प्रलेसको स्थापना दिवसमा ४ स्रष्टा सम्मानित
असोज ५, काठमाडौँ । प्रगतिशील लेखक सङ्घको ७३ औँ स्थापना दिवसको अवसरमा ४ स्रष्टा सम्मानित भएका छन् ।
संघको ७३ औं स्थापना दिवसको अवसरमा पुरस्कृत हुनेहरूमा श्यामप्रसाद शर्मा स्मृति पुरस्कारबाट झापाका साहित्यकार पुण्य खरेल, प्रलेस प्रतिभा पुरस्कारबाट साहित्यकार झमक घिमिरे, प्रलेस युवा पुरस्कार–२०८० बाट साहित्यकार समष्टि बूढा र प्रलेस बाल साहित्य पुरस्कारबाट साहित्यकार नानीमैंया अधिकारीलाई प्रदान गरिएको संघले जनाएको छ । चार स्रष्टा मध्ये साहित्यकार झमक घिमिरे अस्वस्थ्यका कारण उपस्थित हुन सकिनन ।
पद्मकन्या क्याम्पसको डेनिस हलमा दिउँसो भएको ७३ औँ स्थापना दिवसको उदघाटन पूर्वप्रधानमन्त्री झलनाथ खनालले व्यानर पढेर गरेका थिए । उदघाटन पछिको मन्त्व्यलाई सम्वोधन गर्दै नेता खनालले आफ्नो उद्देश्य कम्युनिष्ट एकताको पक्षमा रहेकोले प्रगतिशिल लेखक संघलाई वामपन्थीहरुको साझा संस्थाको रुपमा कायम राखिरहन उनले सुझाब दिए । मुलुकले एमसिसि लगाएत राष्ट्रघाती योजनाहरु भित्र्याएको भन्दै नेपालमा पूँजीवादको नेतृत्व दलाल पूँजीवादले गरिरहेको उल्लेख गरे । सुधारवाद नै कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने हतियार भएको उनले ठोकुवा गरे । पूँजीवादी लोकतन्त्रको चिराफारा गर्न जरूरी रहेको बताउँदै नेता खनालले मदन भण्डारीद्वारा प्रतिवादन गरिएको जनताको बहुुदलीय जनवाद अब निकै पुरानो भईसकेकाे जिकिर गरे । प्रलेसको अभियानमा आफूले सक्दो ञ गर्ने समेत बचन दिए ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि संघीय सांसद तथा प्रलेसका पूर्व अध्यक्ष रघुजी पन्तले प्रलेसलाई राजनतिक हस्तक्षेपबाट अलग गरेर साझा संस्थाको रुपमा गतिशील बनाउन आग्रह गरे ।
कार्यक्रममा प्रलेसले समस्या र वर्तमान अवस्थाबारे विभिन्न वक्ताहरूले चर्चा गरेका थिए ।
वि.सं.२००९ साल आश्विन ५गते स्थापना भएको सङ्घले आफ्नो स्थापना दिवसमा विभिन्न स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ ।
यो वर्ष पनि नेपाली वाङ्मयको उन्नयनमा विशिष्ट योगदान पुराएका विभिन्न स्रष्टाहरुलाई संघले सम्मान गरिएकाे संघका अध्यक्ष मधुसुदन गिरीले जानकारी दिए । उनका अनुसार प्रलेसले अर्काे सालबाट स्थापना दिवसमा प्रगतिशील साहित्यक पत्रकारिता पुरस्कार समेत वितरण गर्ने छ ।
कार्यक्रम सफल पार्न देशभरिबाट लेखक तथा साहित्यकारहरू जमघट भएका थिए ।