
‘गरिबकीको कारणले उपचार गर्न नसकेका जनतालाई म निशुल्क उपचार गरिदिन्छु’–स्वास्थ्यमन्त्री

दिनेश दुलाल
भदौ ७, सुकुटे । नेपाल सरकारका स्वास्थ्य तथा जनससंख्या मन्त्री मोहन बहादुर बस्नेतले गरिबीको कारणले उपचार गर्न नसकेका जनतालाई आफूले निशुल्क उपचार गरिदिने बताएका छन् ।
बिहिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकद्वारा आयोजित वार्षिक समिक्षा कार्यक्रम २०८० कार्यक्रमलाई सम्बोधन गर्न सुकुटे पुगेका मन्त्री बस्नेतको उक्त भनाई आएको हो ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष २०७९÷०८०सिन्धुपाल्चोक जिल्लामा भएका विकास निर्माण सम्बन्धी कार्यक्रमहरुको वार्षिक समिक्षा कार्यक्रमको उदघाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मस्नेतले भने, ‘गरिबीको कारणले कसैले उपचार गर्न सकिन भनेर म काँहा आउँछ भने म निशुल्क उपचार गरिदिन्छु ।’
अबको दुईवर्ष भित्र नेपालमा शिक्षा र स्वास्थ्यमा जनतालाई निशुल्क गरिछाड्ने दावी गर्दै मन्त्री बस्नेतले जनताका छोराछोरीले १२ कक्षा सम्म निशुल्क पढ्न पाउने सुनिश्चिाताको लागि आफूले निर्णयको लागि क्याबिनेटमा पु¥याउने उदघोष । निजि क्षेत्रका अस्पतालहरुले समेत दश प्रतिशत निशुल्क उपचार गर्नुपर्ने अनिवार्य शर्त राखिएको उनको भनाई छ । स्वास्थ्य क्षेत्रमा आगमी ३ महिना भित्रमा जनतालाई प्रत्यक्ष अनूभूति हुने गरी परिवर्तन गरिने उनले ठोकुवा गरे । सिन्धुपाल्चोकमा समेत आफूले २५÷५० वेडको अस्पताल बनाईदिन्छु भनेर डिपिआर मागेपनि अहिले सम्म स्थानीय तहहरुले नदिएको उनले दुखेसो पोखे ।
पढेलेखेका समेत वैदेशिक रोजगारीमा विदेश जाने परिपाटीले नेपालमा स्वास्थ्यकर्मीहरुको अभाव हुँदै गएको तितो यथार्थ प्रस्तुत गर्दै मन्त्री मस्नेतले बाँकी रहेका कर्मचारी समेत भनसुनको भरमा २० औं वर्ष देखि शहरमा केन्द्रित भएको ठोकुवा गरे । आफू मन्त्री भएसंगै शहरमा रहेका ७÷८ सय भन्दा बढी कर्मचारीलाई राजधानी बाहिर पठाउन थालिएको उनको दावी छ । अर्को एक प्रश्नको उत्तरमा मन्त्री बस्नेतले स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा बजेट छुट्टाएको भए उक्त बजेट शिक्षा क्षेत्रमा हाल्न सुझाब दिंदैं आफूले जति आवश्यक पर्छ स्वास्थ्यमा बजेट हालिने आश्वासन दिए ।
उक्त कार्यक्रममा जिल्लाका १२ स्थानीय तहले गत वर्ष गरेका कार्यक्रमहरुको समिक्षा गरिएको जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठले बताए । उनका अनुसार प्रत्येक पालिकाका कार्यालय प्रमुखहरुले आफ्ना पालिकाले कार्य सम्पन्न गरेका योजनाहरु, समस्याहरु तथा केन्द्रीय सरकारले गर्नुपर्ने दायित्वको बारेमा आफ्नो धारणा राखेका थिए । ११ बजे देखी सुरु भएको उक्त समिक्षा कार्यक्रम बेलुका सम्म लागेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, स्थानीय तहका जनप्रतिनिधिहरु तथा कार्यालय प्रमुखहरु र सञ्चारकर्मीहरु सहभागी थिए ।