पाँपोखरी थाङपाल गाउँपालिकाको उदाहरणीय काम, जाजरकोट भूकम्पपीडितलाई न्यानो कपडा

मंसिर २५, काठमाडौं । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाले जाजरकोट भूकम्पपीडितको लागि न्यानो कपडा उपलब्ध गराएको छ । जाडोमौसम सुरु भएर दमका रोगी, वृद्व तथा अशक्तहरुलाई मध्यनजर गर्दै पालिकाले आफ्नै खर्चमा सहयोग गरेको गाउँपालिका उपाध्यक्ष सुनिताले लामाले जानकारी दिईन । जाडोले कठाङिग्रएर धमाधम दर्जनौं व्यक्ति ज्यान गुमाउन थालेपछि भूकम्प प्रभावित क्षेत्रमा टाढा–टाढाका स्थानीय तहहरुको समेत पछिल्लो पटक चासो देखिन थालेको छ ।

भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई न्यानो कपडा वितरण गर्नुहुँदै पालिका उपाध्यक्ष सुनिता अधिकारी लगाएत जनप्रतिनिधि

पाँचपोखरी थाङपागाउँपालिकाले जाजरकोटको छेडगाडा नगरपालिका–८ को रुवा गाउँमा पुगेर भूकम्पपीडितलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ६ का वडाअध्यक्ष नारायण भट्टराईले जानकारी दिए । उनका अनुसार गाउँपालिकाद्वारा १९० थान फाईबर सिरोक, १ सय ९० थान डस्ना र १ सय ९० सेनीटरी किड (प्याड, रुमाल लगाएत सरसफाईका सामाग्री) १ सय ९० थान त्याहाँका भूकम्पीडितिलाई प्रदान गरेको हो । उक्त सामाग्री गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको नेतृत्वमा टोली ५ दिनको यात्रामा पुगेर स्थानीय जनप्रतिनिधि मार्फत सहयोग गरेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

उक्त टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा २१ गते प्रस्थान गरेको थियो । उनका अनुसार नगरपालिका भएपनि वडा नम्बर ८ को रुवा निकै दुर्गम ठाउँ हो । धेरै दुर्गम ठाउँ भएको हुनाले सबै कुराको अभाव रहेको त्यस ठाउँमा मोटरबाटोबाट ओर्लेर करिब एकदिनको पैदल यात्रा हिँडेर पुगको उनले बताए ।

स्मरण रहोस यस अघि सिन्धुपाल्चोकका चौतारा साँगाचोकगढी, मेलम्ची, बाह्रबिसे लगाएत स्थानीय तहहरुले भूकम्प प्रभावित जिल्ला जाजरकोटका भूकम्पपीडितहरुलाई आर्थिक सहयोग प्रदान गरिसकेका छन् ।