
सिन्धुपाल्चोकको एक हाईड्रोपावरद्वारा एक स्थानीय विरुद्व अदालतमा मुद्दा दायर

असार १२, चौतारा । सिन्धुपाल्चोक एक हाईड्रोपावर कम्पनीले दुई करोड क्षतिपूर्तिको माग गर्दै एक स्थानीय विरुद्व सिन्धुपाल्चोक अदालतमा मुद्दा दायर गरेको छ ।
भोटोकोशी गाउँपालिका स्थित हिन्दीमा ईलोक्ट्रोपावर कम्पनीद्वारा निर्माणधिन ४० मेगावटको भोटेकोशी–१ जलविद्युत आयोजनाको काममा अबरोध तथा क्षति प¥याएको भन्दै स्थानीय देवीबहादुर बुढाथोकी विरुद्व उक्त अनुपातको क्षतिपूर्ति माग सहित मुद्दा दायर गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार वुढाथोकीले स्थानीय संघर्ष समितिको नाममा आयोजनाको काममा करिब ३ साता सम्म अवरोध पु¥याएका थिए । तीन हप्ता भन्दा बढी आयोजनाको काम बन्द भएको भन्दै कम्पनीले सिन्धुपाल्चोक जिल्ला अदालतमा मंगलबार दुई करोडको माग दावी गर्दै बुढाथोलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको हो ।
बुढाथोकी अहिले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा थुनामा छन् । दर्ता किर्ते जालसाजी मुद्दा फिर्ता लिन ज्यान मार्ने धम्की दिएको आरोपमा बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बिहिबार पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बुढाथोकी नेपाली कांग्रेस भोटेकोशी गाउँसभापति समेत हुन् ।
पक्राउ पुर्जी जारी भएर एक महिनासम्म फरार भएका बुढाथोकीलाई भोटेकोशीका एक स्थानीयले आफू विरुद्दको किर्ते जालसाजी मुद्दा फिर्ता लिन ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
सोही आधारमा बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट पक्राउ पुर्जी जारी गरीएको थियो । हाईड्रोपावरले समेत बुढाथोकी विरुद्व अदालतमा मुद्दा दायर गरेसंगै दुई वटा मुद्दाको उनले सामाना गर्नुपर्नेछ ।
भोटेकोशीमा निर्माणधिन ईलेक्ट्रोपावर कम्पनी विरुद्व स्थानीयलाई स्थानीयलाई उचालेको उनी माथि आरोप छ । हाईड्रो समेत बुढाथोकीप्रति रुष्ट रहेको थियो ।
स्थानीयका अनुसार बुढाथोकीले स्थानीयहरुको किर्ते सहिछाप गरेर प्रधानमन्त्री कार्यालय देखि भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिलाई समेत सर्वोच्च अदालतमा मुद्दा हालेको र सो मुद्दा हाल्दा आफ्नो हस्ताक्षर किर्ते गरेको पाएपछि स्थानीय राजेन्द्र थामीले बुढाथोकी विरुद्द सिन्धुपाल्चोक जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । त्यही मुद्दा फिर्ता लिन बुढाथोकीले थामीको बाबु कृष्ण बहादुर थामीलाई दुर्व्यवहार गरी ज्यान मार्ने धम्की समेत दिएको आरोप छ ।
फरारको सूचीमा रहेको बेला समेत बुढाथोकीले आफ्नो रिसिबी साध्न भोटेकोशी गाउँपालिकामा निर्माण भइरहेको भोटेकोशी–१ जलविद्युत आयोजनामा केही व्यक्तिहरु परिचालन गरेर आयोजनाको साइट कार्यालय तोडफोड गर्ने देखि लिएर कर्मचारीहरुलाई हातपात तथा दुर्व्यवहार गर्ने सम्मको कार्य गरेको आयोजनाले बताएको छ । अहिले बुढाथोकीलाई पक्राउ गरेर बुढाथोकीका सम्पूर्ण कर्तुतहरु बाहिर ल्याउने कार्यमा प्रहरी प्रशासन लागेको प्रहरी स्रोतले बताएको छ ।