´अनियमितता सम्बन्धी बजारमा जसरी प्रचार भईरहेकाे छ त्याे सत्य हाेइन`-मेयर सापकाेटा

असार १२ (२०८२) चाैतारा । चाैतारा साँगाचाेकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकाेटाले चाैतारा साँगाचाेकगढी नगरपालिका कार्यालयमा अार्थिक अनियमितता भएकाे भन्ने प्रचार भ्रमात्मक रहेकाे टिप्पणी गरेका छन् ।
नगरपालिकाले १८औँ नगर सभाको दोस्रो बैठकलाई सम्बाेधन गर्दै मेयर सापकाेटाले केही सञ्चार माध्यमहरूले चाैतारा साँगाचाेक नगरपालिका कार्यालय भित्र ठूलाे अार्थिक अनियमितता हुने गरेकाे समाचारप्रति खण्डन गर्दै मेयर सापकाेटाले त्यसमा कुनै सत्यता नभएकाे खुलासा गरेका छन् । ´नगरपालिकामा प्रचार गरिएजस्ताे कुनै अार्थिक अनियमिता भएकाे छैन, बजारमा जसरी हल्ला फैलाईएकाे छ याे सबै भ्रम हाे`, मेयर सापकाेटाले भने । नगरमा आर्थिक अनियमितता भयाे भनेर भ्रमाक समाचार प्रकाशन गर्ने सञ्चार माध्यमहरूकाे भने उनले नाम लिएनन । ´चाैतारा साँगाचाेकगढी नगरपालिकनमा ४ करोड ४२ लाख रुपैयाँभन्दा बढी अनियमितता` शीर्षक राखेर बीमा पाेष्ट नामक अनलाइन पत्रिकाले बुधबार प्रकाशन गरेकाे थियाे ।
यसैबीच चाैतारा साँगाचाेकगढी नगरपालिकाले १८औँ नगर सभाको दोस्रो बैठक आ.व. २०८२/०८३ काे बजेट तथा कार्यक्रमहरू पास गर्दै सम्पन्न भएकाे छ ।
सभामा प्रस्तुत बजेट तथा कार्यक्रमहरूमा शिक्षा क्षेत्रका लागि रु. ५ करोड १ लाख ३ हजार ३ सय ८४ विनियोजन गरिएको छ भने प्रत्येक वडाका लागि रु. ८५ लाख बजेट छुट्याइएको छ।
त्यस्तै, स्वास्थ्य क्षेत्रका लागि रु. २ करोड १० लाख ६ हजार ६ सय १६ बजेट विनियोजित भएको छ। त्यस्तै खेलकुद पुर्वाधार ,सहकारी,वातावरण, विपद् लगायत अन्य शिर्षकमा पनि आवश्यकता र स्रोतका आधारमा बजेट विनियोजन गरिएको छ ।
नगर प्रमुख सापकाेटाले यसपालि पूर्वाधारका काम कम भएपनि खानेपानी र सिंचाई अलि बढेकाे बताए । सुकुटे पर्यटन र सुख्खग्रस्त क्षेत्रकाे लागि प्राथमिकता दिएकाे उनले बताए । अधिकांश वडा कार्यालयले बजेट सिलिङ ल्याए पनि केही वडाकाे बाँकी रहेकाे उनले सुनाए । विनियाेजन विधेयक प्रस्ताव गरेर पास गर्न अाग्रह गरेसंगै हलले सर्वसहमत पास गरेकाे थियाे ।
नगर उपप्रमुख सीता थापा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटा, वडा अध्यक्षहरू, नगरसभा सदस्यहरू, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियाे ।

