
बिद्यार्थीमाझ पुगे सांसद सापकोटा, संसदमा १४ वटा बिद्येयक संसाेधन दर्ता गरेकाे उनकाे भनाइ

निर्मल बस्नेत
१२ पाैष , सुकुटे । सांसद माधव सापकोटा बिद्यार्थीसंग सांसद कार्यक्रम लिएर निर्वाचन क्षेत्रकाे बिद्यालय पुगेका छन् । उनी बिद्यार्थीसामु निरन्तर रुपमा उक्त कार्यक्रमसाथ पुग्नेगरेका छन् । उक्त अवसरमा संसदमा १४ वटा बिद्येयक संसाेधनकाे लागि दर्ता गरेकाे बताए ।
प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबाेध बिद्यालयमा संसद र संसदमा बिद्यार्थी कार्यक्रम अन्तरगत शुक्रबार सुनकाेशी गाउँपालिका वडा नम्बर ३ कालिका पुरानाकाेटकाे जनगागृती माध्यमिक बिद्यालय पुगेका हुन् ।
२०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा( माओबादी) केन्द्रबाट सहभागी भई सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । उनले बिद्यार्थीहरुकाे सुझावहरुले नीनि निर्माणमा टेवा पुगाेस् भनेर याे कार्यक्रमकाे सुरुवात गरिएको सापकोटाले बताए ।
बिद्यार्थीहरुले सांसद सापकोटालाई सांसदकाे भूमिका के हाे ? संसदमा पुगेर के – के गर्नुभएको छ ? हामीलाई संसद भवन प्रबेशकाे लागि अवसर प्रदान गर्न सक्नुहुन्छ ? भन्ने प्रश्नहरुकाे ओइराे लगाएका थिए । यी प्रश्नको उत्तर दिदै सापकोटाले भने ` सांसद नीति निर्माणका लागि तपाईंहरूको बुवा आमाले आफुलाइ निर्वाचित गरेकाे बताए ।
उनले आफू चुनावी प्रतिबद्धता अनुरुप नीति निर्माण संगै जिल्लामा बिकासकाे कामहरु गरिरहेकाे सुनाउदै निर्वाचन क्षेत्रकाे सम्पूर्ण बिद्यालयमा पुग्ने लक्ष्य रहेकाे बताए ।
संघिय लाेकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाका ३ वटा संगठक अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाकाे बारेमा बिद्यार्थीहरुसमक्ष प्रष्ट्याए । उनले समानुपातिक र समाबेशी प्रतिनिधित्व भएकाे व्यवस्था भएकाेले नेपालकाे संबिधान मुलुक कै उत्कृष्ट भएकाे बताए ।

साेही अवसरमा बिद्यालयका शिक्षक शिक्षिकाहरुगंग छुट्टै छलफल समेत गरेका थिए । सांसद सापकोटा समक्ष शिक्षकहरुले शैक्षिक सवालमा बिबिध जिग्यामा राखेका थिए । उक्त जिज्ञासामा सापकोटाले हालसम्म संसदमा १४ वटा संसाेधन बिद्येयक दर्ता गराएकाे बताए । जसमा प्राथमिकताकाेसाथ जाेड दिदैँ २४ वटा बुधामा शिक्षा बिद्येयक संसाेधनकाे लागि संसदमा दर्ता गराएकाे सुनाए । उक्त सवालमा निजामती कर्मचारीसरह सेवा सुबिधा प्रदान गरिनुपर्ने कुरामा जाेड दिएकाे बताए ।

उनले बिद्यालयकाे लागि आवश्यक खेलकुद सामग्रीहरु आगामी हप्तासम्म उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।
उक्त कार्यक्रममा माओबादीका १ नम्बर क्षेत्रीय संयाेजक टिएन सापकोटा , वाइसीयल नेपालका कमान्डर रुपेन्द्र आचार्य , सुनकाेशी गाउँपालिका ३ नम्बर वडाध्यक्ष इश्वर तामाङ र १ नम्बर वडाध्यक्ष कुमार शाही , स्थानीय समाजसेवीहरु सहभागि थिए ।

१० कक्षा सञ्चालित बिद्यालयमा १ सय २१ जना बिद्यार्थीहरु अध्ययन गरिरहेकाे बिद्यालयका प्रधानाध्यापक माधवप्रसाद खनालले जानकारी दिए ।