दिवंगत मातापिताको सम्मानमा मन्दिर निर्माण

निर्मल बस्नेत
चौतारा (२०८० माघ ०२) सिन्धुपाल्चोक चौतारा स्थित वनदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर विश्वकर्माको परिवारले दिवंगत मातापिताको सम्मानमा सरस्वती मन्दिर निर्माण गरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–५ का स्थानीय समाजसेवी अर्जुन बहादुर विश्वकर्मा, कालेबहादुर विश्वकर्मा र रेशम बहादुर विश्वकर्माले आफ्ना दिवंगत मातापिताको सम्झनामा विद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण गरेका हुन् ।

बिश्वकर्माको परिवारले विद्यालय प्राङगणमा निर्माण गरेको उक्त मन्दिर वसन्त पञ्चमी अर्थात सरस्वती पुजाको दिन पारेर बुधवार विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
बिद्यालयमा मन्दिर निर्माण भएपछि बिद्यालयका शिक्षक बिद्यार्थीहरुले सरस्वती पूजा सोही मन्दिरमा गर्न पाएका छन् ।
मन्दिर हस्तान्तरण कार्यक्रम जनप्रतिनिधी रामबहादुर घले, विद्यालय परिवार, स्थानीयहरुको उपस्थितिमा भएको थियो ।