राष्ट्रपति रनिङ सिल्डकाे उपाधि क्षमादेवीकाे पाेल्टामा

रामकृष्ण पराजुली
४ माघ, बाह्रबिसे । बाह्रबिसे नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताकाे उपाधी क्षमादेबी माध्यमिक बिद्यालयले पाेल्टामा पार्न सफल भएकाे छ ।
माघ ३ र ४ गते सञ्चालन भएकाे प्रतियोगितामा २० संवरण १६ रजत, १५ कास्य सहित नगरपालिकाकाे वडा नम्बर ३ पलाती स्थित क्षमादेबी माविले प्रथम स्थान हासिल गरेकाे हाे ।
नगरपालिकाभरकाे बिद्यालय सहभागी प्रतियोगितामा १६ स्वर्ण,१२ रजत र १३ कास्य पदकमा शारदा माध्यमिक बिद्यालय बाह्रबिसे -४, द्दितीय र ७ स्वर्ण ४ रजत र २ कास्य पदक जितेर सुनकाेशी माध्यमिक बिद्यालय बाह्रबिसे नगरपालिका -२, तृतीय स्थान हासिल गरेेकाे छ ।

शिक्षक, बिद्यार्थी र स्थानीयहरुकाे सहभागिमा भएकाे प्रतियोगिताकाे समापन कार्यक्रम सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे हाे ।
विजेता खेलाडीहरूलाई उद्योग बाणिज्य संघका अध्यक्ष बस्नेतले सिल्ड ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । मन्तव्यकाे क्रममा समाजसेवी अध्यक्षले शैक्षिक बिकाससंगै खेल क्षेत्रकाे बिकासमा पनि उतिनै जाेड दिएर लाग्नुपर्ने बताए । उनले काेर्रा किताबि ज्ञानले मात्र शिक्षाकाे मूल्यांकन गर्न नसकिने भएकाेले खेलसंगै सामाजिक व्यवहारीक ज्ञान सहितको शिक्षाले मात्र चरित्रवान नागरिक बनाउन सकिने बताए ।
प्रतियोगिताकाे उद्घाटन बाह्रबिसे नगरपालिकाकाे प्रमुख बालकृष्ण बस्नेतले गरेका थिए भने उक्त कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माकाे अध्यक्षतामा भएकाे थियाे ।