
शहीद सप्ताहमा शहीदको प्रतिमामा माल्यार्पण र शहीद परिवार सम्मान

निर्मल बस्नेत
२१ फागुन, चौतारा । शहीद प्रतिष्ठान नेपाल सिन्धुपाल्चोकले शहीद सप्ताहको अन्तिम दिन शहीदको प्रतिमामा माल्यार्पण गरि शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । सोही अवसरमा जनयुद्धका शहीद परिवारहरुलाई सम्मान गरि शहीद सप्ताह मनाएको छ ।
चौतारा साँगाचोकगढी नगरापालिका वडा नम्बर १२ को फलाटेमा निर्माण गरिएको सेभेन स्टार शहीद स्मृति पार्कमा एक कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का नेता कृष्णप्रसाद सापकोटा, केशब नेपाल, युवराज दुलाल, प्रेमप्रसाद सपकोटा लगायत प्रदेश, जिल्ला र स्थानीय स्तरका नेता कार्यकर्ताहरुले जनयुद्धका शहीद देवलाल श्रेष्ठ, शान्ति पौडेल पराजुली, अरुण गिरी, भरतराज गिरी, बिशाल लामा, जयराम पराजुली र आशा श्रेष्ठको सम्झनामा निर्मित प्रतिमामा माल्यार्पण गरेका थिए ।
सोही कार्यक्रमका बिच वडा नम्बर ७, ८, ११, १२ र १३ का शहीद परिवारहरुलाई दोसल्ला आढाएर सम्मान गरिएको थियो । सम्मानको साथमा उनीहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाबाट एक एक थान एनरोएड मोवाइल उपहार प्रदान गरिएको थियो ।
उपहार प्रदान गर्दै र्चौतारा साँगाचोकगढी नगरापालिका प्रमुख कृष्णप्रसाद सापकोटाले जनयुद्धको क्रममा राज्य र बिद्रोही दुवै पक्षबाट अमरत्व प्राप्त गर्ने शहीदहरुको परिवारलाइ मोबाईल प्रदान गर्ने कार्यक्रम रहेकोले बाँकी सवैको लागि वडा वडामा गएर वितरण गर्ने बताए ।
नगरप्रमुख सापकोटाले जनयुद्धको शहीदहरुलाई राष्ट्रिय शहीदको मान्यता दिलाउनमा माओबादी पार्टीको अहम भूमिका रहेको बताए । जनयुद्धलाई कोही कसैले अवज्ञा गर्ने र वलिदानलाई कमजोर साबित गर्न खोजे मूर्खता बाहेक केहि पनि नहुने भन्दै पार्टी र स्थानीय सरकार सदैव शहीद परिवारप्रति बफादार भएर काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा माओबादीका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज केशव नेपालले नेपाली क्रान्तिको बाँकी कार्यभार पुरा गर्नका लागि अवको कार्यदिशा समाजबादउन्मुख राज्यव्यवस्था निर्माण गनुभएको बताए ।
त्यस्तै माओबादीका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री तथा प्रदेश सांसद युवराज दुलालले जनयुद्धको प्रथम शहीद २०२८ सालको झापा आन्दोलनका शहीदको सम्मान र स्मृतिलाई माओवादीले नियमित रुपमा फागुन १४ देखी २१ गतेसम्मलाई शहीद सप्ताहको रुपमा मनाउने गरेको बताए ।
शहीद परिवारप्रति कृतज्ञ रहदै दुलालले बिगतमा सहयात्रीहरु गुमाएको पलका स्मरण गरे । शहीहरुकै बलिदानको जगमा राज्यव्यवस्था परिवर्तन भएकोप्रति शहीद परिवारले गर्भ गर्नुपर्ने बताए । माओबादी शान्ति प्रकृयापछि समझदारीको राजनीतिमा बहुमतको सरकार कहिल्यै नभएर सोचेजति काम गर्न नसकिएको भन्दै अझै क्रान्ति नरोकिएको बताउदै उनले सवैलाई माओबादीको झण्डामुनी गोलबन्ध हुन आह्वान गरे ।
त्यस्तै पार्टी केन्द्रिय सदस्य प्रेम प्रसाद सापकोटाले त्याग र बलिदानको बिचबाट प्राप्त उपलब्धीको रक्षा गर्दै शोषित पीडितको पक्षमा निरन्तर क्रान्तिको मोर्चालाई अघि बढाइराख्नुपर्ने धारणा राखे । शहीद प्रतिष्ठान नेपालका सिन्धुपाल्चोक अध्यक्ष झम्क पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा माओबादीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा नेकपा एमाले परित्याग गरि वडा कमिटिका अध्यक्ष तिर्थराज गिरीसहित २ दर्जन र नेपाली काङ्ग्रृेस, रास्वपा लगायत १ दर्जन गरि ३ दर्जन हाराहारीमा माओबादी पार्टी प्रबेश गरेका थिए ।