्द्रले गुणस्तरीय बीउ उत्पादन गर्ने र प्राविधिक र कृषकको क्षमता अभिवृद्धि गर्ने गरेको छ । प्रजनन बीउ किसानहरूलाई मागका आधारमा मुल बीउ बालीबिकास केन्द्रले किसानलाई सहयोग गरिएको उनले बताए । उनका अनुसार आलुको बीउ उत्पादन गर्नको लागि किसानले अनुमति लिएर ट्याग लगाएपछि बीउ विक्रिवितरण गर्न पाईन्छ ।
फार्म डे तथा प्रविधि प्रदर्शन कार्यक्रम
आलुबाली विकास केन्द्र निगाले सिन्धुपाल्चोकको ५० औं बार्षिकत्सव (स्वर्ण जयन्ती) को अवसरमा चालु आ.व २०८१÷०८२ सालमा निर्माण गरिएको एरोपोनिक्स प्रविधिबाट पिबिएस आलु आलु उत्पादन प्रविधी प्रर्दशनीको समेत उदघाटन गरिएको हो । बिना माटो अक्सिजनको माध्यामबाट आलु उत्पादन हुने यो प्रविधि सम्वभवत नेपालकै पहिलो प्रविधि भएको आलुबाली विकास केन्द्र निगालेले जनाएको छ ।
माटोरहित ( एलोफनिक्स प्रविधी), ५४ वटम प्रति बोट फलाउन सकिने भएपछि । रोग लाग्न नसक्ने, धेरै फलाउन सक्ने, रोगनिरोधात्मक हुने जनाईएको छ ।