´निर्माण व्यवसायी तथा व्यापरीहरु मात्रै होईन बैंकहरु समेत डुब्दै छन्’– पूर्वमन्त्री पाण्डे

दिनेश दुलाल
११ बैशाख (२०८२), सिन्धुपाल्चोक । वन तथा वातावरण पूर्वमन्त्री विक्रम पाण्डेले मुलक अब आर्थिक रुपमा ठूलै संकट आउन लागेको संकेत दिंदै निर्माण व्यवसायी तथा व्यापारीहरु मात्रै होईन अब बैंकहरु समेत डुब्ने अवस्था आउन लागेको ठोकुवा गरेका छन् ।

निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको १७ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्न बुधबार पर्यटकीय नगरी सुकुटे पुगेका चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का सांसद पाण्डेले मुलुकमा ८ खर्ब भन्दा बढी राजश्व नउठेको तर २० खर्ब बढी खर्च भएको तथ्य प्रस्तुत गर्दै उनले १२ खर्ब कसरी पुर्ताल हुन्छ ? भन्दै प्रति प्रश्न गरे । विदेशीहरुले नेपाललाई ऋण दिन पत्याउन छाडेको उल्लेख गर्दै अब सरकारले निर्माण भईसकेका सबै योजनाहरुको भुक्तानी दिन नसक्ने अवस्था आएको उनले ठोकुवा गरे । संकटको बेला विदेश भ्रमण नजान आग्रह गर्दै निर्माण व्यवसायीहरु राजनीतिक सोच राखेर एक आपसमा एकता भएर काम गर्न आग्रह गरे ।

निर्माण व्यवसायीहरु संस्थाको लागि भन्दा आफ्नो व्यक्तिगत कुरा मात्र गर्ने गरेकोले संस्था कमजोर भएको बताउँदै उनले हाकिम र कर्मचारीहरको चाकडी नगर्न उनले सुझाए । निर्माण व्यवसायीहरुमा सबैभन्दा कम रेटदरमा काम गरेका कारण समस्या आएको समेत उल्लेख गरे ।

कार्यक्रममा निर्माण व्यवसायी माहासंघका सल्लाकार निकोलस पाण्डेले अधिकार माग्दै गर्दा आफूसंग अधिकार कति प्रयोग गर्याै भन्ने जान्न निर्माण व्यवसायीहरुलाई आग्रह गरे ।
त्यस्तै माहासंघमा बरिष्ट उपाध्यक्ष एडी शेर्पा लामाले

७५३ वटै स्थानीय तहमा अनाधिकृत रुपमा निर्माण व्यवसायी दर्ता गरिएको कारण व्यवसायीले लो बिटमा ठेक्का हालेको कारण समस्या आएको उल्लेख गर्दै अब निर्माण व्यवसाीहरुको कम्पनी मर्च गर्न आवश्यक रहेको औंल्याए ।
ठेकदारी मानसिकताबाट सबै व्यवसायी मुक्त हुन पर्ने तर्क राख्दै उनले अरूलाई गाली गर्ने तर आफुको समस्या नदेख्ने चिन्तन हटाउन आग्रह गरे ।

त्यस्तै माहासंघका उपाध्यक्ष मुकेशराम पन्तले तोकिएको काम गर्ने तथा तोकिएको समयमा काम सम्पन्न गरे निर्माण व्यवसायीले मुख अँध्यारो गराउन नपर्ने तर्क राखे ।
यस्तै बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले स्थानीय तहमै भौगोलिक अधयायन गरेर दररेट निर्धारण गर्नुपर्ने धारणा राखे । लो बिट हाल्ने कुरामा निर्माण व्यवसायीहरूले बिचार गर्न उनले सुझाए ।

सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले व्यवसायले व्यवसायी माथि नै थिचोमिचो गरेको कुरा माहासंघले हलगर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा विभिन्न जिल्लाबाट आएका जिल्ला अध्यक्षहरुले निर्माण व्यवसायी माहांसंघको नेतृत्व गर्नेहरुको कारण निर्माण व्यवसायीहरुले दुः ख पाएको आरोप लगाएका थिए । उनीहरुले नेतृत्वको चर्को आलोचना गरेका थिए ।

कार्यक्रममा सायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली लगाएत वक्ताहरुले १७ बार्षिक साधारणसभाको शुभकामना दिएका दिए । कार्यक्रमका सभाअध्यक्ष गरेका निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष दिपेन्द्र थापाले जस्तोसुकै असंकटको अवस्थामा पनि सिन्धुपाल्चोकमा निर्माण व्यवसायीहरुलाई एकतावद्व गरेर लैजान सकेको ठोकुवा गरे ।

कार्यक्रममा भर्खरै सम्पन्न निर्माण व्यवसायी संघ वाग्मति प्रदेशबाट अध्यक्षमा निर्वाचित संघका निवर्तमान अध्यक्ष छत्रबहादुर तामाङलाई सम्मान गरिएको थियो । उदघाटनसभा सकेर बन्दसत्र सम्पन्न गरी निर्माण व्यवसायीका पक्षमा विभिन्न निर्णयहरु गरेर सम्पन्न गरिएको निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकले जनाएको छ । कार्यक्रम सुकुटे बीच रिसोर्टमा निर्माण व्यवसायीहरुको उपस्थितिमा गरिएको हो ।