प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य शिविर, चौताराको शिविरमा ७ सय २९ जनाले सेवा लिए

निर्मल बस्नेत
फागुन २२ (२०८१), चौतारा । नगरबासीहरुलाई निःशुल्क स्वास्थ सेवा उपलब्ध गराउने अभियानमा मंगलबार बाट बिहबिार सम्म सञ्चालित चौतारा सागाचोकगढी नगरपालिकाको शिबिरमा ७ सय २९ जनाले सेवा लिएका छन् ।

३ दिने निःशुल्क आँखा जाँच सहित मोतियाबिन्दुको सल्यक्रिया र त्यस्तै छातीको एक्स्रे गरि क्षयरोग परिक्षणको लागि पनि चौतारा साँगाचोकगढी नगरपालिकामा सेवा लिनेको चाप रहेको थियो ।

चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृ्ष्णप्रसाद सापकोटाले शिबिरको उदघाटन गरेका हुन् । उनले नगरबासीलाइ सहज सुबिधा सहित स्वास्थ्यमा पहुँच पु¥याउनको लागि शिबिर सञ्चालन गरिएको बताए ।

नगरल स्वास्थ्य शाखाले गरेको शिबिरमा नगरबासी तेस्रो पटकको लागि आँखाको सल्यक्रिया गर्न समेत पुगेका थिए । उनी हुन् सिरुवारीका ७८ बर्षिया कुल बहादुर दुलाल । दुलालले १४ बर्ष अघि दुवै आँखा एकैपटक सल्यक्रिया गरेको बताए । यसपटक अझै राम्रोसँग देख्न सकिन्छ भन्ने भएपछि अहिले तस्रो पटक सल्यक्रिया गराएको बताउँदै घरछेउमै सेवा पाएकोमा खुसी व्यक्त गरे । शिबिर बारे वडा सदस्यले भनेपछि चौतारा आएको बताए ।

त्यस्तै इर्खुकि ७८ बर्षिय छलिमाया श्रेष्ठ पनि २ बर्ष अघिदेखि प्रेसर ५ बर्ष देखि दमको नियमित औषधी सेवन गर्दै आइरहेकी थिइन् । उनलाई पछिल्लो समय मोतियाबिन्दुले पनि सताएपछि शिबिरमा अक्सीजन सिलिन्डर सहित परिवारको साथमा आई आँखाको सल्यक्रिया गराएकी छिन् ।
वडा नम्बर ८ ईर्खुकै हरीबहादुर मगरपनि वडामा गरिएको शिबिरमा मोतियाबिन्दु भएको पहिचान खुलेपछि उनले पनि शिबिरको फाइदा लिएका छन् ।

वडा नम्बर ६ गिदाने ६९ बर्षिया निल बहादुर थापाको पनि ३ वर्षअघि देखि आँखाको समस्या झेल्दै आएका थए । उनको पनि मोतियाबिन्दुको सल्यक्रिया सफल भएपछि खुसी देखिन्थे ।

गौरातिकी सोममाया तामाङ पनि १६ बर्षमा नै बैवाहिक सम्वन्धमा गाँसिएर ३ वर्ष नबित्दै बर्षदेखी श्रीमानले दोस्रो बिवाह गरेर वास्ता नगरेदेखि कष्टकर जीवन जिउदै आएकी थिइन् । घरमा जसनसुकै काम आफैंले सम्पादन गर्नुपर्दा दुई बर्ष अघिदेखि कान र आँखा दूवैमा समस्याबाट ग्रस्त थिइन् । सोममायाले पनि सेवा पाएकी छिन् । ४ बर्षदेखि मुटुको औषधी सेवन गरेका ठुलीमाया तामाङले पनि अप्रेसन गराएकी छिन् ।
३ दिनसम्म दिनभर थकानको महसुस नगरि नेपाल आँखा अस्पतालका पूर्व निर्देशक आँखा रोग बिशेषज्ञ डाक्टर इन्दुप्रसाद ढुंगेलको नेतृत्वमा अन्य दक्ष चिकित्सकसहितको प्राबिधिक टिम र चौतारा नगरपालिकाको स्वास्थ्यकर्मीहरु सेवामा खटिएका थिए ।

३ दिनको शिबिरमा ७ सय २९ जनाले सेवा लिएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत दिनेश नेपालले बताए । यो समाचार तयार पार्दासम्म सेवालिनेहरु आउने क्रम जारी नै रहेको थियो ।

अधिकृत नेपालले ८१ जनाको आँखाको मोतियाबिन्दुको सल्यक्रिया , १ सय २८ जनालाई निःशुल्क चस्मा बितरण र निःशुल्क औषधी समेत उपलब्ध गराएको जानकारी गराए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाका अनुसार सेवा लिन शिविरमा सहभागीहरुलाई ल्याउन र लैजानको लागि यातायातको समेत प्रवन्ध गरिएको थियो ।

त्यस्तै छातिको एक्सरे गर्दै चौतारा र साागचोकमा गरि ३ सय ६३ जनाको क्षयरोग परिक्षण गरिएको थियो । शिबिरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरको स्वास्थ्यकर्मीसहितको प्राबिधिक सहयोग रहेको नगरस्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताए । उनले संकास्पद २३ जनाको खकार परिक्षण गर्न पठाइएको त्यसको रिपोर्ट आएपछि मात्र रोग भएको नभएको पुष्टी हुने बताए ।

शिबिरमा आई स्वास्थ्य परिक्षण गर्दा रक्तचाप, शारीरिक असन्तुलन र आँखाको इन्फेक्सनको कारण मोतियाबिन्दु पहिचान भएकाहरुको पनि सल्यक्रिया गर्न नसकिएको बताए । शिबिर आवश्यकता र अवस्थाको मध्यनजर गरि निरन्तर रुपमा सञ्चालन गर्दै जाने योजना रहेको नगर स्वास्थ शाखाले जनाएको छ ।