‘एमालेको १० औं जिल्ला अधिवशेन एउटा ऐतिहासिक र कोशेढुङ्गा सावित हुनेछ’

नेकपा (एमाले) सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशन शुक्रबारबाट चौतारामा सुुरु हुँदैछ । जिल्ला पार्टीले के कस्ता पार्टीका नीति तथा योजनाहरु प्रस्तुत गर्दैछ ? नयाँ नेतृत्वको आकांक्षीहरुलाई कसरी व्यवस्थापन गर्दैछ भन्ने सन्दर्भमा जिल्ला अध्यक्ष एवं अधिवेशन मूल समारोह समितिका संयोजक तथा अध्यक्षका आकांक्षी कमल नेपालसंग सिन्धुज्वालाका सम्मादक दिनेश दुलालले गरेको कुराकानीको सम्पादित अंश–सम्पादक


कमल नेपाल
जिल्ला अध्यक्ष एवं अधिवेशन मूल समारोह समितिका संयोजक, सिन्धुपाल्चोक

यतिबेला नेकपा (एमाले) १० औं अधिवेशनमा होमिएको छ । कस्तो छ अधिवेशनको माहोल ?

नेकपा एमाले जिल्ला अधिवेशनको भव्य तयारीमा लागिरेहका छौं । तयारी पुरा भएर शुक्रबार उदघाट समारोह हुँदैछ । हामीले प्रतिनिधि व्यवस्थापनको काम सकाएका छौं । आर्थिक व्यवस्थापनको काम पनि पुरा भएको छ । शुक्रबार दिनको १२ बजे पार्टीका श्रदय अध्यक्ष कमरेड केपी शर्मा ओलीद्वारा अधिवेशनको उदघाटन गर्नेछौं ।

यहाँहरुले उदघाटन चौताराको टुँडिखेलमा गर्ने भनेर प्रचार गरिरहँदा कति मान्छे उतार्ने योजना रहेको छ ?

पहिला पहिलाको जस्तो माथिबाट बस अन्य गाडी पठाउनेगरी हामीले यातायातामा त्यो खालको व्यवस्थापन गरेका छैनौं । हामीले सोस्फुर्त व्यवस्थापनमा आउनुस भनेका छौं साथीहरुलाई । सके वडाको व्यवस्थापनमा नसके आफ्नै व्यवस्थापनमा आउनुस भनेका छौं पार्टीका कार्यकर्ताहरुलाई । त्यति हुँदा ६÷७ हजार मान्छे आउँछन् भन्ने अनुमान हो किनभने उहाँहरु सोस्फुर्त रुपमा आउनुहुनेछ । धेरै मान्छेहरु बाहिरबाट भन्दा पनि चौतारा आसपासबाट बोलाउने छौं ।

यहाँहरुले बन्द सत्र काहाँ गर्दै हुनुहन्छ ? बन्दसत्रमा चाँही सहभागी कति हुन्छन नी ?

हाम्रो जम्मा गरी ७ सय ४५ प्रतिनिधि हो । अलिकति प्रदेश कमिटि तथा काठमाडौंबाट पार्टी कमिटी तथा काममा जोडिएका २२ जनालाई प्रतिनिधि मनोनयनमा हालिएको छ । त्यो सन्दर्भमा केही प्रश्न उठेको छ । मनोनयन काठमाडौं बस्नेलाई मात्र गरियो यतालाई गरिएन भन्ने कुरा छ । मनोनयन ३५ जना भन्दा बढी गर्न पाईदैन । यता गर्दा धेरै अपठ्यारो पनि भयो । काठमाडौंको प्रतिनिधित्व गराउन पर्ने थियो । त्यहि गरेका हौं । माथि उल्लेख गरेको सेरोफेरोमा सहभागी हुनेछ ।

बन्दसत्रमा जिल्ला पार्टीले पेश गर्ने संगठानिक योजना, नीतिगत निर्णयहरु लगाएत के कस्ता विषयबस्तुहरुमा छलफल हुन्छ ? कसरी तयारी गर्दै हुनुन्छ ?

जिल्ला अधिवेशनमा मुख्यगरी दुईतिवटा कामहरु हुन्छ । एउटा विषय हाम्रो कार्यकाल भनेको २५ महिना भयो २५ महिनाको समिक्षा हुन्छ । यसका सकारात्मक पाटो, कमजोर पक्ष के–के रहे भन्ने कुरामा समिक्षा हुन्छ । सकरात्मक पाटोलाई कार्यान्वयन र नकरात्मक पाटोलाई नदोहोरिने गरी थप योजना बनाएर अगाडि बढ्छौं । सामन्यतय राजनैतिक, सांगठानिक र आगमी कार्ययोजना लगाएत एउटा प्रस्ताव तयार गरेका छौं । पार्टी कामको आर्थिक व्यवस्थापन सन्दर्भमा आर्थिक प्रतिवेदनका कमीकमजोरीहरु कसरी सामाना गर्ने भनेर अगाडि बढ्ने बारेमा एउटा कार्ययोजना त्याहाँ प्रस्तुत हुन्छ । यो दुई बर्षको लेखा परिक्षण लगाएत कुराहरु प्रस्तुत गरिन्छ । साथै हामीले थप नीतिगत कुराहरु प्रस्तुत गर्दैछौं भने सिन्धुपाल्चोकमा आर्थिक कुरामा हाम्रो पार्टीको नारा पनि छ ‘सुखि नेपाली समृद्व नेपाल’ भन्ने नारा छ । अब सिन्धुपाल्चोकलाई समृद्व कसरी बनाउने त ? आर्थिक समृद्वि कसरी हुन्छ ? नेकपा (एमाले) ले शिक्षामा, स्वास्थ्यमा कस्तो बनाउँछ ? यहाँको आर्थिक रुपमा रुपान्तरण गर्नको निमित्त पर्यटन क्षेत्रको विकास कसरी अगाडि बढाउँछ ? कृषि, जलश्रोत, हाईड्रोहरुमा जनताको अधिकारलाई कसरी सुनिश्चता गर्छ ? जनतालाई कसरी आयआर्जन संग जोड्छ यि महत्वपूर्ण विषयमा पनि हामीले प्रस्तुत गर्छौ । हाम्रो पार्टीको सांगठानिक र नीतिगत कुराहरुमा हामी कसरी अगाडी बढ्छौं यो विषयमा हाम्रो एउटा खाका पेश हुन्छ । यो विषयमा हामी छलफल गर्छौ । सिन्धुपाल्चोकलाई अब समृद्विको विषयमा तथा पार्टी संगठनलाई कसरी अगाडि बढाउँछौं त्यो बारेमा योजनाहरु प्रस्तुत गर्छौं । ति कुराहरु हामी बन्दसत्रको हलबाट पास गर्छौ । त्यसपछि पास गरेका विषयलाई कार्यान्वयन गर्न जिल्ला कमिटिलाई निर्वाचन प्रक्रियामा अगाडि बढाउँछौं । निर्वाचन पछि बन्दसत्र सकिन्छ परिणाम घोषणा हुन्छ । यसरी अधिवेशन समाप्त हुन्छ । हलबाट पास गरेका विषय बस्तुलाई नयाँ कमिटिले पास गर्छ ।

यहाँको कार्यकालमै पार्टीका कार्यकर्ताहरुले विभिन्न प्रश्नहरु उठाएका छन । खासगरी पार्टीलाई चलायमान बनाउन नसकेको आन्तरिक पार्टीलाई सुदृढ बनाउन नसकिएको तथा पार्टी गुटगतमा फसेको लगाएत कुराहरु आएका छन् नी ?

यहाँले भने जस्तै ति यावत विषयबस्तहरु हामीले उठान गरेका छौं । एउटा सम्झने पर्ने कुरा के छ भने मैले सपथ २०७८ फागुन ४ गते लिएको हो । सपथग्रहण लिने बेलामा हाम्रो पार्टी पहिला नेकपा थियो । त्यो फुटिसकेपछि एमाले र माओवादी भयो । एमाले पनि फुटको चरणमा थियो । को मान्छे एमालेमा रहने र को मान्छे फुटेको ठाउँमा जाने विवादको बीचमा हामी थियौं । विवादकै बीचमा हामीले जिल्ला अधिवेशन आयोजना गरेका थियौं । जिल्ला अधिवेशनको हामीले प्रतिनिधि समेत तलबाट चयन गर्न सक्ने अवस्थामा थिएनौं । त्यो खालको द्वन्द्व विवाद दुईवटा समान्तर कमिटि बनेको थियो । त्यसलाई मिलाएर हामीले जिल्ला अधिवेशन आयोजना गरेका थियौं । ति सबै कुराहरु मिलाउन नसकेपछि सबैलाई प्रतिनिधि बनानुपर्ने अवस्था थियो । एउटा डामाडोलकै परिस्थितिमा हामीले घोषणा ग¥यौं । सपथ लिईरहँदा खेरी पनि कतिपय जिल्ला कमिटिमा भएका साथीहरुले सपथ लिनु भएन । कतिपय नेताहरु जिल्ला छोडेर जाने परिस्थिति एमालेमा रहने क िनरहने भन्ने अन्यौलताका बीचमा जिल्ला अधिवेशन आयोजना गरेका थियौं । त्यो परिस्थितिमा पार्टीलाई जोगाउनको निमित्त मलाई लाग्छ मैले नेतृत्व लिनु परेको हो । हाम्रो नेता कार्यकर्ताहरुले सहजै नेतृत्व हस्तान्तरण गर्ने अवस्था थिएन होला । त्यतिबेला पार्टी जोगाउन पर्ने थियो । साँच्चै पार्टी जोगिएको हो । चुनाब भयो भन्न त केहीले भन्नलान सिट घट्यो परिणाम आएन भन्नलान । एकचोटी यहाँलाई २०७४ सालको चुनावको स्मरण गरौं । हामी सशक्त थियौं । पार्टी फुटको अवस्था थिएन । सिन्धुपाल्चोक पालीका सहित जिल्ला समन्वय समेत हाम्रै थियो । त्यस्तै ४३ वटा वडा जितेका थियौं । अहिले हामीले ३ वटा पालिका सहित ३७ वटा वडा जितेका छौं । जनतमतको हिसावले पनि हामी धेरै घटेको अवस्था होईन । यसकारण पार्टी अत्यान्त संक्रमणकालिन अवस्था रहेको बेलामा मैले नेतृत्व लिएको हुँ । यसकारण एमाले कमजोर भएको होईन एमाले सशक्त छ । एमाले जोगिएको छ । संघ प्रदेशको निर्वाचनमा एकातिर गठबन्धन हुँदा हामी एक्लै चुनावमा लेडेका थियौं । त्यो परिस्थितिमा जनमतको हिसावले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी हो सिन्धुपाल्चोकको । त्यसकारण मेरो पालामा एमाले कमजोर भयो, बिग्रियो भन्ने कुरामा म सहमत छैन् । किनभने मेरै नेतृत्वमा रहेको टिमले सिन्धुपाल्चोकको एमाले यो परिस्थितिमा ल्याईपु¥याएको हो । हाम्रा केही कमजोरी र अन्तरविरोध हुँदाहुँदै हामी व्यवस्थित छौं । ति अन्तरविरोधहरुलाई रुपान्तरण गर्न अझै थप मिहिनेत गनुपर्नेछ । पार्टीलाई एकतावद्व गराएर लैजान थप चुनौतिहरु छन् । यि सबै चुनौति अहिलेको परिस्थितिमा हामी अगााडि बढ्न सकिन्छ । पार्टीमा कतिपय अराजकता सिर्जना भएको छ । त्यसलाई पनि नियन्त्रण गर्ने र पार्टीलाई विधिसम्वत र चुस्त दुरुस्त संग व्यवस्थित बनाउने र जनताको जनसरोकारको विषयहरुलाई तत ठाउँमा पैरवी गर्ने र जनताको बीचमा जाने हो भने नेकपा एमाले जानपर्छ । त्यो कामको निमित्त यहाँले भनेको जस्तो त्यो काम गर्ने नेतृत्व अहिले अधिवेशनले निर्वाचित गर्छ । यो बीचमा ठूलो संकटबाट पार्टीलाई जोगाएका छौं । त्यो आरोप आरोपमा मात्र सिमित छ ।

यहिने पनि त यहाँहरुको पार्टीमा दुईवटा गुट प्रष्ट देखिन्छ । के यो अधिवेशनले अन्त्य गर्ला भनेर विश्वस्त बन्न सकिएला ?
गुट भन्दा पनि समुह भन्न पर्छ भन्ने लाग्छ । केही कसैसंग नजिक होला नजिकका आधारमा यो सुमुह बनेको हो । यो कुनै विचारमा जोडिएर बनेको गुट होईन । हाम्रो पार्टीमा अहिले विचारा कुनै विमति छैन् । त्यसैगरी नेतृत्वमा पनि अहिले विमति छैन । एकआपसमा घनिष्ट भएको कारणले कोही साथीहरु कोही संग मिल्ने कुरा अस्वभाविक होइन । जसरी यो शत्रुतापूर्ण देखा परेको छ । यसलाई मित्रतापूर्ण बनाउँदै केही भएका अन्तरविरोधहरुलाई हल गरेर एकतावद्वता बनाउनको निमित्त एकआपसमा बसेर मन माझा माझ गर्दा समाधान गर्न सकिन्छ भन्ने कुरा मैले विश्वास लिएको छु ।
प्रसंग बदलौं यो अधिवेशनमा यहाँ फेरी अध्यक्ष दोहो¥याउने भन्ने चर्चा आएको छ नी ?
खासगरी पहिलो कुरा अबको नेतृत्व चुन्नु भन्ने कुरा ७४५ प्रतिनिधि सदस्यहरुले नै हो । सर्वसहत गरेपनि निर्वाचनबाट नेतृत्व गरेपनि हल नै टुङिगने हो । दोस्रो कुरा जे कुरा अहिले बजारमा चर्चा छ । मेरै बारेमा पनि होला । त्यसमा म पनि स्वभाविक दावेदार चाँहि हो । किन मैले स्वभाविक दावेदार भनेको छु भने विधान अनुसार मेरो कार्यकाल ३ बर्षको हो । विधान अनुसार हाम्रो पार्टीको अधिवेशन ३÷३ बर्षमा आयोजन ागर्न पर्ने हो तर अहिले हामीले २ बर्षमै आयोजना गरेका छौं । अघिल्लो बर्षको ग्रास रुट अभियान हामीले चलायौं । मुलुक भरी चलाएको निश्कर्ष के हो भने पार्टीमा विधान मिचेर कमिटिहरु बनाएका छन् । विधानमा तोकिएको संख्या भन्दा बढी छ । विधानअनुसार कमिटि चलेको छैन । पहिला त्यहि पार्टीलाई जोगाउनको निमित्त सबै जेजस्ता पनि राखेर कमिटि बनाएको छ । संख्या थपिएको छ । कमिटि भद्रगोल भएको छ । त्यसकारण एकवर्ष अगाडि नै अधिवेशन गरेर यसलाई चुस्तदुरुस्त व्यवस्थित बनाउनु छ । पार्टीको गतिविधि भनेर नेतृत्वले सर्कुलर ग¥यो । त्यो अभियान अन्र्तगत अहिले हामीले यो अधिवेशन आयोजना गरेका हौं । यसकारण तीन बर्षको लागि म निर्वाचित भएको हो । एकबर्ष त मेरो कार्यकाल बाँकी नै छ । तर त्यो मेरो चाहना मात्रैको कुरा होईन । हलनै गर्नेछ ।

अध्यक्षको लागि यहाँको पनि चाहाना र अर्र्का जिल्ला नेता होम नारायाण श्रेष्ठको पनि भन्ने सुनियो । अब निर्वाचन प्रक्रियामै जाने त होलानी ?
हाम्रो विधानमा भएको कुरा यहाँलाई पक्कै नै थाहा छ । सकिन्छ सर्वसहमत नेतृत्व निर्माण गर्ने एउटा उत्तम विधि त्यहि नै हो । सके त्यसलाई मर्यादित ढंगले विधानमै व्यवस्था भए अनुसार स्वस्थ्य प्रतिश्पर्धा गर्ने हामीसंग भएका विधिहरु इहि नै हो । सर्वसहमतको नाममा अड्केर बस्नु हुँदैन भन्ने मेरो शर्त । सर्वसहमत नहुँदा निर्वाचन प्रक्रिायामा अगाडि बढ्छ ।

सर्वसहमत गराउनको लागि यहाँले आफ्नो तर्फबाट कतिको प्रयत्न गर्नुभएको छ नी ?

मेरो तर्फबाट छलफल कुराकानीमा म तयार छु । मेरो प्रयत्न सर्वसहमत पनि गराउने आफू रिपिट पनि हुने मनस्थितिका साथ तयार छु ।

एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशन सम्पन्न गर्दैगर्दा अघिल्लो कार्यकाल भन्दा फरक सन्देश कसरी दिन सक्ला ?

साँच्चै नै यो अधिवेशनबाट एमाले सिन्धुपाल्चोकले दुईतिनवटा सन्देश दिन्छ । एउटा जिल्लाको सदरमुकाम चौतारा टुँडिखेलमा हामी आयोजना गर्दैछौं । अध्यक्ष केपी शर्मा ओली आउनुहुन्छ । यसले केही महत्वपूर्ण सन्देश जिल्लामा दिन्छ । नेकपा एमालेले नयाँ तरङग पैदा गर्छ । सांगठनिक हाम्रो कमिटि पद्वतिमा रहेका साथीहरु यसले गति दिएको छ । आन्तरिक जिवनमा यसले नयाँ गति प्रदान गर्नेछ । र तस्रो सिन्धुपाल्चोकको यो अधिवेशनबाट आगमी दिनमा सिन्धुपाल्चोकलाई कसरी अगाडि बढाउने भन्ने एकखालको गाईड गर्नेछ । सिन्धुपाल्चोकमा नेकपा एमालेको १० औं जिल्ला अधिवशेन एउटा ऐतिहासिक सिन्धुपाल्चोकको निम्ति थप कोशेढुङ्गा सावित हुनेछ ।

यो अधिवेशनको संघारमा भईरहँदाखेरी यहाँको सन्देश यो मिडिया मार्फत केही छ की ?

यो अधिवेशनको हामी अन्तिम तयारीमा छौं । यहाँको महत्वपूर्ण सञ्चारमाध्यामबाट शुक्रबारको उदघाटन सभामा सिन्धुपाल्चोकका पार्टीका कार्यकर्ता, शुभचिन्तक, नागरिकसमाज, नागरिकहरु सबैलाई म यो अधिवेशन उदघाटनसभामा आमन्त्रण गर्न चाहान्छु । यो अधिवेशनमा थप एउटा उर्जा पैदा गर्नको निमित्त अन्य पार्टीका साथीहरुलाई समेत निमन्त्रणा गरेका छौं । यहाँको सञ्चारमाध्यामबाट अनुरोध गर्न चाहान्छु । यो एमालेको मात्रै अधिवेशन होईन सिन्धुपाल्चोकको नयाँ विकास र समृद्विका लागि सिन्धुपाल्चोकलाई अगाडि बढाउनको निम्ति सबैले सहयोग गर्नुहुनेछ । सम्पूर्ण सञ्चारकर्मी, सुरक्षाकर्मी लगाएतलाई सयोग गर्न विशेष अनुरोध गर्दछु । धन्यवाद ।