महेन्द्रोदय कपको उपाधी महेन्द्रोदय माविलाई उपबिजेता जालपा

असाेज २७, पाटीडांडा । सुकोसी गाँउपालिका वडा न ६ पाटीडाँडामा रहेको श्री महेन्द्रोदय मा. विले आयोजना गरेको महेन्द्रोदय कप २०८० भलिबल प्रतियोगिताको उपाधि महेन्द्रोदय मा.वि पाटीडाँडाले जितेको छ भने उप बिजेता जालपा मा.वि कोठे भएको छ।

असोज २५ गते बिहिवारबाट सुरू भएको खेलमा सुनकोसीका ८ वटा मा.विले प्रतियोगितामा भाग लिएका थिए।

कार्यक्रमको प्रमुख अथिति सुनकोसी गाँउपालिकाका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिनाले बिजेता र उप बिजेतालमई धन्यवाद दिदै भलिबल खेल छेत्रमा राम्रो नाम कमाएको महेन्द्रोदय मा.वि लाई अझै प्रगतिको शुभकामना दिए । बिद्यालय छात्रा बास बनाउन गाँउपालिकाबाट ४ लाख सयोग गर्ने र ट्रस बनाउन ४०% गाँउपालिकाले सयोग गर्ने ६० % विद्यालयले ब्यवस्थापन गर्नु भन्दै आफुले बोलेको वचन पूरा गर्ने प्रतिवद्दता जनाए ।

तारा चक्र अक्षेयकोष स्थापना गरेरै बिद्यालयलाशई सयोग गर्दै आएको र बालमैत्री विद्यालय, बालमैत्री पहिलो वडा २०८४ अगाडि नै घोषण गर्न अाफू लागि परेको भन्दै गाँउपालिकाको सयोगको अपेक्षा गरेकाे वडा अध्यक्ष चक्रबहादुर बस्नेतले बताए ।

दशै तिहार लामो समय बिधा हुनि भएकोले तिहारको कार्यक्रम गर्न नपाउने भएकोले अहिलेनै गरेको बाल क्लबका संम्योजक शिक्षिका जानुका खत्रिले बताईन ।

५५सालमै गठन भएको महेन्द्रोदय बालअधिकार मन्च लामो समए निस्कृय रहे पनि हाल २०८० बैसाखबाट सक्रिए बनाउदै मिलन केसीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति बनाइएकाे हाे । जसमा संरक्षणमा शिक्षिका जानुका खत्री संयोजक र अन्जिता अधिकारी सह संयोजक रहनेगरी उक्त बाल अधिकार मन्च बनाईएकाे हाे । कार्यक्रममा महेन्द्रोदय बालअधिकार मन्चले देउसि भैलो कार्यक्रम प्रसतुत गेरेका थिए । देउसी भैलो, नृत्यको ब्यवस्थापन भने मनिका कार्कि र कुन्छाङ शेर्पाले गरेका थिए । देउसी भैलोमा प्रमुख अथिति, अथिति, लगाएतले दान दिएको पैसा ५३५७५ उठेको थियो।

उक्त पैसा आत्मनिर्भर ऋण तथ बचत सहकारी सुनकोसी ६ पाटिडाँडामा रहेको शाखामा मन्चको खातमा जम्मा गरि राख्ने र बालबालिकालाई तालिम अथवा बालबालिकाकै हितका लागिमात्र खर्च गरिने विद्यालयले जनाएको छ।

महेन्द्रोदय कपका लागि शुभचिन्तकहरू बाट ३ लाख संकलन भएको र उक्त रकम प्रतियोगितामै खर्च गरिने सबैकाे सहयोगका कारण यो कार्यक्रम सफल बनाउन सकिएको प्रधयानध्यापक कृष्णप्रसाद दंगाले बताए ।

कार्यक्रममा विशेष अथिति सुनकोसी ६ का वडा अध्यक्ष चक्र बहादुर बस्नेत, सुनकोसी ७ का अध्यक्ष ईश्वर तिमल्सिना, सुनकोसी ६ का निबर्तमान वडा अध्यक्ष राम कुमार थापा, चन्दा दाताहरू शिक्षकहरू, विद्यार्थी अभिभावक लगाएतको बाकलो उपस्थित रहेको थियो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रेसम बहादुर पाख्रिनकाे सभापतित्वमा भएकाे उक्त कार्यक्रममा विद्यार्थी ,अभिभावक लगाएतको बाक्लो उपस्थित रहेको थियो।

महेन्द्रदय मा.विको हरेक सुख दुःखमा साथ दिने विद्यालयलाई नयाँ ढंगले अगाडि बढाउने, पूर्व विद्यार्थीहरूलाई पनि समेटेर पूर्व विद्यार्थी मज्च बजाउने र कोष बनाएरै भए पनि आगमी दिनहरूमा अगाडि बढ्ने र यस्ता खेल प्रतियोगिताहरू गरि रहने सयोगीहरू सबैमा धन्यवाद दिदै कार्यक्रम समापन बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पाख्रिनले गरेेका थिए ।