सेलाङ माविले मनायाे ६४ आैँ बार्षिकाेत्सव , शिक्षाको बिकासमा सवैकाे दायित्व रहन्छ – सांसद नेपाल

निर्मल बस्नेत
१७ माघ , सेलाङ । सेलाङ माध्यमिक बिद्यालय, जुगल गाउँपालिका -१ सेलाङ सिन्धुपाल्चोककाे ६४ औँ बार्षिकाेत्सव बिबिध कार्यक्रमका गरि मनाएकाे छ । कार्यक्रम बागमती प्रदेश सांसद अमृता नेपालकाे प्रमुख आतिथ्यतामा भएकाे हाे ।
om/wp-content/uploads/2025/01/IMG_20250130_150237-300×225.jpg” alt=”” width=”300″ height=”225″ class=”alignright size-medium wp-image-11521″ />

प्रदेश सांसद अमृता नेपालले कार्यक्रममा बाेल्दै शिक्षाको बिकासकाे लागि सवैकाे उतिकै दायित्व रहने बताइन् । उनले बिद्यालय व्यवस्थापन समिति, शिक्षक शिक्षिकाकाे भूमिकाले मात्रै शैक्षिक गुणस्तर प्राप्त गर्न नसकिने भन्दै अभिभावकहरुकाे पनि नियमित साथ सहयाेग र प्रत्यक्ष निगरानी रहनुपर्नेमा जाेड दिइन् ।
सांसद नेपालले बिद्यालयकाे आवश्यकताकाे अाधारमा आफुले सक्ने सहयाेग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता समेत जनाइन् ।

वडाध्यक्ष जनक बहादुर तामाङले वडाकाे शैशिक नेतृत्व गर्ने बिद्यालय सेलाङ माध्यमिक बिद्यालय भएकोले साेही अनुरुप काम गर्नुपर्ने बताए । उनले वडाले आवश्यकता अनुसार सहयाेग गर्ने र साेकाे लागि शिक्षामा राम्रो नतिजा बढाउदै जानुपर्नेमा जाेड दिए ।

जुगल गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीले सेलाङ माविले पालिकास्तरमै लय पकडेर अघि बढेकाे भन्दै खुसी व्यक्त गरे । गाउँपालिकाले बिद्यार्थी संख्याकाे आधारमा शिक्षक दरबन्दी व्यवस्था गरेकाे बताए । अभिभावकहरुलाई निरन्तर बिद्यालयमा आएर वालबच्चाकाे अवस्था अध्ययन गरेर थप बिकासमा टेवा पुर्‍याउन आग्रह गरे । तामाङ समुदायबाट बिचमै पढाइ छाड्ने क्रम बढेकाे भन्दै समुदायले नै चासाे बढाउनुपर्नेमा जाेड दिए ।

द राइजिङ हाइड्रोपावरका प्रवन्ध निर्देशक मिथुन पाैडेलले समाजकाे सेवा गर्नकै लागि जलविद्युत आयाेजनामा कार्यरत रहेर अघि बढिरहेको बताए । बिद्यालयकाे एक जना बिद्यार्थीकाे लागि छात्रवृत्ति व्यवस्था संगै राेजगारीमा समेत जाेड्ने प्रतिबद्धता जनाए ।
रत्न राज्य माविका प्रधानाध्यापक टीकादत्त पाैडेलले वर्तमान शिक्षा प्रणालीमा सुधार ल्याउन सांसदकाे ध्यानाकर्षण गराएका थिए । उनले शैक्षिक बेराेजगार उत्पादन गर्ने थलाेकाे रुपमा मात्र नभइ नेपालमै टिक्ने र नेपाली भूमिमा बिग्ने दक्ष जनशक्ति निर्माणमा अवकाे शैक्षिक गतिविधि केन्द्रित हुनुपर्नेमा जाेड दिए ।
पुर्व अध्यक्ष इन्द्र बहादुर सिलवालले सवैकाे पहलकदमी र प्रयत्नले मात्रै शैक्षिक गुणस्तर बृद्दि हुने भन्दै त्यसकाे जुट्न सवैलाई आग्रह गरे ।
बिद्यालयकाे शिक्षक, बिद्यार्थीहरुकाे गीत र नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियाे । साथमा बिद्यार्थीहरुले प्रस्तुत गरेकाे सन्देशमुलक नाटकले अभिभावक हरुमा प्रभावकारी सन्देश प्रवाह गरेकाे थियाे ।

गत महिना सम्पन्न पालिकास्तरीय साताै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सेलाङ मावि प्रथम भएको थियाे । प्रतियोगितामा सहभागी बिद्यार्थीहरुलाई जनही १ हजार पुरस्कार बितरण गरिएको थियाे । उक्त पुरस्कार साेही बिद्यालयका पूर्व बिद्यार्थी छेडुप लामाले उपलब्ध गराएका हुन् ।

बिद्यालयकाे बार्षिक प्रगति प्रतिबेदन बिद्यालयका प्रधानाध्यापक फिराेज सिलवालले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिबेदनमा बिद्यालयका संस्थापक , चन्दादाता र विभिन्न समयमा भिन्न भिन्न भूमिकामा रहेर बिद्यालयलाई सहयाेग गर्नेहरुलाई धन्यवाद व्यक्त गरिएको थियाे ।

वालबपकासदेखी कक्षा १० सम्म पढाइ हुने बिद्यालयमा २ सय ४१ जना बिद्यार्थीहरु भर्ना भइ अध्ययनरत रहेकाे प्रतिबेदनमा उल्लेख छ ।
बिद्यालयकाे शिक्षक जयन्ती बस्नेतकाे स्वागत भाषण,शिक्षक हरी सिलवालकाे सञ्चालन र विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनक तामाङकाे सभाध्यक्षमा सम्पन्न कार्यक्रममा शिक्षक , बिद्यार्थी , अभिभावक र स्थानीयहरुकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।