
धन बहादुर स्मृति कप कराते प्रतियोगिता-ठुलोसिरुवारीलाई १० स्वर्ण र २ कास्य पदक

१३ जेष्ठ (२०८२), चाैतारा । ललितपुरको सातदोबाटोस्थित कराते एकेडेमी हलमा आयोजित १०औं धन बहादुर स्मृति कप कराते प्रतियोगितामा ठूलाेसिरूवारीले अर्काे जित हाँसिल गरेकाे छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत स्वर्ण पद जितेर आफ्नो छवि बनाउन सफल ठुलोसिरुवारीबाट प्रतिनिधित्व गर्ने कराते टोलीले हालै सम्पन्न दुई प्रतिष्ठित कराते प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्दै कुल १४ पदक जितेको छ। टोलीले एक प्रतियोगितामा उपविजेता बनेर नगद १० हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गरेको छ।
जेष्ठ ९ र १० गते टोलीले २ स्वर्ण, १ रजत र १ कास्य पदक जित्दै आफ्नो प्रभावशाली उपस्थितिको सुरुआत गरेको थियो । लगत्तै जेष्ठ ११ र १२ गते ललितपुरको सातदोबाटोस्थित कराते एकेडेमी हलमा आयोजित १०औं धन बहादुर स्मृति कप कराते प्रतियोगितामा ठुलोसिरुवारी टोलीले झन उत्कृष्ट प्रदर्शन गर्दै १० स्वर्ण र २ कास्य पदक जित हाँसिल गरेकाे एसिएन गेमका प्रशिक्षक गंगालाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार टोलीले उपविजेता बन्ने सफलता हासिल गर्दै रु १० हजार नगद पुरस्कार समेत प्राप्त गरेको छ ।
उक्त सफलता पाउनुकाे कारण खेलाडिहरू अनुशासित मेहनत, प्रशिक्षकहरूको निर्देशन र स्थानीय वडाको सहयोग भएकाे प्रशिक्षक श्रेष्ठकाे भनाई छ । वडाको लगानी, प्रशिक्षक र खेलाडीहरूको मिहिनेतले नै यस्तो नतिजा सम्भव भएको जिल्ला कराते महासंघका अध्यक्ष एवं ठूलोसिरुवारी डोजोका प्रमुख प्रशिक्षक समेत रहेका श्रेष्ठले बताए ।
यस्ताे छ विजेता खेलाडीहरूले प्राप्त गरेकाे नतिजा
स्वर्ण पदक विजेताः१) अन्जन पुरी२) रोशन गहतराज३) आयुस पण्डित४) अनुप चौलागाईं५) आशिका तामाङ६) दिया तामाङ७) सञ्चिता चौलागाईं८) अनुका श्रेष्ठ९) अनुश्का पुरी१०) रहेका छन् ।
कास्य पदक विजेताः११) आशिष तामाङ१२) मनिता श्रेष्ठ