सवारी दुर्घटनामा सिन्धुपाल्चोकका मुरारी कार्कीकाे निधन

फागुन १, (२०८०) धलिखेल । अाज भएकाे सवारी दुर्घटनामा सिन्धुपाल्चोकका एकजनाकाे ज्यान गएकाे छ । अर्का एक व्यक्ति घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार अाज दिउसाे १५:४० बजेको समयमा काभ्रे पाँचखाल न.पा. ८ पचास किलो स्थित अरनिको राजमार्ग सडक खण्डमा दोलालघाटबाट जिरो किलो तर्फ आउँदै गरेको बा.प्र. ०२-०३४ प. ३३२१ मोटरसाईकललाई बिपरित दिशाबाट आएको बा.३ ख. ७२०४ नं. को आईचर गाडिले ठक्कर दिंदा सिन्धुपाल्चोक ईन्द्रावति गा.पा. ७ बस्ने बस्ने बर्ष अन्दाजी २८ को मुरारी कार्कीकाे ज्यान गएकाे हाे ।

उनकाे धुलिखेल लैजाँदै गर्दा बाटाेमा नै मृत्यु भएकाे प्रहीकाे भनाई छ । उनीसंगै सवार सिन्धुपाल्चोककै ईन्द्रावती गाउँपालिका -७ का बर्ष अन्दाजी २८ को राजन दङ्गाल घाईते भएका छन् । दाहिने हात, खुट्टा र नाकमा चोट लागेर बोल्न सक्ने अवस्था रहेकाे उनकाे धुलिखेलमा उपचार भईरहेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्घटना हुनसाथ स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

त्यस्तै सवारी साधनबाट काठमाडाैं तर्फ अाउँदै गरेका बाह्रबिसेका विकेश तामाङले घाईतेलाई बलेराे मार्फत अाफैले चलाएर पाँचखालसम्म पुर्याएका थिए । त्यसपछि एम्बुलेन्स मार्फत धुलिखेल अस्पताल पुर्याईएकाे थियाे । १६:०५ बजे धुलिखेल अस्पताल पुरयाईएका कार्कीकाे १६:१८ बजेको समयमा उक्त अस्पतालको डाक्टरले मृत घोषणा गरेको थियाे । स्थानीयबाट खबर प्राप्त हुनासाथ उक्त घटनास्थलमा प्र.चौ. पाँचखालबाट प्र.नि. को कमाण्डमा ट्राफिक सहितको टोलि खटिएकाे प्रहरीकाे भनाई छ ।

ठक्कर दिने सवारी तथा आईचर चालक काभ्रे भुम्लु गाउँपालिका -४ का बर्ष २४ को पूर्णबहादुर पहरीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।