दोहो¥याएर पनि पुलको काम अधुरै

कार्तिक १५, बाह्रबिसे । बाह्रविसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई सिधा जोड्ने सुनकोशी खोलाको पक्की पुल ठेकदारका लापरबाहीका कारण अझै पुरा हुन सकेन । ९ वर्ष अघि टेन्डर भएर काम सुरु भएको यो पुल निर्माण सम्पन्न नहुँदै क्रयाक भएपछि पुनः निर्माण गरिएको हो ।

जिल्लाको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने सुनकोसी नदीको पक्की पुल निर्माण कार्य ९ वर्षसम्म पनि बन्न सकेको छैन ।

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले निर्माणको काम अलपत्र छाडेपछि ६ वर्षअघि बन्नुपर्ने सुनकोसी पुल ९ वर्ष बितिसक्दासमेत पुल निर्माण नभएपछि त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका स्थानीयले केही बर्ष अघि पुलमा धर्ना दिएका थिए । प्रभावित क्षेत्रका सयौँ स्थानीयले पुलमा भेला भएर ठेकेदार निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पुल निर्माण गर्नका लागि दबाब दिएका थिए ।
सो पुल २०७२ सालबाट निर्माण सुरु भएको थियो । पुल २०७५ सालमा नै तयार हुनुपर्ने सम्झौता थियो तर ठेकेदारले निर्माण कार्यमा ढिलाइ र लापरबाही गरेपछि स्थानीय बासिन्दा आन्दोलित भएका थिए । २०६९ सालमा तत्कालीन सरकारले रातो किताबमा सुनकोसीमा पुल निर्माणका लागि बजेट विनियोजन गरेको थियो ।

यो पुलसँगै निर्माण सुरु गरिएका अरू पुलहरू निर्माण सम्पन्न भएर यातायातका साधान सञ्चालनमा आइसकेका छन् तर सो पुल निर्माण काम आधा पनि सकिएको छैन । दोस्रो पटक पुनः निर्माण भएको पुल हालको काममा पनि गुणस्तरहीन र कमसल भएको स्थानीयवासीले आरोप लगाएका छन् । ४० मिटर पुल निर्माणमा कमसल खालका कच्चा पदार्थ प्रयोग भएको कारण फेरी क्रयाक हुन सक्ने उनीहरुको ठम्याई छ । पुल निर्माणको ठक्का पाएका ठेकदार पदम लामासंग भने सम्पर्क हुन सकेन् ।