´प्रतिगमनकाे संकटबाट देश मुक्त भएकाे छ`-प्रचण्ड
निर्मल बस्नेत
जेठ १६, चाैतारा । नेपाल सरकारका प्रधानमन्त्री एवं नेकपा (माआेवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ´प्रचण्ड` ले देश प्रतिगमनकाे संकटबाट मुक्त भएकाे बताएका छन् ।
सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चाैतारामा अाज पुगेका प्रचण्डले जिल्ला पार्टीले अायाेजना गरेकाे भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै उक्त धारणा राखेका हुन् । ´प्रतिगमन बाट देश बचेकाे छ`, प्रम प्रचण्डले भने, ´नयाँ समिकरण भत्काउन धेरैकाे खेल थियाे त्यसकाे अन्त्य भएकाे छ ।` सदन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने पक्ष खतरा रहेकाेले जाेखिमयुक्त बाटाे भएकाेले नीति तथा कार्यक्रम सदनबाटै पारित गरि सत्तापक्ष र प्रतिपक्ष सवैकाे समझदारी कायम गरि बजेट ल्याएकाे उनले बताए ।
जनताका आशा र भराेसा पूरा गर्ने दायित्व माआेवादीलाई नै भएकाेले त्याे पूरा गरिएको उनले दाबी गरे । ४ खर्ब भन्दा माथि ऋण नेपाल सरकारलाई रहेकाे उनले उल्लेख गरे । १९ खर्ब बराबर बजेट ल्याएकाेमा कृषि, आईटी र युवाहरुलाई राेजगारी सिर्जना गर्ने कुरामा बिशेष जाेड दिईएकाे उनले बताए । बजेट कार्यनयनमा साउन लगत्तै लाग्न बिषयत पक्षलाई निर्देशन गरिएको समेत प्रम प्रचण्डले बताएका छन् ।
आगामी निर्वाचनमा ३२ बाट ६४ सिट पुर्याउने दिशामा अघि बढ्न सिन्धुपाल्चोककाे पार्टीको अहम भूमिका हुने उनले विश्वास व्यक्त गरे । प्रम प्रचण्ड जिल्ला सदरमुकाममा रहेकाे छिमेकी मुलुक चीनद्वारा निमार्ण गरिएकाे नवनिर्मित चाैतारा अस्पतालकाे उदघाटनका लागि अाजै त्याहाँ पुगेका हुन् । प्रम प्रचण्डले उक्त नविनिर्मित भवनकाे उदघाटन गर्नेछन् ।