मेलम्ची–९ ज्यामिरेमा बन्यो भव्य वडा कार्यालय भवन
ज्वाला संवाददाता
मंसिर ६, मेलम्ची । जिल्ला मेलम्ची नगरपालिका–९ ज्यामिरेमा नगरकै भव्य भवन निर्माण सम्पन्न भएको छ । उक्त प्रशासनिक भवनको बुधबार उदघाटन गरिएको हो । नवनिर्मित भवनको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र, वडा अध्यक्ष किरणदिप खडका लगायतले संयुक्त रुपमा भवनको उदघाटन गरेका हुन् ।
भवन उदघाटन पछिको कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका प्रमुख तामाङले वडा कार्यालयमा समेत सुगम शहर जतिकै प्रशासनिक भवनहरु बन्न थालेको बताए । त्यहि अनुसार त्यहि अनुसार ज्यामिरेमा सुविधा सम्पन्न भवन बनेको बताए ।
मेलम्ची नगरपालिकाको प्राय सबै वडा कार्यालय निर्माण भइ सकेको बताउँदै बाँकी पनि चाडैं निर्माण सम्पन्न हुने ठोकुवा गरे । वडा कार्यालयहरुको पूर्वाधार निर्माणसंगै सेवा लिन स्थानीयलाई अझ सहज हुने उनको तर्क छ । मेलम्ची–९ लगायत सबै वडाहरुको विकासमा सबैसंग हातेमालो गर्ने प्रतिबद्धता समेत जनाए ।
मेलम्ची नगरपालिको ९ नम्बर वडा पर्यटन र कृषिमा नमूना हुन सक्ने भन्दै सबैको सहयोग आवश्यक रहेको औंल्याए । कार्यक्रमकी विशेष अतिथि नगर उपप्रमुख उमा प्रधानले भवन चिटिक्क बनेको भन्दै यसको संरक्षणमा सबैले ध्यान दिन आग्रह गरिन । सम्पूर्ण वडा तथा अन्य स्थान बाल तथा अपांगमैत्री हुनु पर्नेमा जोड दिईन । उपप्रमुख प्रधानले १३ वटै वडाको विकासका लागि नगरपालिका लागि परेको बताउदै अब आय आर्जनमा वृद्धि गर्न सामुहिक खेती र कार्य हुनुपर्नेमा जोड दिईन । त्यस्तै मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्रले नयाँ कार्यालय भवनले सेवा सुविधा लिन सहज हुने बताए । मिश्रले जग्गादाताहरु, ठेकदार, श्रमिक कर्मचारीलाई धन्यवाद दिदै आगामी दिनमा समेत यस्तै सम्मान योग्य काम गर्न सुझाए ।
कार्यक्रममा वडा अध्यक्षहरु २ का नगेन्द्र खतिवडा, ५ का राजु रायमाझी, १० का अमृत खनाल, इन्द्रावती बहुमुखी क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जग्गादाता १० जना र ठेकेदार कम्पनिलाई सम्मान गरिएको थियो । समयमै गुणस्तरीय काम गरेकामा निर्माण कम्पनिलाई वडा अध्यक्ष किरणदिप खड्का लगायतले धन्यवाद दिए । वडाअध्यक्ष खड्काले गुफा सडक पिच सुरुभै आफ्नो कार्यकालमा सम्पन्न गर्मे बताउनुभयो । अन्य सडक र कृषि लगायत क्षेत्रमा इमानदारीका साथ काम गर्ने प्रण गर्नुभयो ।जुगल हिमशिखर ÷ केदार निर्माण सेवा जेभीले २ करोड ४४ लाख ९७ हजारमा निर्माणको जिम्मा पाएको सो भवन सम्झौता मिति भन्दा ५ महिना अगाडिनै सम्पन्न गरि हस्तान्तरण गरिएको कम्पनीका प्रोपाइटर अमर दोङ्ले जानकारी दिनुभयो ।