उद्योग बाणिज्य संघ २९ औँ स्थापना दिवशको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सहयोग

निर्मल बस्नेत
(३० साउन २०८०) बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ २९ औँ बर्षमा प्रबेश गरेको छ । स्थापना दिवशको अवसरमा बाह्रबिसे नगरपालिका रहेको सिन्धु बहिरा आधारभूत विद्यालयमा अध्ययनरत ३० जना बिद्यार्थीहरुलाई शैक्षिक पोषाक र खाद्यन्न सहयोग गरिएको संघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार) ले बताए ।

उद्योग बाणिज्य संघ २९ औँ स्थापना दिवशको अवसरमा केक काटेर उदघाटन गर्दै संघका अध्यक्ष होमबहादुर बस्नेत, केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठ लगाएत

संघ स्थापना दिवसको अवसरमा मूख्य कार्यालय बाह्रबिसेमा केक काटेर सिन्धु बहिरा आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई समेत सहभागि गराई उत्सव मनाएको संघको महासचिव सम्भुप्रसाद तिमल्सीनाले जानकारी दिए । तिमिल्सिनाको अनुसार नीजी क्षेत्रको प्रतिनीधी संस्थाको रुपमा रहदै बिपद्, प्राकृतिक प्रकोप र माहामारीहरुमा पीडितहरुको लागि बिभिन्न सहायता प्रदान गर्दै आईरहेको छ ।

स्थापना दिवश तथा सहयोग हस्तान्तरण कार्यक्रम संघको पूर्व अध्यक्ष एबम् केन्द्रिय सदस्य साथै वर्तमान सल्लाहकार सभापति कमलकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा, पूर्वअध्यक्ष अर्थलाल श्रेष्ठ, पदाधिकारी, कार्यकारी समितिका सदस्यहरु, आजिवन सदस्य र सल्लाहकारहरुको सहभागिता सम्पन्न भएको संघको कार्यकारी अधिकृत ईश्वरीप्रसाद चालिसेले जानकारी दिए ।

स्मरण रहोस् संघकै आयोजनामा २०६८ सालमा सिन्धुपाल्चोक महोत्सव आयोजाना भएको थियो । जसको मूख्य नारा “सिन्ुपाल्चोक समृद्धिको आधार, कृषि, पर्यटन जलस्रोत,र व्यापार” ४ खम्बे नितीलाई अवलम्वन गर्दै सिङ्गो सिन्धुको बिकासको लागि सरकारी संयन्त्रको सारथी बनेको थियो । जुन कार्यक्रम तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड),नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा, नेकपपा एमालेका अध्यक्ष माधबकुमार नेपाल, राप्रपाका अध्यक्ष पशुपति शम्शेर जवरा लगायत उच्च ओहोदाको व्यक्तिहरु र आम सिन्धुबासीको सहभागितामा जिल्लाको सदरमुकाम चौतारामा भब्य कार्यक्रम गरि मनाएको थियो ।

२०५२ सालमा स्थापना भएको संघ जसको मूख्य कार्यालय बाह्रबिसेमा रहेको छ । जस अन्तरगत जिल्लाको सदरमुकाम चौतारा र मेलम्चीमा शाखा कार्यालय सञ्चालन गरि सामाजिक क्षेत्रमा विविध कामहरु गर्दै आईरहेको छ ।