
चौतारा अस्पतालमा फिजियो थेरापी सेवा पुनः सञ्चालन

निर्मल बस्नेत
२१ बैशाख – चौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारामा रहेको चौतारा अस्पतालले फिजियो थेरापी सेवा सञ्चालनमा ल्याएको छ । २०७२ सालदेखी २०७९ पौषसम्म ह्याण्डीक्याफ्ट इन्टरनेशनलको सहयोगमा सञ्चालनमा रहेको सेवा बिचमा रोकिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा फिजियोथेरापिस्ट र आवश्यक उपकरण उपलब्ध भएपछि अस्पतालले सेवा प्रवाह पुनः सुचारु गर्न सफल भएको हो ।
शुक्रबार चौतारा अस्पतालमा एक कार्यक्रको बिच चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले रिवन काटेर फिजियो थेरापी सेवाको उद्घाटन गरेका हुन् । सो कार्यको सेवाप्रदानको लागि अस्पतालले अञ्जना गुरुङलाई फिजियो थेरापिस्टको रुपमा केहि दिनअघि मात्र नियुक्त गरेको छ ।
उक्त कार्यक्रममा नगरप्रमुख सापकोटाले फिजियो थेरापी संगै सिंगो अस्पतालले दिने सेवामा पनि गुणस्तरमा बृद्धि गर्न अस्पताललाई आग्रह गरेका छन् । उनले भने “हामीहरुको चाहना भनेको समस्यामा परेका बिमारीहरुले समयमा नै सेवा लिन सकुन् भन्ने हो ।” यसको लागि अस्पतालको जनशक्तिको श्रम र परिश्रम साथै समय व्यवस्थापन महत्वपूर्ण हुन्छ ।
सेवामा लाग्दै गर्दा कर्मचारीको वैयक्तिक विकास संगै संस्थागत विकासमा टेवा पुग्ने बताए । सापकोटाले प्रदेश सरकारको मापडण्डमा रहेर स्थानीय सरकारले निर्वाह गर्नुपर्ने दायित्व र जिम्मेवारीबाट नगरपालिका कतै पछि नहट्ने भनि सदैव साथसहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले चौतारा अस्पतालले सिङ्गो जिल्लाको मनोबैज्ञानिक र शारिरिक स्वास्थ समस्याहरु समाधान गर्नमा अग्रसर हुदै प्रभावकारी सेवा प्रवाहमा जुटन अस्पलालको सम्पूर्ण टिमलाई आग्रह गरे । नगरप्मुखले फिजियो संगै आयुर्बेद सेवालाईपनि संगै जोडेर लैजान सके झनै प्रवाहकारी हुने धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा चौतारा सँगाचोकगढी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष शिव श्रेष्ठले विगतमा चौतारा अस्पतालले दिएको फिजियो थेरापी सेवा प्रभावकारी रहेको भन्दै आगमी दिनमा समेत यसको महत्वलाई समुदायस्तरसम्म पुर्याउन अस्पताललाई आग्रह गरे । उनले यसभन्दा अगाढी अस्पलातबाट डाक्टर अमरदिपकुमार शाह र अन्य कर्मचारीहरुबाट सेवाग्राहीले सन्तुष्ठ हुनेगरि सेवा लिन पाएको चर्चा गरेका थिए ।
त्यस्तै जनस्वास्थ कार्यालय सिन्धुपाल्चोककी कार्यलय प्रमुख दुर्गा बजगाईले समुदाय स्तरमा रहेको बिमारीहरुलाई अस्पतालसम्म ल्याउने र सेवादिएपछि घरसम्म पुर्याउनको लागि विविध समस्याहरु आईरहेकोले उक्त समस्या पार लगाउन स्थानीय सरकारको ध्यानकर्षण गराइन ।
चौतारा अस्पतालका मेडिकल सुपरिटेण्डेट रुद्रमणी भण्डारीले प्रदेशकै नमुना अस्पताल बनाउने अभिप्रायकासाथ आफूहरु लागिपरेको भन्दै यसमा सवैको साथ र सहयोग आवश्यक रहेको सुनाए । अस्पतालमा छिटटै डाईलिसिसको सेवा पनि सञ्चालनमा ल्याउन लागिरहेको समेत जनाकारी गराए ।
कार्यक्रमा चौतारा अस्पतालका लेखा अधिकृत षडानन्द घिमिरे र फिजियो थेराफिस्ट अञ्जना गुरुङलाई अस्पलात सञ्चालन समितिका अध्यक्ष टंक बहादुर कार्की र निमित्त मेडिकल सुपरिटेण्डेन रुद्रमणी भण्डारीले स्वागत गरेका थिए ।
चौतारा अस्पतालका सुचना अधिकारी डाक्टर अमरदिपकुमार शाहले सञ्चालन गरेको कार्यक्रम अस्पताल सञ्चालन समितिका अध्यक्ष टंकबहादुर कार्कीको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो । सञ्चालन समितिका अध्यक्ष कार्कीका अनुसार छिमेकी राष्ट्र चीनको सहयोगमा निर्मित सुविधा सम्पन्न भवनबाट छिट्टै नै सेवा दिनेगरि लागिपरेको बताए ।
स्मरण रहोस् चौतारा अस्पताल यसभन्दा अघिको न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनमा देशभरीमै उत्कृष्ठ हुन सफल भएको थियो । चौतारा अस्पताल वागमती प्रदेश सरकार मातहत रहेको छ ।