उज्यालोको साधारण सभा सम्पन्न, आम्दानीबाट सेयर सदस्यलाई बोनस
निर्मल बस्नेत
१२ असोज, चौतारा । उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा, सिन्धुपाल्चोकको १७ औँ साधारणसभा सम्पन्न भएको छ । सहकारीले लक्ष्य भन्दा बढी आम्दानी गरेको छ । जसको मुनाफा रकमबाट सेयर सदस्यहरुलाई लाखौँ बोनस रकम वितरण गरेको छ ।
२०६६ साल चैत्र २३ गते राम बहादुर कार्कीको अध्यक्षतामा १ यस ३ जना सेयर सदस्यहरुको सहभागितामा सञ्चालित सहकारी हाल १६ बर्षपछि १ हजार ८ सय ६६ जना सेयर सदस्य रहेका छन् । सुरुमा प्रति सेयर सदस्य ६ हजारका दरले ६ लाख १८ हजार संकलन गरि सञ्चालन गरेको सहकारीले सेयर रकम ११ करोड १६ लाख ९५ हजार २ यस पुर्याएको छ ।
सहकारीले अघिल्लो बर्ष एक बर्षमा ३ करोड ५२ लाख १० हजार आम्दानीको लक्ष्य लिएकोमा ३ करोड ६७ लाख ५२ हजार ४ सय पुर्याएको छ । यसरी लक्ष्यभन्दा १५ लाख ६९ हजार ४ सय बढी बढी आम्दानी गरेको छ ।
प्रति सेयर सदस्य ५ हजारमा सुरु गरेको सेयर रकमलाई हाल ६० हजार पुर्याएको छ । सहकारीले मासिक बचतलाई अनिवार्य बनाएले पूजीको बृद्धि भई हाल कुल पूँजी तथा दायित्व ३० करोड ५७ लाख ९२ हजार ४ सय ३३ रुपैया २६ पैषा रहेको सहकारीको बार्षिक प्रतिबेदनमा उल्लेख छ ।
सहकारीको १७ औँ साधारणसभा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको थियो । नगरप्रमुख सापकोटाले समुदायको भावना र आवश्यकतासंग जोडिएर सहकारीले गतिबिधि बढाएको हुनाले सहकारीमा बिस्वसनीयता बढ्दै गएको पाएकोमा खुसी व्यक्त गरे । उनले हालको बिस्वासलाई कायम राख्दै प्रबिधिमैत्री बनाएर सेयर सदस्यको हितानुकुल सेवा प्रवाह गर्न आग्रह गरे ।
नगरपालिकामा सहकारी सञ्जाल गठन भएकोले उक्त सञ्जालले नगरमा सहकारीको नीति निर्माणमा सहयोगको अपेक्षा समेत गरेका थिए । उक्त सहयोग र आपसी समन्वयमा परिचालन र नियमन गर्ने सन्दर्भमा नगरपालिकाले अभिभावकत्व निर्वाह गर्ने कुराको प्रतिबद्धता जनाउदै साधारणसभा भव्य सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रमका बिशेष अतिथी वडा नम्बर ५ का अध्यक्ष सिव श्रेष्ठले कर्जा प्रवाह प्रकृयामा सहकारीको नाममा आएको जग्गाहरु कहाँ के कति रहेको बारे प्रतिबेदनमा उल्लेख गर्न सुझाव दिए । बैंकहरुले कर्जाप्रकृयामा धितो मूल्याङ्कन गर्दा चार किल्ला प्रमाणित अनिवार्य गरेको छ । सहकारीले पनि सो बिषयमा निर्णय लिनका लागि आग्रह गरे । नगरपालिकाले सेवा शुल्कमा अघिल्लो बर्षभन्दा ५० प्रतिशत घटाएर नागरिकको भारलाई कम गरेको कुरा बताउँदै वडाबाट हुने सेवाहरु ५ मिनेट उपलब्ध गराउने उद्घोष गरे ।
त्यस्तै जिल्ला सहकारी संघ सिन्धुपाल्चोककी उपाध्यक्ष सोभा उलकले सहकारीको ऐन नियम पालनाको बिषय गम्भिर रुपमा रहेको बताईन् । सरकारी ऐनले दोहोरो सदस्यता नहरने व्यवस्था गरेको छ, तर एउटै व्यक्ति १० वटा सहकारीको समेत सेयर सदस्य रहेकोले दोहोरो सदस्यता न्यूनीकरण गर्न चुनौती रहेको तर्क गरिन् । जसकारण सदस्यहरु ऋण लिएर व्यवसायीक रुपमा स्वरोजगार बन्नुपर्नेमा एउटा सहकारीको ऋण तिर्न अर्को सहकारीबाट ऋण लिने परिपाठीले थप समस्या निम्त्याएको बताइन् । त्यसैले यसतर्फ सवैले ख्याल पुर्याएर अघि बढ्नका लागि जोड दिएकी थिइन् ।
साधारण सभामा सेयर सदस्यका परिवारबाट २०८० सालको एसइई परिक्षामा सम्मीलित भई ३ प्वाईन्ट २ भन्दा बढी जिपीए ल्याउले १५ जना बिद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा खुसी घले, कृतिका धिताल, रष्मी बुढाथोकी, प्रयत्न बस्नेत, प्रदेसिका थापा, सम्पदा नेपाल, सुरज थापा, सुनिल खत्री, कुशल थापामगर, मल्लीका भण्डारी, गरिमा पुरी, प्रशिदिका थापा, समृद्धी थापा, सशीना पुरी र एञ्जल राना रहेका छन् । उनिहरुलाई ३ प्वाइन्ट २ देखी ६ सम्म ल्याउनेलाई २ हजार र ३ प्वाइन्ट ६ भन्दा माथी ल्याउनेलाई जनही ३ हजारका दरले प्रदान गरिएको थियो । उनिहरुलाई नगरप्रमुख सापकोटाले प्रमाणपत्र र वडाध्यक्ष श्रेष्ठले नगद प्रदान गरेका थिए ।
साधारण सभामा दुई जना जेष्ठ सेयर सदस्यहरुलाई सम्मान एवं पुरस्कृत गरिएको थियो । सम्मानित पुरुष केशर बहादुर खत्री र महिला ठुलीकान्छी तामाङ हुन् । सहकारीको सचिब यम बहादुर खत्री (चन्द्र)ले प्रगती प्रतिबेदन, कोषाध्यक्ष ललित रानाले आयव्याय प्रतिबेदन प्रस्तुत गरेका थिए । त्यस्तै लेखा सुपरिबेक्षण समितिको संयोजक नरमान श्रेष्ठले सुझावसहितको सुपरिबेक्षण प्रतिबेदन पेश गरेका थिए । उक्त प्रतिबेदन सेयर सदस्यहरुले सर्वसहमतीले पारित गरिएको थियो ।
निरन्तर बर्षादको प्रतिकुल मौषमका बिच शहीद स्मृति प्रतिष्ठान नेपालको चौतारा गैरीगाउँमा रहेको भवनको सभाहलमा सम्पन्न साधारण सभा सहकारीका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको हो । सभा सेयर सदस्यहरु, सञ्चालक समिति, उपसमिति , बैंक तथा बितीय संस्थाका प्रमुख एवं प्रतिनीधि , वडामा रहेका अन्य सहकारीका प्रतिनीधि, जनप्रतिनीधि र अन्य आमन्त्रीत व्यक्तिहरुको उपस्थितिमा भव्य रुपमा सम्पन्न भएको थियो ।