एमालेजनमा झाँगिदै गएको ‘राजीनामा’ संस्कृति
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसय किलो सुन बरामद गरेपछि मुलकमा तस्करी घटनाको ठूलै काण्ड पर्दाफास भयो । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइएको सुन विभागले बुधबार बरामद गरेको थियो ।
विमानस्थलबाट अध्यागमन र प्रहरीबाट समेत सुन पास भइसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएपछि यसले राजनैतिक वृतमा समेत तरंग ल्याएको छ । । विमानस्थलको भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला सुन बरामद हुनुलाई सामन्य घटना भन्न मिल्दैन । यो गम्भिर प्रकतिको घटना हो । हुनत विगतमा पनि यस्ता घटना नभएका भने होईनन । तर एकैपटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना भएको छ । यसअघि २०७४ साल भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ किलो सुनसहित काठमाण्डौको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए । तस्करमा संलग्न भनिएका मान्छे नसमातिएर सामन्य भरिया र तल्लो तहका कर्मचारी मात्र समातेर कारवाही गरिएपछि तस्करहरुलाई झन हौसला बढ्यो र निरन्तरता पायो । तर यो पटकको घटनालाई वर्तमान सरकारले फरक र भिन्न तरिकाले अन्वेशनको तयारीमा लागेको देखिन्छ । यद्यपि भोलीको दिनमा कतिको निरन्तरता पाउला हेर्न बाँकी छ । जे होस सुरुवातको चरण सकरात्मक छ । सुन समात्नु मात्रै ठूलो कुरा होईन अर्थात ‘बुढी मरी’ भन्ने मात्र चिन्ता होईन । कसरी काल पल्क्यो भन्ने कुरामा गम्भिरतापूर्वक लाग्नु जरुरी छ । यो अभियानमा सत्तापक्ष मात्र होईन प्रतिपक्षको भूमिका पनि गहन हुन जरुरी छ । तर यस्तो देखियो नेपालको प्रतिपक्ष दल कहिले प्रधानमन्त्री त कहिले गृहमन्त्रीको राजीनामा मात्रै माग्ने काम देखियो ।
खासगरी प्रतिपक्ष दल एमालेमा यो संस्कृतिको रुपमा मौलाएको छ । प्रतिपक्ष भएन भने सत्तापक्षले मनलाग्दी गर्छ । उसले सरकारको गुण र दोषको आधारमा गलत पक्षलाई आलोचना तथा खवरदारी र राम्रो कामलाई सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ । तर यो संस्कार नेपालमा छैन प्रतिपक्ष भएपछि राम्रो होस या नराम्रो शतप्रतिशत विरोध नै गर्नुपर्ने संस्कृतिको विकास भएको देखिन्छ । यो लोकतन्त्रको लागि राम्रो पक्ष त हुँदै होईन न दियो विकास र स्थिर सरकाको लागि काम छ । यसले त मुलुकलाई झन अस्थिरता तर्फ लैजान्छ जसले मुलुकको शान्ती, शुसासन र अमैनचैनमा खलबल पु¥याउँछ । यसकारण के हो यो राजीनामा संस्कृति ? कस्ले विजारोपण ग¥यो ? थोरै चर्चा गरौं ।
केही साता अघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्यो । असार २० गते बुधबार संसदको बैठक सुरु भएलगतै विशेष समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएनन उनले राजीनामै मागेपछि सिंगो एमालेले संसद बैठक अवरुद्व नै ग¥यो ।
कारण थियो ‘रोड्स टु द भ्याली ः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक बिमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एकपटक आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्ली गएको भन्ने अभिव्यक्ति दिएको भन्दै एमालेले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको र यसले नेपालको स्वाभिमान गिरेको आरोप मात्र लगाएन राजीनामा मागेर संसद अवरुद्व समेत ग¥यो ।
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने एमालेको अडान गरेका कारण केही दिन संसद अवरुद्व समेत भयो । नेकपा एमालेले प्रधानमन्त्री ‘प्रचण्ड’को राजीनामा माग गर्दै प्रतितिनिधिसभा संसद मात्रै होईन राष्ट्रिय सभा बैठक समेत अवरूद्ध ग¥यो ।
प्रम प्रचण्डलाई ‘दिल्लीको इशारामा प्रधानमन्त्री बनेको भन्दै देशको प्रधानमन्त्री हुने हक अधिकार छैन जस्ता अभिव्यक्ति दिएर प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने भनेर ढिपी कस्यो । तर केही दिनमै तीन शिर्ष नेताहरु बसेर संसद खुलाउने र प्रम प्रचण्डलाई स्पष्ट पार्ने समय दिने कुरामा सहमत भयो । जब प्रचण्डले आफू माथि लागेको आरोपको गम्भिरतापूर्वक खण्डन गरे संसदमा अन्य दलहरु समेत अचम्मित परे । आजभन्दा ७ वर्ष अगाडी भएको कुराकानीको सन्दर्भलाई एउटा किताब बिमोचन कार्यक्रममा बोलेको कुरालाई एमालेले जसरी अतिरन्जित गरेर राजनीमा माग्दै संसद अवरुद्व ग¥यो । यो उसको प्रतिपक्ष वा जिम्मेवार राजनैतिक दलको हैसियत हेर्दा गैरजिम्मेवारीपन तथा केटौलेपन प्रष्ट देखियो । त्यति ठूलो एमाले सानो र झिना मसिना कुरामा प्रभावित भएर स्वयम उक्त पार्टी कति धेरै अस्थिरतातिर जाँदो रैछ भन्ने कुरा सुन काण्डसम्म आउँदा नेपाली जनतामा प्रष्ट भईसकेका छन ।
जसको ज्वलन्त उदाहरण नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले एक सय किलो सुन तस्करी प्रकरणको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको माग गरेको भन्दै सडकमा ओर्लियो । युवा संघले (शुक्रबार) नयाँ बानेश्वरमा मसाल जुलुस प्रदर्शन गर्दै भरिया र ड्राईभर पक्राउ गरेर सुन तस्करीका मुख्य नाईकेलाई उन्मुक्ति दिएको भन्दै एमालेले आफ्नो भातृ संगठनमार्फत एक्कासी सडकमा ओर्लियो । त्यति मात्रै होईन गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत माग्यो ।
युवा संघले गृह प्रशानको संलग्नता विना उक्त सुन तस्करी हुन नसक्ने दाबी गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागे । के एमालेको यो तरिकाले सुनकाण्डको गहिरोसंग छानविन हुन सहयोग पुग्ला ? सरकार विरुद्व गरिएको यो चर्तिकलाले तस्करहरुलाई पो फाईदा पुग्ला त । आफ्ना कार्याकर्तालाई सडकमा उतारेर के तमसा देखाएको ? के सुन समात्नु गलत हो भन्न खोजेको ? कमसेकम छानविनको अन्तिम प्रक्रिया सम्म धैर्य गर्नु पर्ला नी ? राजीनामाले मात्र समस्याको समाधान हुने हो ? यदि सुनतस्करमा माओवादी नेता कृष्णबहादुर महरा, गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेतको संलग्नता छ भने उनीहरु पनि छानविनको दायारामा आउन सक्छन् । अनुसन्धान हुँदै जाँदा प्रमाण र तथ्यको आधारमा प्रधानमन्त्री पनि दोषी देखिएभने उनलाई जोगाउन पर्छ भन्ने होईन । अन्तिम र प्रभावकारी ढंगबाट छानबिन हुनपर्छ । यदि छानविनमा वाधक कोही देखिन्छन् भने अनि मात्र संघर्षका अरु पाटाहरु आवश्यक पर्ला ।
यसकारण एमालेले बिगतामा भएको आफ्ना कमजोरीलाई समेत समिक्षा गरोस । मुलुकको संविधाननै धरापमा पर्ने गरी दुई दुईपटक संसद भंग गर्दा समेत नैतिकताको आधारले आफ्नै पार्टीका अध्यक्षले राजीनामा नदिएको घटनालाई एमाले जनहरुले कमजोरी नठाने सम्म सो पार्टीभित्र ‘राजीनामा’ संस्कृति लोप हुने अवस्था देखिन्न । भोली त फेरी सत्तामा आफू पुग्दा अरु दलहरुले यसैगरी राजीनामा मागे भने के गर्ने ? यसकारण एमाले जस्तो मुलुकको जिम्मेवार दोस्रो ठूलो दलले साना र झिना मसिना कु्रामा मात्र अल्झिएर समय खेर फाल्नु भन्दा भुटानी शरनार्थी मुद्दा होस या ललिता प्रकरण वा सुनकाण्ड यि सबै घटनाको सत्यतथ्य छानविनको लागि दवाव सिर्जना मात्रै होईन रचनात्मक सहयोग समेत गरेर सक्रिय प्रतिपक्षको भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो । यसप्रति एमाले जनहरुले गहिरो समिक्षा गर्दै रुपान्तरण हुन जरुरी छ ।