
तेस्रो राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा विद्यार्थीले यसरी प्रष्फुटन गरे आफ्नो प्रतिभा

दिनेश दुलाल
७ माघ (२०८१), ठोकर्पा । सुनकोशी गाउँपालिका–२ ठोकर्पा पिङडाँडा साना किसान कृषि सहकारी संस्थाको प्राङग्रणमा आइतबार विद्यार्थीहरुको बीचमा वक्तृत्वकला प्रतियोगिता चलिरहेको थियो ।
तेस्रो राष्ट्रिय कृषि जैविक विविधता सप्ताह २०८१ को उपलक्ष्यमा पिङडाडा सामुदायिक बीउ बैंकको आयोजना तथा पिङडाँडा सानाकिसान कृषी सहकारी संस्थाको समन्वयमा पालिका भरीका ७ विद्यालयका विद्यार्थीहरुले वक्तृत्वकला प्रतियोगितामा भाग लिएका थिए । ‘स्वास्थ जीवन र पर्यावरणका लागी कृषी जैविक विविधता’ भन्ने विषयमा वक्तित्वकला प्रतियोगीता चलिरहँदा सुनकोशी ७ जालपा मावि कक्षा ८ की छात्रा बिनु तिमिल्सिनाले जब आफ्नो भाषणयुक्त कला प्रस्फुटन गरिन
मञ्चमा आशिन अतिथि देखि दर्शक सबै चकित परे । उमेरले १२÷१३ बर्ष पुगेकी बिनुको दमदार प्रस्तुतीले सबैको मन छोयो । वक्तृत्वकला प्रतियोगितामा भाग लिएका ७ विद्यार्थी मध्ये पाँचौ रोलमा आफ्नो प्रस्तुती दिएकी बिनुले स्वास्थ जीवन र पर्यावरणका लागी कृषी जैविक विविधता सबन्धि विषयमा महत्वपूर्ण र गहन विचार प्रस्तुत गरिरहँदा दर्शकमा पर्रर तालि बज्यो । आफ्नो मौलिकतामा यथार्थपरक तार्किक प्रस्तुती गरेकी बिनुको भाषणकलाले मञ्चमा आसिन सबै मन्त्रमुग्ध भए । बिनुले आफ्नो सबै प्रतिश्पर्धीहरुलाई निकै अंकले पछि पार्दै प्रथम हुन सफल भइन ।
त्यस्तै प्रतियोगितामा ठोकर्पा माविका राजन जि.सी. द्घितीय, गणेश माविका राम खड्का तृतीय र भूमेश्वरी माविकी गंगा खड्काले सान्वना स्थान हासिल गरिन । प्रतियोगितामा बाघभैरव माविकी दीपा पहरी, महेन्द्रोदय माविका सुभाष तामाङ र जनजागृति माविकी नम्रता पराजुलीले सहभागिता जनाए ।
सुनकोशी गाउपालिकाको आर्थिक सहयोगमा भएको वक्तृत्वकला प्रतियोगितामा गाउँपालिका भित्रका ७ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रमको प्रमुख अतिथि रहेका सुनकोशी गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमिल्सिनाले प्रतियोगिताको माध्यामबाट बालबालिकाहरुले भाषणकलामा प्रस्तुत गरिएको गहन विचार र मर्मस्पर्शी भावले मन छोएको टिप्पणी गरे । ‘जैविक विविधता सम्बन्धी विद्यार्थीहरुको प्रस्तुतीले हामीलाई समेत सोचनीय बनाएको छ’, अध्यक्ष तिमिल्सिनाले भने । अध्यक्ष तिमल्सिनाले जलवायु परिवर्तनले पर्यावरण संरक्षण अहिलेको चूनौती रहेको औंल्याए । ‘विभिन्न प्रकारका रैथाने वाली संरक्षणमा पिङडाँडा बीउ बैकको योगदान महत्वपूर्ण छ,’ अध्यक्ष तिमल्सिनाले भने,–‘रैथाने बाली संरक्षण गर्न स्थानीय सरकार लाग्छ, यसको पर्याप्त उत्पादन र वितरणमा हामी सबै लाग्नुपर्छ । ‘विद्यार्थीहरुमा यो विषयमा यती धेरै जानकारी हुनु प्रशंसनीय छ,’ उनले थपे ।
कार्यक्रममा सुनकोशी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पूर्ण बहादुर महतले सामुदायिक बीउ बैकको आवश्यकता र महत्वबारे आफ्ना धारणा राखेका थिए । पिङडाँडा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हिमबहादुर आचार्यले रैथाने बाली संरक्षणमा पिङडाँडा साना किसान कृषि सहकारी लागि परेको भन्दै किसानलाई रैथाने बाली संरक्षणमैत्री बनाउन बालबालिकाहरुलाई वक्तृत्वकला मार्फत ज्ञान प्राप्त गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । विद्यालयहरुलाई समेत दिवा खाजा कार्यक्रममा बालबालिकाहरुको लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिन अभियान चलाएको उनले सुनाए ।
पिङडाँडा सामुदायिक बीउ बैकले स्थानीय बीउ संरक्षणमा काम गरिरहेको छ । संस्थाले हरेक वर्ष स्थानीय रैथाने बीउ संरक्षण, प्रदर्शनी र पर्यावरण संरक्षणमा विविध कार्यक्रम गर्दै आएको छ । यहाँ कागुनोको खिर, स्थानीय काउचिन धानको भात निकै प्रख्यात छ ।