ज्ञानमन्दिरले मनायो ४९ औं बार्षिकोत्सव, विभिन्न व्यक्तिहरुलाई सम्मान

निर्मल बस्नेत
६ माघ, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका ७ मा अवस्थित ज्ञानमन्दिर नमुना मावि मेलचौरले विविध कार्यक्रमका साथ ४९ औं बार्सिक उत्सव मनाएकोे छ । बिद्यायबाट बिभिन्न क्षेत्रमा रहेर योगदान गर्नेहरु र सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा बिद्यालयका पूर्व बिद्यार्थी एवं नेपाल पत्रकार महासंघका नव निर्वाचित अध्यक्ष धुुर्व दंगाल, बिव्यस अध्यक्ष रामकृष्ण दंगाल, वडा नम्बर ८ का अध्यक्ष अमृत दंगाल, समाजसेबी बुद्धिलाल श्रेष्ठ, फारसकुमारी श्रेष्ठ, शारदा भुजेल, रामकृष्ण श्रेष्ठ, जमुना घारासाइनी लगायत बिद्यालयको लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै बिद्यालयको वेवसाइट निर्माणकर्ता दिनेश गजुरेल, अघिल्लो बर्ष कक्षा ८ मा नगर प्रथम हुने लक्ष्मी श्रेष्ठलाइ पनि सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक पुण्य प्रसाद दंगालले विद्यालयको वार्षिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिबेदनमा १ सय ९३ छात्रा र २ सय ३२ छात्र गरि ४ सय २५ जना बिद्यँर्थीहरु अध्ययन गर्दै आईरहेको उल्लेख छ ।

विद्यालयले बार्षिक रुपमा प्रकाशन गर्दै आएको ज्ञान बाटिका नामक स्मारिका चौतारा साँगाचोकगढी नगरपालिकका प्रमुख कृष्णप्रसाद सापकोटाबाट बिमोचन गरिएको थियो । उक्त स्मारिकामा बिद्यालयको गतिबिधी र शिक्षक बिद्यार्थीहरुको लेख रचना समेटिएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका र स्थानीय समाजसेवीहरुकोको सहयोगमा बिद्यालय परिषरमा निर्माण भएको सरस्वती मन्दिर उद्घाटन नगर प्रमुख सापकोटाको बाहुलीबाट गरिएको हो ।

बार्षिकोत्सवमा विद्यार्थीहरुले प्रस्तुत गरेको सन्देशमुलक गीत तथा नृत्यले उपस्थितहरुलाई कहिले हँसाएको थियो त कहिले गम्भीर बनाएको थियो । कार्यक्रममा नगरपालिका उपप्रमुख सीता थापा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बैकुण्ठ सुवेदी, वडाध्यक्ष र समाजसेवीहरुले बिद्यालयको उन्नयनको लागि सहयोग गर्ने बाचा सहित प्रगतीको कामना गरेका थिए ।

कार्यक्रमकै बिच भुतपुर्व बिद्यार्थी समाजबाट बिद्यालयको लागि शैक्षिक सामग्रीहरु र बिद्यार्थीको लागि छात्रबृति उपलव्ध गराएको थियो । सो प्रकृयामा समाजको अध्यक्ष जनकराज गिरी र सचिव यमराज बिक लगायतको सहभागिता रहेको थियो ।

उक्त बिद्यालयमा चौतारा साागाचोकगढी नगरपालिकाले दरबारडाँडामा स्थापना गरेको शहीद स्मृती वालग्राममा रहेका वालवालिकाहरु अध्ययन गर्दै आइरहेका छन् ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण दंगालको सभापतित्वमा सम्पन्न समारोहमा बिद्यालयका शिक्षक, बिद्यार्थी, अभिभावक, जग्गादाता, सहयोगदाता, र स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।