
शिबिरकाे पहिलाे दिनमै ३ सय ८ ले सेवा लिए, २० जनाकाे निशुल्क माेतियाबिन्दुकाे सल्यक्रिया

निर्मल बस्नेत
२० फागुन , चाैतारा । नगरबासीहरुलाई नि:शुल्क स्वास्थ सेवा उपलब्ध गराउने अभियानमा मंगलबार भएको चाैतारा नगरपालिकाकाे शिबिरमा ३ सय ८ जनाले सेवा लिएका छन् ।
३ दिने निःशुल्क निशुल्क माेतियाबिन्दु र क्षयराेग परिक्षणकाे क्रममा चाैतारा साँगाचाेकगढी नगरपालिकामा सेवा लिनेकाे दिनभर लाइन रहेकाे थियाे ।
चाैतारा साँगाचाेकगढी नगरपालिका प्रमुख कृ्ष्णप्रसाद सापकोटाले शिबिरकाे उद्घाटन गरेका हुन् । उनले नगरबासीलाइ सहज सुबिधा सहित स्वास्थ्यमा पहुँच पुर्याउनकाे लागि शिबिर सञ्चालन गरिएको बताए ।
नगरल स्वास्थ्य शाखाले गरेकाे शिबिरमा नगरबासी तेस्रो पटककाे लागि आँखाकाे सल्यक्रिया गर्न समेत पुगेका थिए । उनी हुन् सिरुवारीका ७८ बर्षिया कुल बहादुर दुलाल । दुलालले १४ बर्ष अघि दुवै आँखा एकैपटक सल्यक्रिया गरेकाे बताए । यसपटक अझै राम्रोसँग देख्न सकिन्छ भन्ने भएपछि अहिले तस्राे पटक सल्यक्रिया गराएको बताउँदै घरछेउमै सेवा पाएकाेमा खुसी व्यक्त गरे । शिबिर बारे वडा सदस्यले भनेपछि चाैतारा आएको बताए ।
त्यस्तै इर्खुकि ७८ बर्षिय छलिमाया श्रेष्ठ पनि
२ बर्ष अघिदेखि प्रेसर ५ बर्ष देखि दमकाे नियमित आैषधी सेवन गर्दै आइरहेकी थिइन् । उनलाई पछिल्लो समय माेतियाबिन्दुले पनि सताएपछि शिबिरमा अक्सीजन सिलिन्डर सहित परिवारकाे साथ आई आँखाकाे सल्यक्रिया गराएकी छिन् ।
वडा नम्बर ८ ईर्खुकै हरीबहादुर मगरपनि वडामा गरिएको शिबिरमा माेतियाबिन्दु भएकाे पहिचान खुलेपछि उनले पनि शिबिरकाे फाइदा लिएका छन् ।
वडा नम्बर ६ गिदाने ६९ बर्षिया निल बहादुर थापाकाे पनि ३ वर्षअघि देखि आँखाकाे समस्या झेल्दै आएका थए । उनकाे पनि माेतियाबिन्दुकाे सल्यक्रिया सफल भएपछि खुसी देखिन्थे ।
गाैरातिकी साेममाया तामाङ पनि १६ बर्षमा नै बैवाहिक सम्वन्धमा गाँसिएर ३ वर्ष नबित्दै बर्षदेखी श्रीमानले दाेस्राे बिवाह गरेर वास्ता नगरेदेखि कष्टकर जीवन जिउदै आएकी थिइन् । घरमा जसनसुकै काम आफैंले सम्पादन गर्नुपर्दा दुई बर्ष अघिदेखि कान र आँखा दूवैमा समस्याबाट ग्रस्त थिइन् । साेममायाले पनि सेवा पाएकी छिन् ।
४ बर्षदेखि मुटुको आैषधी सेवन गरेका ठुलीमाया तामाङले पनि अप्रेसन गराएकी छिन् ।
दिनभर थकानकाे महसुस नगरि नेपाल आँखा अस्पतालका चिकित्सकसहितको प्राबिधिक टिम र चाैतारा नगरपालिकाकाे स्वास्थ्यकर्मीहरु सेवामा खटिएका थिए ।
दिनभरकाे शिबिरमा ३ सय ८ जनाले सेवा लिएकाे नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत दिनेश नेपालले बताए ।
अधिकृत नेपालले २० जनाकाे आँखाकाे सल्यक्रिया , ६२ जनालाई चस्मा बितरण र निःशुल्क आैषधी समेत उपलब्ध गराएको जानकारी गराए ।
उनका अनुसार सेवामा सहभागीहरुलाई ल्याउन र लैजानकाे लागि यातायातको समेत प्रवन्ध गरिएको थियाे ।
त्यस्तै छातिकाे एक्सरेगर्दै १ सय ७६ जनाले क्षयराेग परिक्षण गरिएकाे थियाे । शिबिरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरकाे स्वास्थ्यकर्मीसहितकाे प्राबिधिक सहयाेग रहेकाे नगरस्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताए ।
शिबिर बिहिबारसम्म निरन्तर रुपमा सञ्चालन हुने नगर स्वास्थ शाखाले जनाएको छ ।