प्रेस सेन्टर नेपाल वागमतीको अधिबेशन सुकुटेमा सुरू

निर्मल बस्नेत ।
५ फागुन , सिन्धुपाल्चोककाे पर्यटकीय नगरी सुकुटेमा प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिकाे ५ आै अधिबेशन चलिरहेको छ । अधिबेशनकाे उद्घाटन नेकपा(माओवादी केन्द्र ) का उपाध्यक्ष एवं प्रबक्ता अग्नीप्रसाद सापकोटाले गरेका हुन् ।

भाेटेकाेशी बिच रिसोर्ट सुकुटेमा प्रेस सेन्टरकाे अधिबेशनलाई सम्बाेधन गर्दै नेता सापकाेले सरकारले ल्याएकाे अध्यादेश र सामाजिक सञ्जाल सञ्चालन तथा नियमन सम्वन्धिकाे बिद्ययक नागरिककाे स्वतन्त्रता र प्रेस स्वतन्त्रता बिपरित भएकाे आैल्याएका छन् ।

त्यसैगरि प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटाले प्रेस सेन्टर विषम परिस्थितिबाट जन्म भएकाे संस्था भएकाे बताए । प्रेस सेन्टरमा बिचार र सिद्धान्तको बीउ राेपिएकाे व्यक्तिहरु आबद्ध भएकोले अरु भन्दा फरक भूमिकामा प्रस्तुत हुन आग्रह गरे ।

माओबादीका वाग्मती प्रदेश अध्यक्ष एवं प्रदेस सांसद सरल सहयात्री पाैडेले उत्पिडीत समुदायकाे आवाजकाे प्रतिनिधित्व गर्ने संस्था प्रेस सेन्टर भएकाे बताए । प्रेस सेन्टरले सरकारलाई खबरदारी गर्दै नागरिकलाई अधिकारकाे प्रत्याभूत गराउने वातावरण सिर्जना गर्नमा लाग्नुपर्नेमा जाेड दिए ।

प्रेस सेन्टरका सस्थापक अध्यक्ष बलराम थापाले सिन्धुपाल्चोकका सहिद पत्रकारहरु कञ्चन प्रियदर्शी र साेम बहादुर थापालाई सम्झिए । उनले उनिहरुकाे संकटपूर्ण अवस्थाकाे भुमिका र याेगदानकाे चर्चा गरेका थिए ।

प्रेस सेन्टरका नेताहरुले सुचना र प्रबिधिमा चुनाैति संगै अवसर पनि बढेको बताए । उनिहरुले लाेक कल्याणकारी बिज्ञापनमा ३ प्रतिशत कर लगाउने नियम आपत्ति जनाए । समानुपातिक बिज्ञापन बितरण गरिनुपर्ने र स्थानीय सञ्चारमाध्यमकाे प्रवर्द्धनमा सरकारले ध्यान दिनुपर्नेमा जाेड दिए ।

प्रदेश अध्यक्ष यदुनाथ गाैतमकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रेस सेन्टरका वाग्मती प्रदेश उपत्यकाको ३ जिल्ला बाहेक १० वटा जिल्लाका २ सय हाराहारीमा सदस्यहरुकाे सहभागीतामा भईरहेकाे महासचिव ध्रुव अधिकारीले जानकारी गराए । उनले आजबाटै बन्दसत्र सुरु हुने र भाेलीसम्म नयाँ समिति निर्वाचित हुने बताए ।