
सेतिदेबीले मनायो ७२ बार्षिकोत्सव, शैक्षिक सुधार बिना अरु बिकास अपुरो हुन्छ – पुर्व मन्त्री दुलाल

निर्मल बस्नेत
२५ पौष, स्याउले । दिवंगत धनबहादुर श्रेष्ठको घरबाट सुरु भएको स्याउलेको सेतिदेवी माध्यमिक बिद्यालय सुबिधायुक्त भवनमा ७२ औँ बर्षिकोत्सव विविध कार्यक्रमकासाथ मनाएको छ । यो चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १ को एकमात्र माध्यमिक बिद्यालय हो ।
बिहिवबार भएको उक्त बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि वागगमती प्रदेश सरकारका पूर्व भौतिक तथा पुर्वाधार बिकास मन्त्री युवराज दुलालले शिक्षाको सुधार नभएसम्म समाज बिकासको अन्य कार्य अपुरो रहने बताए ।
उनले बागमती प्रदेशले सरकारले भौतिक पूर्वाधारको पक्षसँगै शैक्षिक पक्षलाई प्राथमिकता दिईएको बताए । अहिले देशप्रति माया गर्ने र देशमै भविस्य नदेख्नेहरुको बृद्धि भएकाले यसबाट मुक्त हुनुपर्नेमा जोड दिए । देशभक्ति भावनाले ओतप्रोत बिद्यार्थी जन्माउन नसके नेपालको शिक्षा कोर्रा शैद्धान्तीक मात्र हुने तर्क गरे ।
उच्च शिक्षा पढ्न बिदेश गएकाहरुले बेहोरेको कठिन परिस्थितिको उदाहरण दिदै शिक्षा नेपालमै सहज प्राप्त गर्न सकिने बताउँदै जसको लागि बिस्वासयोग्य वातावरण सिर्जना गर्न शिक्षाबिद् र प्रभुत्व बर्गको निरन्तर साथ र सहयोग रहनुपर्नेमा जोड दिए । चौतारा साँगाचोकगढी नगरपालिकाको जति अरु कुनै स्थानीय तहले गर्न नसकेको बताउँदै नगरपालिको खुलेर प्रशंसाा गरे । साथै उनले सेतिदेबीको आवश्यकता पहिचान गरि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
चौतारा साँगाचोकगढी नगरपालिका उपपरमुख सीता थापाले नगरपालिकाको बिद्यालय समायोजन योजनाले सेतिदेबीलाइ राहत पुगेको बताइन् । बिद्यार्थी कम भएको आसपासको बिद्यालय मर्जको कारण सेतिदेबीमा उल्लेख बिद्यार्थी भएकोमा खुसी व्यक्त गरिन् । उनले बिद्यालयको लागि शैक्षिक पक्षलाई अभिभावकहरुले निरन्तर निहालेर गुणस्तर सुधारमा सघाउ पु¥याउन सम्वद्द सवैलाई आग्रह गरिन् ।
चौतारा नगर शिक्षा शाखा प्रमुख मातृका आचार्यले बिद्यालयको शिक्षकहरुको एकतालाई मजबुद पार्न आग्रह गरे । जुन एकताले नै आम शैक्षिक सुधार र गुणस्तरमा बिकास गर्न सकिने कुरा औनल्याए । पश्चिम नेपालको माटोमा हुर्किएको सपना चौतारा नगरको क्षेत्रमा लागू गर्ने अठोट गरे ।
त्यस्तै वडा सदस्य रामशरण अधिकारीले वडाले प्रत्येक बर्ष १५ लाख भन्दा वढी बजेट बिनियोजन गर्ने गरेको बताए । बिद्यालयमा बिद्यार्थी चनियमित गराउदै अनुगमन पनि गर्न सहयोग गर्न आम वडाबासीलाई आग्रह गरे ।
यसैगरि समाजसेबी टंक बहादुर कार्कीले पहिले बिद्यालय सञ्चालनको लागि ४ लाख धरौटी राख्नुपर्ने प्रावधान रहेकोमा उक्त कार्यमा संलग्न रहने सवैको सम्झना गरे । कार्कीले स्याउलेको बिस्वासिलो शैक्षिक वातावरण सदैव कायम राख्न सवैलार्ई आग्रह गरे ।
विवर्तमान बिव्यस अध्यक्ष निरमाया लामाले नेतृत्व गरेको महिलाहरुको टिमले भौतिक संरचना सुधार बिद्यालय नर्स कार्यक्रम लागू गरिएको बताइन ्। उनले शैक्षिक सन्देश र राष्ट्रिय प्रतिकहरु बिद्यालयमा निर्माण गरिनुपर्नेमा जोड दिइन् ।
बिद्यालयको प्रधानाध्यापक सबिन दंगालले पस्तुत गरेको बार्षिक प्रतिबेदनमा ४ सय ९३ जना बिद्यार्थी भर्ना भइ अध्ययन गरिरहेको प्रतिबेदनमा उल्लेख छ । बिद्यालयमा पत्रुखाना तथा खाजा निषेध गरिएको वालबिकासदेखी कक्षा ६ सम्म अध्ययनरत बिद्यार्थीहरुको लागि स्वास्थ र पोसिलो खाजाको प्रवन्ध मिलाएको । प्रबिधि मैत्री स्मार्ट कक्षाको सञ्चालन गरिएको । बार्षिक कार्यपत्रोअनुसार साप्ताहिक अतिरिक्त कृयाकलाप सञ्चालन गरिने गरेको समावेश छ ।
मल्टिमिडया हल र शैक्षिक सामग्रीको प्रयाप्तता नभएको बिद्यालयको नयाँ भवन पहिरोको जोखिममा रहेको र वालउद्यण जिर्ण रहेको समेत प्रतिबेदनमा उल्लेख छ । १२ रोपनी २ पैषा जग्गा भएपनि उपयुक्त खेलमैदान नभएको उल्लेख गरेको छ ।
बिद्यालयको नेपाली माध्यममा कक्षा १० का फुर्पाछिरिङ तामाङ र अंग्रेजीमा कक्षा ६ का सत्य प्रकाश बिकलाई उत्कृष्ट अवार्ड प्रदान गरिएको थियो । बिद्यालयका शिक्षक राजेन्द्र सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्दै घेराबार र वडाले ५ जना स्वयंसेवक शिक्षक व्यवस्थापन गरेकोप्रति आभार व्यक्त गरे ।
बिद्यार्थी मनिशा तामाङले बिद्यालयले धेरै शैक्षिक व्यक्तित्व जन्माउन अहोरात्र बिद्यालयका संस्थापकहरुको फोटोमा माल्याअर्वण र दिवंगत शिक्षक अमिर बहादुर श्रेष्ठ र बिद्यालय कर्मचारी सुकुमाया तामाङप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
।
कार्यक्रममा पूर्व प्रधानाध्यापक मोहन प्रसाद सापकोटा , सालिक राम वली र शिक्षक अनिल श्रेष्ठ , सविना श्रेष्ठलाई बिद्यालयले सम्मान गरेको थियो ।
बिद्यालयको बिकासको लागि सहयोग गर्ने समाजसेवी दिपक नेपाल र उक्त बिद्यालयको स्टेज निर्माणमा सहयोग गर्ने शिक्षिका सुमित्रा श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
गत बर्षको एसएलसी परिक्षामा उत्कृष्ट सुजन श्रेष्ठ र अन्य कक्षागत र बिधागत रुपमा उत्कृष्ठ हुने बिद्यार्थीहरुलाई सम्मान र पुरस्कृत गरिएको थियो ।
बिद्यालयको विभिन्न समयमा गरीएको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुनेहरुलाई पूर्व मन्त्री दुलाले पुरस्कार बितरण गरेका थए ।
भुतपुर्व बिद्यार्थी एकता समाजबाट संकलित ८१ हजार १ सय २४ रकममध्ये ४१ हजार बराबरको विविध समग्रीहरु बिद्यालयलाई उपलब्ध गराएको थियो । पूर्व बिद्यार्थी समाजले बिद्यार्थीहरुको लागि शैक्षिक समग्रीहरुसमेत दिलाएको थिायो । बिद्यालयको हितको लागि समाजले १ लाख ९० हजार सहकारीमा बचत गरिएको समेत जनाएको छ ।
उनिहरुले पुर्व प्रअहरु सालिकराम वली , मोहनप्रसाद सापकोटा र गोपाल पुरीलाई सम्मान गर्नुका साथै नवनियुक्त प्रधानाध्यापक सबिन दंगाललाई कदर पत्रबाट सम्मान गरिएको थियो ।
बिद्याथीहरु र शिक्षिकाहरुको बिविध आकर्षक गीत नृत्य र अन्य प्रस्तुतीकासाथ शिक्षक रामहरी शर्माको सुबोध उद्घोषणमा वडाध्यक्ष युवलाल श्रेष्ठको अध्यक्षतामा भव्य रुपमा सम्पन्न भएको हो । दिवश कार्यक्रममा जनप्रतिनीधि, समाजसवी, जग्गादाता, चन्दादाता, अक्षयकोषदाता, शिक्षक, बिद्यार्थी र अभिभावकहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।