सञ्चार रजिष्ट्रारद्वारा प्रकाशित पुस्तिका स्नातक तहको पाठ्यक्रममा

साउन २४,
चैतारा । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले प्रकाशित गरेको अनलाइन पत्रकारिता हाते पुस्तिका स्नातक तहको पाठ्यक्रममा समाविष्ट हुने भएको छ । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले प्रकाशित गरेको अनलाइन पत्रकारिता हाते पुस्तिकालाई त्रिभुवन बिश्वबिद्यालको पत्रकारिता तथा आमसञ्चार बिभागले समाविष्ट गर्न लागेको हो । उक्त पुस्तिका स्नातक तहको चौथो बर्षमा पढाई हुने भएको छ ।
न्यू मिडिया एण्ड अनलाइन जर्नालिज्ममा पढनु पर्ने पुस्तकको रुपमा सिफारिस गरेको बागमति प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटाले बताए । अनलाइन पत्रकारिता पुस्तिका अर्थात हाते पुस्तिका बागमती प्रदेश सरकारले गरेको सिर्जनात्मक मध्येको यो एउटा काम भएको उनको ठहर छ ।

बागमती प्रदेश सरकारले गरेको कामको पहिचान गर्ने त्रिभुवन बिश्वबिद्यालयको पत्रकारिता बिभागले सह्रानीय काम गरेको उनको भनाई छ । सञ्चार रजिष्ट्रार कार्यालयले तयार गरेका यस्तै अरु सिर्जनात्मक कामको रुपमा रहेका जेष्ठ पत्रकारको अनुभव अभिलेखीकरण, डिजिटल साक्षरता, साइबर सुरक्षा, बिधागत पत्रकारिता जस्ता उपयोगी पुस्तकलाई पनि सम्बन्धित निकायले पहिचान गरी उपयोग गर्न र पढने तथा पढाउने वातावरण बनाइदिन समेत उनले सामाजिक सञ्जाल फेसबुक मार्फत अनुरोध गरेका छन् ।

स्मरण रहोस उक्त पुस्तिका सञ्चार रजिष्टार कार्यालयले कोभिड महामारीका वेला तयार गरिएको अनलाइन पत्रकारिता हाते पुस्तिका हो । उक्त पुस्तिकालाई नेपालभर उपलब्ध गराउने वातावरण बनाउने कोशिस भइरहेको समेत सञ्चार रजिष्टार सापकोटाले जानकारी दिए ।