सभामुख देवराज घिमिरेको उपस्थितिमा झिर्पु माविले भव्य कार्यक्रम गर्दै

जेठ ५, हिन्दी (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्लाको झिर्पु माध्यामिक विद्यालयले आफ्नो ६३ औं वार्षिक उत्सव, अभिभावक दिवस तथा पूर्व विद्यार्थी पुर्नमिलन समारोह भव्य रुपमा मनाउने भएको छ ।

नेपाल सरकारबाट नमूना छनोटमा परेको झिर्पूले जेठ १६ गते मंगलवार हुने वार्षिकोत्सव कार्यक्रम सभामुख देवराज घेमिरेको प्रमुख आतिथ्यमा भव्य कार्यक्रम गरी मनाउन लागेको हो ।

वार्षिकोत्सव कार्यक्रम सभामुख देवराज घिमिरे, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य मावध सापकोटा, नेपाल स्थित चिनिया राजदुताबासका प्रतिनिधि लगाएत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा एक विशेष समारोहको बीच मनाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आङछिरी शेर्पाले जानकारी दिए ।

सोही अवसरमा डा.इवामुरा अस्पतालको सहकार्यमा विद्यालयद्वारा निशुल्क स्वास्थ शिबिर उपलब्ध हुने समेत उनले जानकारी दिए । उनका अनुसार शिविरमा जनरल मेडिसिन, हाडजोर्नी तथा नशारोग, बालरोग, जनरल सर्जरी, स्त्री रोगहरुको सेवाहरु हुनेछन् ।
विभिन्न राष्ट्रिय कलाकारद्वारा साँस्कृतिक मनोरञ्जन सहित हुने उक्त कार्यक्रममा नेपाली हाँस्य जगतकी चर्चित कलाकार गियिका डोमा हेल्मुले प्रस्तुति दिनेछिन् । झिर्पु माविले पहिलो पटक उक्त वार्षिकोत्सव कार्यक्रममा त्यस विद्यालमा अध्यायन गरेर विभिन्न क्षेत्रमा रहेका भूपू विद्यार्थीहरुलाई समेत आमन्त्रण गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा भोटेकोशी क्षेत्रका समाजसेवी, बुदिजीवी सम्पूर्ण सरोकार पक्ष र पूर्व विद्यार्थी सहभागी हुनेछन् ।

अध्यक्ष शेर्पाका अनुसार जेठ १४, १५ र १६ गते गरी तीन दिन सम्म बार्षिकोत्सव कार्यक्रमको विभिन्न गतिविधिहरु हुनेछ भने १६ गते औपचारिक कार्यक्रम गरेर समापन हुनेछ । जसअनुसार १४ गते विद्यालयका विद्यार्थीहरु बीच अतिरिक्त क्रियाकलाप हुने, १५ गते हिन्दी बजारमा सरसफाई र शिक्षकबीच खेलकुद कार्यक्रम हुने र १६ हेल्थ क्याम्प राख्नुको साथै सभामुखको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम हुने शेर्पाले जानकारी दिए ।

स्मरण रहोस झिर्पु माध्यामिक विद्यालयमा जिल्लाकै पहिलोपटक चाईना भाषा कक्षा यहि आर्थिक वर्षदेखि सञ्चालनमा आएको छ । नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएसंगै विद्यालयको शैक्षिक सुधार लगाएत अन्य रचनात्मक काम भएको स्थानीय जानकारहरु बताउँछन् ।