पढ्दै कमाउँदै बाघभैरब माविका बालबालिका

चैत्र २, ठोकर्पा । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका अन्र्तगत ठोकर्पामा रहेको बाघभैरब माध्यामिक विद्यालयका बालबालिकाहरुमा पढ्दै कमाउँदै कार्यक्रम लागु गरिएको छ । विद्यालयले बालबालिकाहरुको लागि पढ्दै कमाउँदै कार्यक्रम अन्र्तगत कक्षा ८ देखि १० कक्षा सम्म पढ्ने बालबालिकाहरुलाई च्याउ खेतीको कार्यक्रम गरिएको सो विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार स्थानीय पाठयक्रम अन्तर्गत विद्यालयमा विद्यार्थीहरुबाट गरिएको च्याउ खेतीको उत्पादन बुधबार प्राप्त गरेपछि पहिलोपटक उत्पादन भएको च्याउ दामासाहीले विद्यार्थीहरुलाई वितरण गरि घरघरमा पठाईएको विद्यालयका प्रध्यानध्यापक विष्णुप्रसाद न्यौपानेले सिन्धुज्वालालाई बताए ।
दोस्रो लट देखि उत्पादन भएको च्याउ दामासाहिले विद्यार्थीहरुलाई बिक्री गराउन पठाईने उनले बताए । विद्यार्थीहरुले परालको प्रयोग गरेर उत्पादन गरिएको कन्य कन्या च्याउ हो । च्याउ लगाएत अन्य तरकारी उत्पादनमा बालबकालिकाहरुलाई लगाएर उनीहरुलाई कापी कलम तथा सामन्य खर्च पुग्ने उनको भनाई छ ।